काठमाडौं । अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ। लस एन्जलसका मेयर करेन बासले आपतकाल घोषणा गरेका छन् ।
उही समयमा, लस एन्जलसको डाउनटाउनका केही भागहरूमा मंगलबार बेलुका ८ बजेदेखि बुधबार (स्थानीय समय) बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको थियो। सोमबारसम्म यो प्रदर्शन अमेरिकाका १२ राज्यका २५ सहरमा फैलिएको थियो ।
अमेरिकाका सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्कजस्ता सहरहरूमा शान्तिपूर्ण प्रदर्शनहरू भएका छन्। स्थिति नियन्त्रण गर्न ट्रम्पले मंगलबार ७०० मरीन कमाण्डोसहित ४ हजार नेशनल गार्डलाई लस एन्जलसमा पठाएका थिए। सोमबार–मंगलबार लस एन्जलस प्रहरीले ११०० भन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।
अमेरिकाको लस एन्जलसमा हिंसा रोकिएको देखिन्छ । ट्रम्पले लस एन्जलसमा हिंसा जारी रह्यो भने उनले सहरभर विद्रोह कानून लागू गर्न सक्ने चेतावनी दिएका छन्। यो कानूनले हिंसा रोक्न सरकारलाई सैन्य बल प्रयोग गर्न अनुमति दिन्छ।
ट्रम्पले भने, ‘विगत २ दिनदेखि स्थिति नाजुक बन्दै गएको छ, विद्रोह भयो भने अवश्य विद्रोह कानून लागू गर्छु।’
यसैबीच, अमेरिकी राष्ट्रपतिले वासिङ्टन डिसीमा जुन १४ मा हुने आर्मी परेडका क्रममा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । यदि कसैले विरोध गरे सेनाको सामना गर्नुपर्ने बताए । जुन १४ अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो।
यस हिंसामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरोधमा यी हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।
नेशनल गार्ड र मरीन पठाउने ट्रम्पको आलोचना गर्दै लस एन्जलसका मेयर बासले भने, ‘अहिले हामी अन्धकारमा छौं । कहिले के हुने हो हामीलाई थाहा छैन। हामीसँग यो अवस्थाको सामना गर्ने क्षमता छ र हामीलाई सेना वा राष्ट्रिय गार्डको आवश्यकता पर्दैन, विशेष गरी हामीले यसको लागि सोधेका थिएनौं। राष्ट्रपतिले गभर्नरबाट शक्ति खोसेको छ, यो अस्वीकार्य छ।’
यसै क्रममा ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई पक्राउ गर्ने कुरा गरेका थिए । ट्रम्पले भने, ‘न्यूजमले धेरै नराम्रो काम गरेको छ। उसको सबैभन्दा ठूलो अपराध यो हो कि उनी फेरि गभर्नर बन्न चाहन्छन् ।’ उनले आफूलाई न्यूजम मनपर्ने तर काममा कमजोर देखिएको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: