Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ। लस एन्जलसका मेयर करेन बासले आपतकाल घोषणा गरेका छन् ।

उही समयमा, लस एन्जलसको डाउनटाउनका केही भागहरूमा मंगलबार बेलुका ८ बजेदेखि बुधबार (स्थानीय समय) बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको थियो। सोमबारसम्म यो प्रदर्शन अमेरिकाका १२ राज्यका २५ सहरमा फैलिएको थियो ।

अमेरिकाका सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्कजस्ता सहरहरूमा शान्तिपूर्ण प्रदर्शनहरू भएका छन्। स्थिति नियन्त्रण गर्न ट्रम्पले मंगलबार ७०० मरीन कमाण्डोसहित ४ हजार नेशनल गार्डलाई लस एन्जलसमा पठाएका थिए। सोमबार–मंगलबार लस एन्जलस प्रहरीले ११०० भन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।

अमेरिकाको लस एन्जलसमा हिंसा रोकिएको देखिन्छ । ट्रम्पले लस एन्जलसमा हिंसा जारी रह्यो भने उनले सहरभर विद्रोह कानून लागू गर्न सक्ने चेतावनी दिएका छन्। यो कानूनले हिंसा रोक्न सरकारलाई सैन्य बल प्रयोग गर्न अनुमति दिन्छ।

ट्रम्पले भने, ‘विगत २ दिनदेखि स्थिति नाजुक बन्दै गएको छ, विद्रोह भयो भने अवश्य विद्रोह कानून लागू गर्छु।’

यसैबीच, अमेरिकी राष्ट्रपतिले वासिङ्टन डिसीमा जुन १४ मा हुने आर्मी परेडका क्रममा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । यदि कसैले विरोध गरे सेनाको सामना गर्नुपर्ने बताए । जुन १४ अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो।

यस हिंसामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरोधमा यी हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।

नेशनल गार्ड र मरीन पठाउने ट्रम्पको आलोचना गर्दै लस एन्जलसका मेयर बासले भने, ‘अहिले हामी अन्धकारमा छौं । कहिले के हुने हो हामीलाई थाहा छैन। हामीसँग यो अवस्थाको सामना गर्ने क्षमता छ र हामीलाई सेना वा राष्ट्रिय गार्डको आवश्यकता पर्दैन, विशेष गरी हामीले यसको लागि सोधेका थिएनौं। राष्ट्रपतिले गभर्नरबाट शक्ति खोसेको छ, यो अस्वीकार्य छ।’

यसै क्रममा ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई पक्राउ गर्ने कुरा गरेका थिए । ट्रम्पले भने, ‘न्यूजमले धेरै नराम्रो काम गरेको छ। उसको सबैभन्दा ठूलो अपराध यो हो कि उनी फेरि गभर्नर बन्न चाहन्छन् ।’  उनले आफूलाई न्यूजम मनपर्ने तर काममा कमजोर देखिएको पनि बताए ।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending