काठमाडौँ। नौ वटा औषधी व्यवसाय क्षेत्रका सङ्घ, संस्थाले औषधी मूल्य नीति सुझाव समितिको प्रतिवेदनको विरोध जनाएका छन्।
औषधी व्यवसाय क्षेत्रका नौ वटा सङ्घ, संस्थाको गठित औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री सरोकार समितिले विज्ञप्ति जारी गर्दै औषधी मूल्य नीति सुझाव समितिको प्रतिवेदनप्रति विरोध जनाएका हुन् ।
औषधी मूल्य नीति सुझाव समितिले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसमक्ष प्रतिवेदन बुझाएको थियो । सेवाग्राही र औषधी उत्पादक, आयातकर्ता र व्यवसायीलाई प्रोत्साहित नभई हतोत्साही गर्ने गरी प्रतिवेदन ल्याएको भन्दै नौ वटा सङ्घ, संस्थाबाट गठित समितिले आपति जनाएको हो ।
प्रतिवेदन सेवाग्राहीमुखी नभएको र सरोकार राख्ने सङ्घ, संस्थालाई किनारा लगाएको प्रति उक्त समितिले विरोध जनाएका छन् । जनसुरक्षित, असरयुक्त र गुणयुक्त औषधी सेवाग्राहीले अत्यावश्यक परेको समयमा नपाउने सक्ने भन्दै उक्त समितिले प्रतिवेदनको भर्त्सना गरेको छ ।
साथै समितिले सम्बन्धित निकायबाट छिटो प्रतिवेदन खारेज गरी वा सरोकार राख्ने सङ्घ, संस्थाको सरसल्लाह र सुझावका आधारमा पुनर्लेखन गर्न माग गरेको छ । प्रतिवेदनले सेवाग्राही र व्यवसायी मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गम्भिर लाञ्छना लगाइएको र स्वास्थ्य सेवा प्रवाहलाई प्रतिकुल असर पुर्याउने अवस्था सिर्जित गरेको समितिको ठहर छ ।
यस्ता घटनाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गरिमामा आँच आउने र सेवाभावले स्वास्थ्य क्षेत्रमा लगानी गरी राष्टलाई अनवर सेवा दिइरहेका निजी क्षेत्रका औषधी स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री व्यवसायीको मनोबलमा नकारात्मक असर पुर्याएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता गम्भीर प्रकृतिका त्रुटीले स्वास्थ्य क्षेत्रमा दूरगामी असर पर्ने, व्यवसायिक सुरक्षाको प्रत्याभूति गर्न र अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहमा हुने बाधा व्यवधान हटाउन समयमा नै गम्भीरता पूर्वक विचार गर्न समितिले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
औषधी सहज उपलब्धता सुनिश्चित गरीएको औषधी उद्योगी, आयातकर्ता व्यवसायीको अनुरोधलाई जेठ २९ गते कार्यालय समय भित्र २०७५ माघ २ गते औषधी परामर्श परिषदको १६ औँ बैठकले जारी गरेको वैज्ञानिक र भौगोलिक यथास्थितिपरक निर्णय लागु नगरिएमा आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: