काठमाडौँ। नौ वटा औषधी व्यवसाय क्षेत्रका सङ्घ, संस्थाले औषधी मूल्य नीति सुझाव समितिको प्रतिवेदनको विरोध जनाएका छन्।
औषधी व्यवसाय क्षेत्रका नौ वटा सङ्घ, संस्थाको गठित औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री सरोकार समितिले विज्ञप्ति जारी गर्दै औषधी मूल्य नीति सुझाव समितिको प्रतिवेदनप्रति विरोध जनाएका हुन् ।
औषधी मूल्य नीति सुझाव समितिले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसमक्ष प्रतिवेदन बुझाएको थियो । सेवाग्राही र औषधी उत्पादक, आयातकर्ता र व्यवसायीलाई प्रोत्साहित नभई हतोत्साही गर्ने गरी प्रतिवेदन ल्याएको भन्दै नौ वटा सङ्घ, संस्थाबाट गठित समितिले आपति जनाएको हो ।
प्रतिवेदन सेवाग्राहीमुखी नभएको र सरोकार राख्ने सङ्घ, संस्थालाई किनारा लगाएको प्रति उक्त समितिले विरोध जनाएका छन् । जनसुरक्षित, असरयुक्त र गुणयुक्त औषधी सेवाग्राहीले अत्यावश्यक परेको समयमा नपाउने सक्ने भन्दै उक्त समितिले प्रतिवेदनको भर्त्सना गरेको छ ।
साथै समितिले सम्बन्धित निकायबाट छिटो प्रतिवेदन खारेज गरी वा सरोकार राख्ने सङ्घ, संस्थाको सरसल्लाह र सुझावका आधारमा पुनर्लेखन गर्न माग गरेको छ । प्रतिवेदनले सेवाग्राही र व्यवसायी मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गम्भिर लाञ्छना लगाइएको र स्वास्थ्य सेवा प्रवाहलाई प्रतिकुल असर पुर्याउने अवस्था सिर्जित गरेको समितिको ठहर छ ।
यस्ता घटनाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गरिमामा आँच आउने र सेवाभावले स्वास्थ्य क्षेत्रमा लगानी गरी राष्टलाई अनवर सेवा दिइरहेका निजी क्षेत्रका औषधी स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री व्यवसायीको मनोबलमा नकारात्मक असर पुर्याएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता गम्भीर प्रकृतिका त्रुटीले स्वास्थ्य क्षेत्रमा दूरगामी असर पर्ने, व्यवसायिक सुरक्षाको प्रत्याभूति गर्न र अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहमा हुने बाधा व्यवधान हटाउन समयमा नै गम्भीरता पूर्वक विचार गर्न समितिले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
औषधी सहज उपलब्धता सुनिश्चित गरीएको औषधी उद्योगी, आयातकर्ता व्यवसायीको अनुरोधलाई जेठ २९ गते कार्यालय समय भित्र २०७५ माघ २ गते औषधी परामर्श परिषदको १६ औँ बैठकले जारी गरेको वैज्ञानिक र भौगोलिक यथास्थितिपरक निर्णय लागु नगरिएमा आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: