मुस्ताङ। मुस्ताङमा दुर्लभ हिउँ चितुवा र चितुवाको वासस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न तल्लो मुस्ताङका तीन स्थानीय तहमा सर्वेक्षण सुरू गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय जोमसोमले थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्चलेक, खर्क तथा बनजंगलमा हिउँ चितुवा, चितुवा र आहारा प्रजातिको अध्ययन अनुगमनका लागि ३२ वटा क्यामेरा जडान गरिएको छ ।
मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, बाजुङ, जोमसोम लेक, मार्फा बतासे लेकका साथै छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसाको उच्च हिमाली क्षेत्रमा पाँच–पाँच किलोमिटरको दूरीमा क्यामेरा राखिएको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले बताए।
म्याग्दी क्षेत्रमा आगलागी तथा जङ्गलमा आहाराको कमी भएपछि आहारा जुटाउन चितुवा मुस्ताङको घाँसा क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले क्यामेरा राखिएको छ । समुन्द्री सतहको ३ हजार मिटरदेखि ४ हजार ६ सय मिटरको उचाइसम्म राखिएको क्यामेराले हिउँ चितुवा कति तलसम्म आउने, चितुवा माथिल्लो क्षेत्रसम्म जाने, आहारा प्रजातिको अवस्था लगायत वासस्थानका बारेमा अध्ययन गरिने प्राकृतिक स्रोत संरक्षण सहायक ओलीको भनाइ छ ।
ओली भन्न्छन्, 'हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको हेर्न यो विधिले सहज हुन्छ, आहार प्रजातिको अवस्थाको बारेमा पनि अध्ययन गर्न सजिलो हुन्छ ।' ४५ दिनसम्म राखिने क्यामेराले हिउँ चितुवा र चितुवाको दिशा सङ्कलन गरी ल्याब परीक्षण गरिने एक्याप जोमसोमले जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ चितुवा आहाराको खोजीमा मानब बस्तीसम्म आउने, आगलागी लगायतका मानबसिर्जित गतिविधिका कारण चितुवा उच्च हिमाली क्षेत्रसम्म पुग्ने सम्भावना रहेको छ । मुस्ताङका बस्तीमा रहेका पशुचौपाया, भेडाच्याङ्ग्राको गोठमा हिउँ चितुवाले वर्षेनी क्षति पुर्याउने गरेको छ । हिउँ चितुवाको मुख्य आहारा हिमाली वन्यजन्तु नाउर मानिन्छ ।
गत वर्ष उपल्लो मुस्ताङमा हिउँ चितुवा पाइने सम्भावित क्षेत्रहरू साङ्ता, लोमान्थाङ र दामोदर कुण्डलाई तीनवटा ब्लकमा विभाजन गरी पाँच–पाँच बर्गमिटरको दूरीमा ४४ ग्रीडहरू बिछ्याइएर अध्ययन गरिएको थियो । एक ग्रीडमा दुई वटा क्यामेरा जडान गरिएकोमा हिउँ चितुवा साथै आहारा प्रजातीहरु नाउर र अन्य लोमोन्मुख तथा दुर्लभ स्तनधारी वन्यजन्तु कैद गरिएको थियो ।
लजालु स्वाभावको हुने हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाइमा मुख्य वासस्थान मानिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: