Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

पुष्पलाल र उनको योगदान

सरला रेग्मी

नेपालको राजनीतिक आन्दोलनमा कमरेड पुष्पलालको विशेष योगदान रहेको छ । रामेछापमा जन्मिएर काठमाडौँ आई जहानियाँ राणा शासनविरुद्ध संगठित रूपमै संघर्ष भइरहँदा पुष्पलालका दाजु गंगालालसहितका ४ जनाले सचेततापूर्वक जीवन समर्पण गरेका थिए ।

उक्त घटनासँगै नेपालको क्रूर राणा शासनले नेपाली जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्ध संघर्ष गर्ने चेत पुष्पलालमा उत्पन्न भएको थियो । दाजु गंगालाललाई मृत्युदण्ड दिँदा पुष्पलाल १६ वर्षका मात्र थिए ।

मृत्युदण्ड दिने समयमा गंगालालले पुष्पलालसमक्ष अपेक्षा राखेका थिए ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् ।’

त्यसैले गंगालालको चितामा उभिएर पुष्पलालले प्रतिवद्धता गरेका थिए-निरंकुशता विरुद्ध लड्ने । उनले भनेका थिए, ‘तिमी मरेर गयौ तर म तिमीलाई वचन दिन्छु, तिमीले देखेको सपना म पूरा गरेरै छाड्नेछु।’

भारतमा भएको अङ्ग्रेजविरुद्धको आन्दोलनमा पुष्पलाल पनि सरिक भएका थिए । त्यही क्रममा उनी नेपाली राष्ट्रिय काङ्ग्रेसको नजिक पुगेर त्यहाँ कार्यालय सचिवसम्म बनेका थिए ।

काङ्ग्रेसले लिएको राजनीतिक धाराप्रति असहमत हुँदै जाँदा उनको लगाव मार्क्सवादप्रति भयो । त्यही क्रममा पुष्पलालकै नेतृत्वमा ४ युवाहरू मिलेर २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे।

यसरी नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुनु एक युगान्तकारी परिघटना थियो । तर दुःखको कुरा उक्त स्थापनालाई लिएर केही मान्छेले ‘षड्यन्त्र गरेको’ आरोप लगाए । मार्क्सवादी दृष्टिकोण बोकेका अन्य बौद्धिक व्यक्तिहरूलाई जानकारी समेत नदिई पार्टी स्थापना गरेको आरोप लगाइयो ।

डा. सुरेन्द्र केसीले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ केशरजङ्ग रायमाझीलाई उद्धृत गर्दै लेखेका छन्- ‘कुनै पनि कम्युनिस्ट पार्टीको गठन गर्नुभन्दा पहिला ‘मार्क्सवादी अध्ययन मण्डल’ को गठन गरी त्यसबाट प्रशिक्षण प्राप्त व्यक्तिहरूलाई लिएर नै कम्युनिस्ट पार्टीको स्थापना गरिन्छ । ‘त्यसो नभई मेरो(केशरजङ्ग रायमाझी)को अतिरिक्त डी.पी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, ए.बी. प्रधान र राजबाबुजस्ता सक्रिय व्यक्तिहरूलाई पन्छाएर हामीलाई खबरसम्म नगरी पुष्पलालले नेकपाको स्थापना गरे ।’ भनी रायमाझीले भनेका छन् ।

ठिक यस्तै तर्क हिक्मतसिंह भण्डारीले पनि सुरेन्द्र केसीसँग गरेका छन् । मनमोहन अधिकारीले पनि पुष्पलालमाथि यही आरोप लगाएका लगाए। कम्युनिस्ट पार्टी स्थापना गर्दा आफूहरूसमेतलाई समावेश नगरेको झोकमा नेकपाको २००८ असोज ११-१६ सम्म भएको प्रथम राष्ट्रिय सम्मेलनपछि बनेको पोलिटब्युरोको बैठकले पुष्पलाललाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाएको थियो ।

यी दुईवटा घटनाले नेपाल कम्युनिस्ट पार्टी स्थापनादेखि नै इमानदारितामा समस्या देखापर्‍यो भन्दा गलत नहोला । यहीँबाट नेकपामा सैद्धान्तिक, वैचारिक, राजनीतिक र संघर्षलाई लिएर भन्दा पनि संगठनमा कसले पकड बनाउने भन्ने कुरामा विवाद हुँदै गयो ।

यस्ता विवाद कमरेड पुष्पलालको मृत्युपर्यन्त रह्यो । कुनै समयमा ‘नेपालका माओ’ कहलिएका मोहनविक्रम सिंहले पुष्पलालविरुद्ध ‘गद्धार पुष्पलाल’ नामक पुस्तक नै प्रकाशित गरेका थिए । यद्यपि पुष्पलाल मोहनविक्रमभन्दा धेरै अग्रज थिए । सीमा नै नाघेर हेपेको पाइन्छ पुस्तकहरू अध्ययन गर्दा । तर उनी बाँचुन्जेल कम्युनिस्टहरूले खेदो खनिराखे।

जब उनको मृत्यु भयानक अभावमा भयो, त्यसपछि उनलाई देवता बनाउन सुरु गरियो । उनै पुष्पलालका नाममा अहिले विभिन्न संस्थाहरू खोलिएका छन् । प्रतिष्ठान बनेका छन् । पार्क बनेका छन् । एमालेले त मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओको फोटो नराखेर पुष्पलाल, मनमोहन आधिकारी र मदन भण्डारीको फोटो राख्ने गरेको छ ।

एमालेले पुष्पलालको उच्च मूल्यांकन गरेको हो कि मनमोहन जो जीवनभर पुष्पलालका विरुद्ध लागे, राजतन्त्र स्वीकार गरे, उनको समकक्षमा उभ्याएर अपमान गर्‍यो ?

खैर यी कुरा छाडौँ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मलाई ३ लालहरू (कृष्णलाल, गंगालाल र पुष्पलाल) को जन्मस्थल रामेछापको भँगेरीमा निम्ता गरियो । यस वर्षको कार्यक्रम अलि व्यापक थियो ।

कार्यक्रममा आमन्त्रित गरिएका व्यक्तिमा पनि विविधता थियो । एमालेका नेता युवराज ज्ञवाली, नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा कम्युनिस्ट आन्दोलनका इतिहास ईश्वरी दाहाल ‘असारे काका’को उपस्थिति थियो ।

त्यसैगरी झापा विद्रोहका योजनाकार तथा १७ वर्ष जेलजीवन बिताएका नेता मोहनचन्द्र अधिकारी, सीपी मैनाली, नारायण शर्मा र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विद्यावारिधि गरेका सुरेन्द्र केसी, नेकपाका अध्यक्ष लोकनारायण सुवेदीलगायत लब्धप्रतिष्ठित व्यक्तिहरूलाई निमन्त्रणा गरिएको थियो ।

आयोजना पुष्पलाल जन्मशताब्दी-कृष्णलाल बलिदान शताब्दी समारोह समिति र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले गरेका थिए ।

हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका प्रमुख अशोक सुवेदीले २० वर्षदेखि प्रत्येक वर्ष आफ्ना आमा–बुबाको श्रद्धास्वरूप रामेछापका सिर्जनानगर, भँगेरी तथा कठजोरमा समेत वैचारिक कार्यक्रम गर्ने गर्नुभएको छ ।

म यो कार्यक्रममा पहिले पनि सहभागी भएकी छु । यस वर्षको कार्यक्रमका बारेमा थाहा भयो– यहाँ पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापना गर्ने योजना रहेछ । यो योजना सुन्दा मलाई धेरै नै खुसी लाग्यो । नेपालमा कालगतिले मरेका कैयौँ नेताका नाममा अहिले विश्वविद्यालय, प्रतिष्ठानहरू खोलिएका छन् ।

पटकपटक कम्युनिस्टका नाममा चुनाव जितेर राष्ट्र तथा सरकार प्रमुख बनेका प्रचण्ड, केपी वली, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले पुष्पलालका नाममा विश्वविद्यालय बनाउने सोचेनन् । नेपालमा मार्क्सवादको प्रचारप्रसार गर्ने कुनै योजना बनाएनन् । यस्तो अवस्थामा कमरेड अशोक सुवेदीले पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापनाको प्रस्तावना तयार पार्नु सह्रानीय कुरा हो ।

अब पुष्पलालका बारेमा केही कुरा गरौँ-पुष्पलालको योगदान अद्वितीय छ । कम्युनिस्ट पार्टीको स्थापना, सोभियत सामाजिक साम्राज्यवादको दूषित हावा बहेको बेलामा कमरेड माओले प्रतिपादन गरेको नयाँ जनवादी क्रान्तिका पक्षमा वकालत गरेर त्यसको प्रचारमा लाग्नु, साम्यवादी संस्कृतिबाट ओतप्रोत हुनु, आफ्नो लक्ष्यमा दृढ रहनु, नेपालमा साम्यवादी विचारको प्रचारप्रसार गर्नुमा पुष्पलालको निकै ठूलो योगदान रहेको छ ।

तर कांग्रेसको पुच्छर भयो भनी आरोप लाग्नु, संगठन विस्तार गरी आन्दोलनलाई व्यवस्थित गर्न नसक्नु, नेपाली सामाजिक अर्थप्रणालीको स्वतन्त्र अध्ययन गर्न नसक्नु पुष्पलालका कमजोरीहरू रहे । तर यी कमजोरी हुनुमा पुष्पलालको मुख्य कमजोरी त होला नै तत्कालीन अवस्था र उनका सहयोद्धाले उनीप्रति गरेको व्यवहारको पनि ठूलो हात रहेको छ।

एकातिर पञ्चायतको दमन, अर्कोतिर कम्युनिस्ट पार्टीमा भएको अन्त्यहीन विभाजन, पार्टीको नेतृत्व गरेका नेता राजावादी कित्तामा पुग्नु, नेतृत्वको ठूलो पङ्क्तिमा वैचारिक स्पष्टता नहुनु, ढुलमुले प्रवृत्ति हावी हुनु र नेतृत्व कब्जा गर्ने कुत्सित मनसाय राख्नुले पनि सही समयमा वैचारिक, राजनीतिक, साङ्गठनिक र संघर्षमा स्वतन्त्र पहल हुन सकेन । तर पनि पुष्पलाल आफ्नो समयका सबैभन्दा इमानदार कम्युनिस्ट नेता थिए ।

उनका त्याग र समर्पणलाई लिएर नेपालका सबैखाले कम्युनिस्टहरूले आफ्नो दुनु सोझ्याउन पनि जन्मदिन मनाउने गरेका छन् । संसदीय पार्टीहरूले भोट बैंकको आयतन बढाउन उनको नामलाई ट्रेड मार्क बनाएका छन् । क्रान्तिकारीहरूले पनि पुष्पलालको जीवनीको सही समीक्षा गरेको पाइँदैन । यस्तो अवस्थामा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय खोल्नुको औचित्य साबित हुन्छ ।

यो विश्वविद्यालयको मुख्य उद्देश्य भनेको मार्क्सवादको गहिरो अध्ययन गर्नु, मार्क्सवादमा आधारित रहेर अध्ययन र अनुसन्धान गर्नु, मार्क्सवादको प्रचारप्रसार गर्नु, मार्क्सवादलाई नेपाली धरतीमा लागू गर्नु हुन्छ ।

के यी कुरा सम्भव छ ? छ भने कसरी छ ? पुष्पलालका नाममा खोलिएको विश्वविद्यालयलाई पनि मदन भण्डारी, मनमोहन प्रतिष्ठानजस्ता संस्था बनाएर व्यापारिक ट्रेडमार्कमा परिणत गर्नेहरूले प्रभावित नपार्लान् भन्न सकिँदैन ।

त्यसो भयो भने, शिक्षाको व्यापार गर्ने प्याटेन्ट राइट बन्यो भने त्योभन्दा दुर्भाग्य के होला ? त्यसैले समयमा नै सोचौँ । प्रस्तावकहरू समयमै सचेत बनौँ ।  रामेछापको भँगेरीलाई मक्का मदिना बनाउने हैन, मार्क्सवाद अध्ययन, अनुसन्धान, खोज, आविष्कारको केन्द्र बनाऔँ । मेरा तर्फबाट पूर्ण सहयोग र समर्थन छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending