Ntc summer Offer
Khabar Dabali ७ भाद्र २०८२ शनिबार | 23rd August, 2025 Sat
Investment bank

अनुशासनको सीमाभित्र रहेर बजेट आएको छ: सांसद गिरी

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको बताएको छन् । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएको हो । 

उनले राष्ट्रिय योजना आयोगले दिएको बजेटको सीमालाई सरकारले क्रस गर्ने काम नगरेको जिकिर गरे। उनले अनुशासनले भोलिका दिनहरूमा योजनालाई कार्यान्वयन गर्ने, पुँजीगत खर्च बढाएर परिणाममुखी बनाउने र उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरामा विश्वास दिलाएको जिकिर गरे।

उनले विगतमा आयोजना छनोट गर्दा गरिने लोकरिझ्याइँको कामले १८ हजार आयोजनालाई समयमा कार्यान्वयन गर्न नसकिएको बताए। सांसद गिरीले विगतबाट शिक्षा लिँदै सरकारको आयोजना वर्गीकरण मापदण्डअनुसार ३ करोडभन्दा साना आयोजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीतिअनुरूप बजेट प्रतिविम्वित भएर आएको प्रष्ट पारे।   

उनले भने, “राष्ट्रिय योजना आयोगले दिएको जुन बजेटको सीमा थियो, ९ खर्ब ७५ अर्बको सीमाभित्र बसेर १९ खर्ब ६४ अर्ब बजेट ल्याउने काम सरकारले गरेको छ । यसमा पनि योजना आयोगको सीमालाई सरकारले क्रस गर्ने काम गरेन । त्यो अनुशासन कायम गर्ने कुराले भोलिका दिनहरूमा यो योजनालाई कार्यान्वयन गर्न सकिन्छ ।” 

हाम्रा पुँजीगत खर्चहरूलाई अधिकतम खर्च गर्न सकिन्छ भन्दै उनले यसलाई परिणाममुखी बनाउन उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरामा बजेटले हामीलाई विश्वास दिलाएको बताए । आयोजना छनोट गर्दा विगतमा जुन प्रकारको लोकरिझ्याइँको काम हामीले गर्ने गरेका थियौं, १८ हजार आयोजनाहरू जुन किसिमले किताबमा समावेश गर्‍यौं, त्यसलाई हामीले समयमा कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ । 

त्योबाट शिक्षा लिँदै नेपालको संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्डअनुसार ३ करोडभन्दा साना आयोजनाहरू सङ्घीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीतिअनुरूप बजेट प्रतिबिम्बित भएर आएको उनले बताए।  उनले भविष्यमा बजेट निर्माणको क्रममा पनि अनुशासनको सीमाभित्र बसे देशको अर्थतन्त्रलाई नयाँ लयमा लैजान सकिने विश्वास व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानले नेपाललाई दियो १ सय ४५ रनको लक्ष्य

काठमाडौँ । टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।  पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो ...

प्रतिनिधिसभा बैठक भदौ १३ सम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक भदौ १३ गते बस्ने गरि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।  ...

विश्वासको मत नलिनुको कारण पेस गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुन विश्वासको मत नलिएको भन्दै दायर रिटमा शुक्रबार कारण देखाऊ आदेश ...

बागलुङमा विद्यार्थी भ्यान दुर्घटना: गम्भीर घाइते भएका दुईलाई पोखरा लगियो

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा भएको विद्यार्थी सवार भ्यान दुर्घटनामा परि दुई जना गम्भीर भएका छन् ।  विद्यार्थी बोकेर हरिचौरबाट हटियातर्फ जाँदै...

प्रभु साहको प्रश्न: प्रधानमन्त्री भारत र चीन जाँदा लिपुलेक एजेन्डामा पर्छ कि पर्दैन ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको भूमि लिपुलेक हुदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने बारेमा संसदलाई जा...

जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब विलासिता वा विकल्प नभई देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या सम...

शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथ...

श्रीलंकाका पूर्वराष्ट्रपति पक्राउ

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे सरकारको कोषको दुरूपयोग गरेको आरोपमा पक्राउ परेका छन्। शुक्रबार उनलाई क्रिमिनल इन्भेस्टिगेशन...

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : मन्त्री खड्का

सङ्खुवासभा । ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन्। सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अ...

अस्पतालभित्र ४५ सय गोप्य भिडियो खिच्ने अस्ट्रेलियाली डाक्टर रिहा

काठमाडौं । अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्यचिकित्सकलाई शुक्रबार अदालतले जमान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending