Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी

खबरडबली संवाददाता

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएको छन् ।

परराष्ट्र मन्त्रालयमा आज मन्त्री डा। राणालाई राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व तथा त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको हो ।

त्यस अवसरमा मन्त्री डा. राणाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरे।

त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराए। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराएको थियो ।

पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा। राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएको थिए । 

मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा उल्लेख छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक

काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...

रास्वपालाई योगेशले भने : नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्ने हो

प्रचण्डजीले रवीलाई पहिले सिस्नुपानी हान्नुभयो, अहिले आफैं मालिस लाउँदै हुनुहुन्छ

कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्नुपर्छ: एमाले

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनी...

सम्पर्क कार्यालय आइपुगिन् पुर्व राष्ट्रपति भण्डारी

काठमाडौं। नेकपा एमालेमा पुन: फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउ...

अपडेट: दार्चुला जिप दुर्घटना एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको...

दूधमा अनुदानका लागि ३५ लाख विनियोजन

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन रु. ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाल...

भारत र चीन बिच भएको लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भारत र चीनबीच हालै नेपाली भुमी लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभ...

भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य: कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ ।  प्रतिनिध...

भारत–चीन लिपुलेक सहमतिको प्रसंग संसदमा: माओवादीले माग्यो सरकारको जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending