इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ। इजरायली सैन्य प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको बताए।
नतान्ज र फोर्डो जस्ता परमाणु केन्द्रहरूमा ठूलो क्षति पुगेको स्याटेलाइट तस्वीरहरूले देखाएको दाबी गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको शासनलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै यो युद्धले इरानमा विद्रोह निम्त्याउन सक्ने र अब्राहम सम्झौतालाई बल पुग्ने बताएका छन्। उनले भने, ‘हामी नयाँ मध्यपूर्व बनाउँदैछौं, जहाँ अरब संसार हाम्रो लागि खुल्नेछ।’
इजरायलले आफ्नो रक्षा प्रणाली र साइबर युद्ध क्षमता (स्टक्सनेट) को उपयोग गर्दै इरानको परमाणु कार्यक्रमलाई कमजोर बनाउने प्रयास गरिरहेको छ। जवाफमा इरानले पनि इजरायलमाथि निरन्तर मिसाइल आक्रमण गरिरहेको छ। विगत पाँच दिनदेखि जारी द्वन्द्वमा दुवै पक्षमा ठूलो क्षति भएको छ। हालसम्म इरानमा दुई सय २४ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ८१ जना घाइते भएको बताइएको छ। इजरायलमा २४ जनाको मृत्यु भएको छ भने छ सय बढी घाइते भएका छन्।
सुरक्षा चिन्ताका कारण जेरुसेलमस्थित अमेरिकी दूतावास शुक्रबारसम्म बन्द रहने अमेरिकी विदेश विभागले जनाएको छ। इरानसँगको द्वन्द्वबिच इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन्। ट्रम्पले हालै ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: