धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रहने अनुमान गरिएको छ।
कञ्चनपुरको बेलौरी, पर्सिया, कृष्णपुर, दोधारा चाँदनी, भम्का र ज्यामिरखाली आसपासका क्षेत्रमा अहिले पानी परिरहेको छ। डडेल्धुराको चौरबण्डाली, गाइबाँदे र साहुखर्क क्षेत्रमा पनि वर्षा भइरहेको छ।
डोटीको गैरा, दिपायल र झिंग्रनातिर पानी परिरहेको जनाइएको छ। बैतडीको सिद्धपुर आसपास, बझाङको थलाला क्षेत्र र अन्य केही स्थानमा पनि वर्षा भइरहेको छ।
अछामको जिल्ला सदरमुकाम मंगलसेन वरपर र अधिकांश ठाउँमा पानी परिरहेको छ। बाजुराका पनि केही स्थानमा वर्षा भइरहेको छ। कैलाली जिल्लाको अधिकांश क्षेत्रमा सिमसिम पानी परिरहेको छ।
मौसमविद्का अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण सुदूरपश्चिममा पानी परिरहेको हो। आगामी केही दिनसम्म हल्का देखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ। मौसमविद्हरूले नदी किनार र पहाडी क्षेत्र नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
उता लुम्बिनी प्रदेशको कैलाली जिल्लासंग सिमाना जोडिएको बर्दिया जिल्ला उच्च वर्षाका कारण बारबर्दिया ७ मा दाजुभाइको दुई हल राँगा र गोरु डुबेर मरेका छन्। पानी परिरहेकोले पशुचौपायलाई अग्लो ठाउँमा सार्ने व्यवस्था भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: