Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

मैले अग्रसरता नलिएको भए जाजरकोट भूकम्पमा उद्धार प्रभावकारी हुन्थेन: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैंले अग्रसरता लिँदा मात्र उद्धार र राहत प्रभावकारी भएको बताए ।

शुक्रबार पार्टीको विपद् व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको ‘नेपालमा विपद्को अवस्था र पूर्वतयारी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैंले अग्रसरता लिँदा मात्र उद्धार र राहत प्रभावकारी भएको अनुभव सुनाउँदै प्राधिकरणको संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्री आफैं अगाडि सरिसकेपछि अरूले विधि, विधान र प्रक्रिया हेरिराख्नुपरेन। यो अनुभवले मलाई के लाग्यो भने प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत भयो भने मात्रै यसले प्रभावकारी काम गर्न सक्छ।’

अध्यक्ष दाहालले विपद् आइसकेपछि मात्र तात्ने तर पूर्वतयारीमा ध्यान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए। ‘प्रिभेन्सन इज बेटर द्यान क्योर’ भनेझैँ उपचारभन्दा रोकथाम नै महत्त्वपूर्ण हो,’ उनले भने, ‘हामीकहाँ विपद् नआउँदासम्म तयारीमा ध्यान नदिने र आइसकेपछि तयारी नपुग्ने र ठूलो क्षतिको सामना गर्न बाध्य हुने संस्कृति छ। यसको अन्त्यका लागि आवश्यक ऐन, कानुन र प्राविधिक तयारीमा जुट्नुपर्छ।’

उनले आफ्नो पार्टीले विपद् व्यवस्थापन विभागलाई जनसंगठनकै रूपमा विकास गर्ने र सबै भ्रातृ संगठनहरूलाई समेत स्वयंसेवक गठन गरी पूर्वतयारी, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइने प्रतिबद्धता व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडाका जनप्रतिनिधि प्रशासनको भुमिकाविरुद्ध आन्दोलित

मकवानपुरगढी। आइतबार हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।  करिब एक...

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता (तस्विरहरु)

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता सुरु भएको छ । एमाले प्रचार विभाग ...

अध्यक्ष ओली पनि पुगे च्यासल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । उनले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी...

नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड, सम्मेलनमा पारसको दमदार प्रस्तुती

काठमाडौँ। नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ । सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क...

मुग्लिनको इच्छाकामनामा कारमाथि ढुंगा खस्यो, तीन घाइते

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना-५ स्थित तुइनखोलामा माथिबाट ढुङ्गा खस्दा तीनजना घाइते भएका छन्। आइतबार दिउँसो ढुङ्गा खस्दा भारत...

च्यासल पुगिन् विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । दुईजनाबीच ३ बजे भे...

रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

रोल्पा। रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ उवा, थापाखर्कका ७...

मोहन वैद्यको स्वास्थ्यस्थिति बुझ्न टोखा पुगे प्रचण्ड

काठमाडौं। आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैद्यको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् । प्रचण्ड...

निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

काठमाडौं। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् । प्रतिनिधिसभाबाट प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending