काठमाडौँ। तीनकुनेमा भएको व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको उपचार गराए बापत तीन अस्पतालले ३९ लाख भन्दा बढी रकम माग गरेका छन् ।
विसं। २०८१ चैत १५ गते व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको नि:शुल्क उपचार गराए बापत तीन अस्पतालले ३९ लाख छ हजार ८७७ रुपियाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिल पेस गरेका छन् ।
घाइतेको नि:शुल्क उपचार गराए बापत बिल पेस गर्नेमा काठमाडौँ मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, बी एन्ड बी अस्पताल रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिए ।
मन्त्रालयका अनुसार हालसम्म निजामती कर्मचारी अस्पतालले छ जना बिरामी उपचार गराए बापत १२ लाख ८८ हजार ३८५.२७, काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले सात जना बिरामी उपचार गराएको एक लाख ४६ हजार ९७१ र बी एन्ड बी अस्पतालले चार जना बिरामी उपचार गराए बापत २४ लाख ७१ हजार ५२१।५३ रुपियाँ गरी ३९ लाख छ हजार ८७७ रुपियाँको बिल पेस गरेका छन् ।
विसं। २०८१ चैत १५ गते व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको नि:शुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई मन्त्रीपरिषद्को बैठकले निर्देशन दिएको थियो ।
मन्त्रीपरिषद्को निर्देशक अनुसार स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै उक्त आन्दोलनमा घाइते भएकाको नि:शुल्क उपचार गर्ने घोषण गरेको थियो ।
डा। बुढाथोकीका अनुसार उक्त आन्दोलनमा ३३ जना घाइते भएका थिए । घाइतेले उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।
हाल उपचाररत घाइते अस्पतालबाट डिस्चार्ज भइसकेको भए पनि केही फलोअप सर्जरी र उपचार बाँकी रहेको डा। बुढाथोकी बताउछन् ।
डा। बुढाथोकीका अनुसार बी एन्ड बी अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा फलोअप सर्जरी बाँकी छ।
राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नि:शुल्क घाइतेको उपचार गराए बापत अझसम्म पनि बिल पेस नगरेको डा। बुढाथोकीको भनाइ छ । सबै अस्पतालले बिल पेस गर्दा लगभग ८० लाख बराबरको उपचार खर्च आउने अनुमान मन्त्रालयको छ ।
सबै अस्पतालले उपचार गराएको बिल र कागजात पेस गरिसकेपछि अर्थ मन्त्रालयमा उपचार खर्च माग गर्ने डा. बुढाथोकी बताउछन् ।
उनी भन्छन्, “सबै गरेर ८० लाख जतिको उपचार खर्च आउने अनुमान गरिएको छ । सबै अस्पतालले नि:शुल्क उपचार गराएको बिल पेस भएपछि भुक्तानीको लागि अर्थ मन्त्रालयसँग माग रकम माग गरेर सम्बन्धित अस्पताललाई बुझाउने निर्णय भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १४:३९
मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन...
पौष २ गते, २०८२ - १४:१०
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदे...
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...




प्रतिकृया लेख्नुहोस्: