Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

तीनकुने अन्दोलनका घाइतेको नि:शुल्क उपचार गराएको तीन अस्पतालले मागे ३९ लाख रकम

खबरडबली संवाददाता

काठमाडौँ। तीनकुनेमा भएको व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको उपचार गराए बापत तीन अस्पतालले  ३९ लाख भन्दा बढी रकम माग गरेका छन् । 

विसं। २०८१ चैत १५ गते व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको नि:शुल्क उपचार गराए बापत तीन अस्पतालले ३९ लाख छ हजार ८७७ रुपियाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिल पेस गरेका छन् ।  

घाइतेको नि:शुल्क उपचार गराए बापत बिल पेस गर्नेमा काठमाडौँ मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, बी एन्ड बी अस्पताल रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिए ।  

मन्त्रालयका अनुसार हालसम्म निजामती कर्मचारी अस्पतालले छ जना बिरामी उपचार गराए बापत १२ लाख ८८ हजार ३८५.२७, काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले सात जना बिरामी उपचार गराएको एक लाख ४६ हजार ९७१ र  बी एन्ड बी अस्पतालले चार जना बिरामी उपचार गराए बापत २४ लाख ७१ हजार ५२१।५३ रुपियाँ गरी ३९ लाख छ हजार ८७७ रुपियाँको बिल पेस गरेका छन् ।   

विसं। २०८१ चैत १५ गते व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको नि:शुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई मन्त्रीपरिषद्को बैठकले निर्देशन दिएको थियो । 

 मन्त्रीपरिषद्को निर्देशक अनुसार स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै उक्त आन्दोलनमा घाइते भएकाको नि:शुल्क उपचार गर्ने घोषण गरेको थियो ।  

डा। बुढाथोकीका अनुसार उक्त आन्दोलनमा ३३ जना घाइते भएका थिए । घाइतेले  उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।   

हाल उपचाररत घाइते अस्पतालबाट डिस्चार्ज भइसकेको भए पनि केही फलोअप सर्जरी र उपचार बाँकी रहेको डा। बुढाथोकी बताउछन् । 

डा। बुढाथोकीका अनुसार बी एन्ड बी अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा फलोअप सर्जरी बाँकी छ।  

राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नि:शुल्क घाइतेको उपचार गराए बापत अझसम्म पनि बिल पेस नगरेको डा। बुढाथोकीको भनाइ छ । सबै अस्पतालले बिल पेस गर्दा लगभग ८० लाख बराबरको उपचार खर्च आउने अनुमान मन्त्रालयको छ । 

सबै अस्पतालले उपचार गराएको बिल र कागजात पेस गरिसकेपछि अर्थ मन्त्रालयमा उपचार खर्च माग गर्ने डा. बुढाथोकी बताउछन् । 

उनी भन्छन्, “सबै गरेर ८० लाख जतिको उपचार खर्च आउने अनुमान गरिएको छ । सबै अस्पतालले नि:शुल्क उपचार गराएको बिल पेस भएपछि भुक्तानीको लागि अर्थ मन्त्रालयसँग माग रकम माग गरेर सम्बन्धित अस्पताललाई बुझाउने निर्णय भएको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिने

बुटवल। सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्। सर...

डा. गोविन्द केसीका मागबारे सरकारसँग धनगढीमा वार्ता सुरु

धनगढी। डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सरकार र केसी पक्षबीच धनगढीमा वार्ता सुरु भएको छ। शिक्षा मन्त्रालयको पहलमा गठन गरिएको वार्ता टोली...

प्रश्नपत्र प्रकरण: दुई दिनभित्र छानबिन गरी दोषीलाई कारबाही गर्न स्ववियुको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले दुई दिनभित्र निष्पक्ष छान...

कोशीको मुख्यमन्त्री बन्ने निश्चित नहुँदै तिलकुमार मेन्याङ्बोलाई बधाईको ओइरो

काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा चुलिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो...

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण: दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending