Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

इरानद्वारा सुरक्षा परिषदको आपतकालीन बैठकको माग

अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग

खबरडबली संवाददाता

तेहरान। ईरानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्सँग आपतकालीन बैठक बोलाउन र अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग गरेको छ।

ईरानी इस्लामी गणतन्त्रको परराष्ट्र मन्त्रालयले अमेरिकाले ईरानका तीनवटा शान्तिपूर्ण आणविक पूर्वाधारमाथि गरेको हवाई आक्रमणलाई संयुक्त राष्ट्रसंघको सन्धि र अन्तर्राष्ट्रिय कानुनको अत्यन्तै गम्भीर उल्लङ्घन भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ईरानले आफ्ना सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्न सम्पूर्ण अधिकार सुरक्षित राखेको स्पष्ट पारेको छ।

अमेरिकाले आइतबार बिहानै तेहरानको आणविक प्रतिष्ठानमाथि हवाई हमला गर्दा इजरायली आक्रमणको दशौँ दिन चलिरहेको थियो। ईरानी परराष्ट्र मन्त्रालयको भनाइमा, यस कदमले अमेरिका र ‘जातीय सफाया गर्ने’ इजरायली शासनबीचको आपराधिक सहकार्यलाई उदाङ्गो बनाएको छ।

ईरानी परराष्ट्र मन्त्रालयको वक्तव्य अनुसार,  ‘‘संयुक्त राष्ट्रसंघ सन्धिको मूल मर्मको उल्लङ्घन, अमेरिकी आक्रमणले राष्ट्रसंघको सन्धिमा उल्लिखित सबभन्दा आधारभूत सिद्धान्तहरू—शक्ति प्रयोगमा निषेध र राष्ट्रहरूको सार्वभौमिकताको सम्मानको अपमान गरेको मन्त्रालयको ठहर छ।’’

ईरानका सबै आणविक कार्यक्रमहरू अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको निगरानीमा छन्। यस्तो अवस्थामा अमेरिकी हमला गम्भीर प्रकृतिको अपराध भएको मन्त्रालयको दाबी छ।

मन्त्रालयले राष्ट्रसंघ, सुरक्षा परिषद्, महासचिवलाई यस्ता आक्रामकता विरुद्ध तुरुन्त कदम चाल्न आग्रह गरेको छ। यसप्रति मौनता राख्नुले विश्वलाई थप जोखिमपूर्ण बनाउने चेतावनी दिइएको छ।

वक्तव्यमा उल्लेख छ, “शान्ति चाहने र स्वतन्त्रता खोज्ने ईरानी जनताको विरुद्ध अमेरिकाले देखाएको गहिरो द्वेष र अमानविक सोच उसकै विदेश नीतिमा विद्यमान भ्रष्टाचारको संकेत हो।”

ईरानले अमेरिकाको यो कार्यलाई ‘एक आपराधिक, गैरकानुनी र अत्यन्तै खतरनाक युद्ध घोषणा’ भनी परिभाषित गर्दै विश्व समुदायलाई समयमै हस्तक्षेप गर्न आह्वान गरेको छ। 

परराष्ट्र मन्त्रालयले अन्त्यमा भनेको छ, “आजको दिनमा अमेरिकाले कूटनीतिलाई धोका दिएको छ, इजरायली अपराधलाई प्रोत्साहन दिएको छ र विश्वको सुरक्षामा गम्भीर संकट निम्त्याएको छ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ जना लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

भारी वर्षापछि माइतीघर डुबानमा

काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको पूरक अभियोगपत्र दर्ता हुने

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...

मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...

मधेशमा कांग्रेस–एमाले–नेकपा गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय

ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...

नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, केहि महत्वपुर्ण निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending