तेहरान। ईरानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्सँग आपतकालीन बैठक बोलाउन र अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग गरेको छ।
ईरानी इस्लामी गणतन्त्रको परराष्ट्र मन्त्रालयले अमेरिकाले ईरानका तीनवटा शान्तिपूर्ण आणविक पूर्वाधारमाथि गरेको हवाई आक्रमणलाई संयुक्त राष्ट्रसंघको सन्धि र अन्तर्राष्ट्रिय कानुनको अत्यन्तै गम्भीर उल्लङ्घन भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ईरानले आफ्ना सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्न सम्पूर्ण अधिकार सुरक्षित राखेको स्पष्ट पारेको छ।
अमेरिकाले आइतबार बिहानै तेहरानको आणविक प्रतिष्ठानमाथि हवाई हमला गर्दा इजरायली आक्रमणको दशौँ दिन चलिरहेको थियो। ईरानी परराष्ट्र मन्त्रालयको भनाइमा, यस कदमले अमेरिका र ‘जातीय सफाया गर्ने’ इजरायली शासनबीचको आपराधिक सहकार्यलाई उदाङ्गो बनाएको छ।
ईरानी परराष्ट्र मन्त्रालयको वक्तव्य अनुसार, ‘‘संयुक्त राष्ट्रसंघ सन्धिको मूल मर्मको उल्लङ्घन, अमेरिकी आक्रमणले राष्ट्रसंघको सन्धिमा उल्लिखित सबभन्दा आधारभूत सिद्धान्तहरू—शक्ति प्रयोगमा निषेध र राष्ट्रहरूको सार्वभौमिकताको सम्मानको अपमान गरेको मन्त्रालयको ठहर छ।’’
ईरानका सबै आणविक कार्यक्रमहरू अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको निगरानीमा छन्। यस्तो अवस्थामा अमेरिकी हमला गम्भीर प्रकृतिको अपराध भएको मन्त्रालयको दाबी छ।
मन्त्रालयले राष्ट्रसंघ, सुरक्षा परिषद्, महासचिवलाई यस्ता आक्रामकता विरुद्ध तुरुन्त कदम चाल्न आग्रह गरेको छ। यसप्रति मौनता राख्नुले विश्वलाई थप जोखिमपूर्ण बनाउने चेतावनी दिइएको छ।
वक्तव्यमा उल्लेख छ, “शान्ति चाहने र स्वतन्त्रता खोज्ने ईरानी जनताको विरुद्ध अमेरिकाले देखाएको गहिरो द्वेष र अमानविक सोच उसकै विदेश नीतिमा विद्यमान भ्रष्टाचारको संकेत हो।”
ईरानले अमेरिकाको यो कार्यलाई ‘एक आपराधिक, गैरकानुनी र अत्यन्तै खतरनाक युद्ध घोषणा’ भनी परिभाषित गर्दै विश्व समुदायलाई समयमै हस्तक्षेप गर्न आह्वान गरेको छ।
परराष्ट्र मन्त्रालयले अन्त्यमा भनेको छ, “आजको दिनमा अमेरिकाले कूटनीतिलाई धोका दिएको छ, इजरायली अपराधलाई प्रोत्साहन दिएको छ र विश्वको सुरक्षामा गम्भीर संकट निम्त्याएको छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ९ गते, २०८२ - १७:००
ताप्लेजुङ । ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपा...
भाद्र ९ गते, २०८२ - १६:४८
काठमाडौं । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। आज ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड...
भाद्र ९ गते, २०८२ - १६:२६
काठमाडौँ । गुन्डा नाइके रेस लामा भनेर परिचित गोपाल मोक्तानलाई पक्राउ परेको छन् । गौशाला प्रहरी वृत्तको टोलीले आइतबार गौशाला क्षेत्रमा गुन्डागर्दी गर्द...
भाद्र ९ गते, २०८२ - १६:१६
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार भोलि दिउँस...
भाद्र ९ गते, २०८२ - १६:०८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रका...
भाद्र ९ गते, २०८२ - १५:३४
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्र...
भाद्र ९ गते, २०८२ - १५:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् । लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर...
भाद्र ९ गते, २०८२ - १४:५९
प्राग। मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राख...
भाद्र ९ गते, २०८२ - १४:४५
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधम...
भाद्र ९ गते, २०८२ - १४:२७
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: