काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चर्को आलोचना गरेका छन् ।
आइतबार संसद्मा जारी मन्त्रालयको विनियोजित बजेटमाथि बोल्दै थापाले सिंहको आलोचना गरेका हुन्।
थापाले सिंह लौहपुरुष गणेशमान सिंहका छोरा हुन् कि होइनन्, आफूलाई थाहै नभएको बताए। मन्त्रालयगत बजेट बुवा गणेशमान सिंहको नामको सम्मान गर्नेगरी पनि नगरेको उल्लेख गर्दै थापाले भनेका छन्, 'गणेशमान सिंह, उहाँलाई म शिर झुकाएर सम्मान गर्दै तर, सहरी विकास मन्त्रालयको बजेट हेर्छु त गणेशमान सिंहको सम्मान केही केही जिल्लामा केही केही रकममा खोज्न खोजिएको पाएँ मैले। प्रकाशमान सिंह उहाँका छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनुभयो, हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन।' उनले भने।जनताको जीवनस्तर उठाउनेतितर ध्यान गएको छैन । स-साना टुक्रा र नेताको अझ आफ्ना पिताजीको, बजारमा त्यो पनि चर्चा पनि छ है, नामका योजनाबाट देश अगाडि बढ्छ ?
गणेशमान सिंहको अपमान हुने ढंगले सहरी विकास मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै सांसद थापाले आपत्ति जनाए । 'सांसदको सिफारिसका योजना आफ्नो मन्त्रालयको कार्यक्रममा पार्नुहुन्न । नेविसंघ र तरुण दल खोज्दै हिँड्नुहुन्छ भने उपप्रधानमन्त्रीज्यू, यसले कुनै परिणाम निकाल्दैन । तपाईंको बजेट विनियोजनलाई सत्तापक्षका सांसदहरूले भन्नुभयो मैले पनि भन्छु स्वतन्त्र एकेडेमिक व्यक्तिहरूबाट रिभ्यू गराउने हैसियत राख्नुहुन्छ ? म चुनौती दिन चाहन्छु, यो खालको स्थिति छ,' उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...
बैशाख १६ गते, २०८३ - १६:४५
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...
बैशाख १६ गते, २०८३ - १६:३३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...
बैशाख १६ गते, २०८३ - १६:२३
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...


प्रतिकृया लेख्नुहोस्: