उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको कार्यपालिका बैठकमा र नगर प्रमुखको कार्यशैलीको विरोध गर्ने वडा अध्यक्षको मासिक सेवा–सुविधा रोक्का भएको छ । नगरपालिकाको १२औँ नगर कार्यपालिका बैठकले चौदण्डीगढी नगरपालिका– ७ का वडाध्यक्ष केशव अधिकारीको मासिक सेवा–सुविधा रोक्ने निर्णय गरेको हो ।
नगरपालिकाको २१ वैशाख ०८२ मा बसेको कार्यपालिकाको बैठकको निर्णयमा भनिएको छ, ‘निज केशव अधिकारीले वडाध्यक्षको पदीय जिम्मेवारी निर्वाह नगरी विगत वर्षहरूदेखि नै नगरपालिकासँग प्रचलित कानुनको पालना नगर्ने, ७ नम्वर वडाभित्र रहेर पनि विनाकारण वडासदस्यहरूलाई कार्यवाहकको जिम्मेवारी दिने, सोको जानकारीसमेत नगरपालिकाको कार्यालयलाई नदिने, नगरपालिकाकाले निमन्त्रणा गरेको कार्यपालिका बैठकमा, नगरसभा बैठक तथा अन्य कुनै पनि बैठकमा सहभागी नहुने देखिएकाले सो सम्बन्धमा कार्यपालिका बैठकको निर्णयाअनुसार उक्त विषयहरूमा जिम्मेवार हुनका लागि निर्देशन दिने, साथै निजले नगरपालिकाको कार्यालयबाट मासिक रूपमा भुक्तानी लिँदै आएको सेवा–सुविधा अर्को व्यवस्था नभएसम्मका लागि रोक्का राख्नको लागि आर्थिक प्रशासन शाखालाई जानकारी गराउने र आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमका लागि वडालाई उपलब्ध गराउने बजेट सिलिङको परिधिभित्र रही उदयराज भुजेल, तिलवती राई तथा ७ नम्बर वडाका वडासदस्यहरू राजेश श्रेष्ठसँग समन्वय गरी बजेट तथा कार्यक्रम तर्जुमा गराई पेस गर्ने लगाउने निर्णय गरियो ।’
वडाध्यक्ष अधिकारीले अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको र नगर प्रमुख कालुमान लामाले आफन्त प्रयोग गरेर ढुंगा, गिटी, बालुवा र माटो बिक्री गरी राजस्व छली गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा दिएको कारण राेक्का भएकाे बताए । उनले भने, ‘मैले नगरपालिकाबाट वडाध्यक्षको सेवा–सुविधा गएको वैशाखदेखि पाएकै थिइनँ । अनि कारण खोज्दै जाँदा कार्यपालिकाको बैठकबाट निर्णय गरेर रोकिएको रहेछ । अब अदालतमा न्याय माग्न जाने तयारीमा छु ।’
अधिकारीले आज (सोमबार) कार्यपालिकाको बैठक बस्ने जानकारी पाएकाले कार्यपालिकाकै बैठकमा गएर आफ्नाे कुरा राख्ने तयारी गरेको पनि बताए । उनले भने, ‘आजको कार्यपालिकाको बैठकको जानकारी फेसबुकबाट थाहा पाएको थिए । गएर आएकाे छु । मेराे कुरा पनि राखेकाे छु । वडाको सबै काम म आफैँ गर्दै आएको छु ।’
चौदण्डीगढी नगरपालिकाको २ र ४ मा पर्ने लामाखोला र माडीबास खोलामा अवैध रूपमा नगरप्रमुखकै सेटिङमा ढुंगा, गिटी, बालुवा र माटोको उत्खनन भएको भन्दै वडाध्यक्ष अधिकारीले विरोध गरेका थिए । नगरप्रमुख कालुमान लामाको सेटिङमा अवैध उत्खनन भएको भनी परेको उजुरीका आधारमा आयोगको इटहरी कार्यालयमा उजुरीसमेत दिएका थिए ।
अहिले छानबिनको प्रक्रियामा रहेको जानकारी पाएको अधिकारीको भनाइ छ । उनले त्यही अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा १९ वैशाख २०८२ मा ज्ञापनपत्र बुझाउँदा नगरप्रमुखको कार्यशैलीको चर्को विरोध गरेका थिए । उत्खनन पीडित स्थानीयले समेत वडाध्यक्ष अधिकारीलाई साथ दिएका थिए । चौदण्डी नगरपालिकामा नेकपा एमालेको बहुमत जनप्रतिनिधि छन् । त्यसमा वडाध्यक्ष अधिकारी पनि एमालेबाटै निर्वाचित वडाध्यक्ष हुन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: