Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

सल्यानमा सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ पक्राउ

खबरडबली संवाददाता

सल्यान। जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा सिकार खेल्ने क्रममा गोली लागेर कालिमाटी गाउँपालिका–२ बराहढुँगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साथीहरूसँग सिकार खेल्न गएको समयमा बन्दुकबाट अचानक गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको उनले बताए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थलको मुचुल्कालगायत प्रारम्भिक प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक रोकायले जानकारी दिए।

प्रहरीका अनुसार सिकार खेल्न गएका कालिमाटी गाउँपालिका–३ बल्लेका मानबहादुर विक, जुद्रबहादुर रेउले, खुमेन्द्रबहादुर रेउले, सेईतराम थापा र कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहढुँगाका पदमबहादुर श्रीसमगर गरी छ जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यास र देवघाटका सुकुम्वासीलाई जग्गा दिने तयारी

तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध

इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अव...

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या ...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ। बैठक ...

सल्यानमा सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ पक्राउ

सल्यान। जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमा...

अस्पतालमा वाइफाइ चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट, तीन पक्राउ

कालीकोट। कालीकोटको पलाँता गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा वाइफाइ चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छ...

मधेश सरकारको खर्च प्रगति कमजोर: मन्त्रालयहरूसँग स्पष्टीकरण माग

जनकपुरधाम। मधेश प्रदेश सरकारले बर्सेनि बजेटको आकार बढाउँदै गौरवका आयोजना अघि सारे पनि बजेट कार्यान्वयनमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन । मधे...

आफ्नै परिवारलाई स्वकीय राख्न एमाले सांसदलाई रोक, शैक्षिक योग्यता पनि अनिवार्य

काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...

सरकारको निष्ठा र नियतमाथि शंका छैन, तर काम गर्ने ढंग अपेक्षाअनुसार भएन: मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...

ग्यास कालोबजारी गरे जफत

मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending