काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन ।
मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं मन्त्री भण्डारीले नेपाली श्रमिकको न्यून्तम मानवअधिकार सुनिश्चितता नेपालको शर्त नभई अडान भएको बताएका हुन ।
गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने नेपाली श्रमिकलाई विकासको सारथीको रुपमा सम्मानको रुपमा हेरिनु पर्दछ – हेर्ने बृहत दृष्टिकोणमा परिमार्जन हुनु पर्दछ, उनले भने ।
मन्त्री भण्डारीले नेपाली श्रमिक विदेशी भूमिमा रहदाको अवस्थामा श्रमिकको बीमा चौविसै घण्टा कायम गराउन मन्त्तालयले थप पहलकदमी लिएको जानकारी गराए ।
श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको बहुआयामिक विषय हो । हाल मुलुकमा कूल जनसंख्याको करिब ११।६ प्रतिशत जनसंख्या बेरोजगार रहेको उनले बताए ।
जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदुनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको जिकिर गर्दै नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरु संलग्न रहेको अवस्था चिन्ताको बिषय भएको उनले बताए ।
‘रोजगारी सृजना गर्ने अभियानलाई नयाँ र प्रभावकारी तवरले कार्य गर्न आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गर्न लागिएको छ’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली र दीगो विकासको लक्ष्य प्राप्ति तथा मुलुकलाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न समेत यो अभियान महत्वपूर्ण र सान्दर्भिक छ।’
मन्त्री भण्डारीले सीप र दक्षता कमीका कारनण कुनै पनि नेपाली नेपालको रोजगारीमा संलग्न हुनबाट वञ्चित नहोस भनेरे सीप विकासलाई उच्च महत्व दिएको जानकारी गराए । मुलुकको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालको रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्नशील रहेको उनको भनाइ छ ।
उनले मन्त्रालय मातहत रहेको राष्ट्रिय व्यावसायीक प्रशिक्षण प्रतिष्ठानलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरी सीपयुक्त नेपाली उत्पादनका लागि आगामी वर्षको बजेट तथा कार्यक्रमले ल्याएको जानकारी गराए । नेपालको बेरोजगारीको समस्या न्यूनिकरण गर्न श्रम बजारको माग अनुरुपको सीप तथा दक्षता विकास गर्न आवश्यक छ । दक्ष श्रमिक उत्पादन गरी रोजगारीमा पदस्थापना गर्ने कार्यको लागि प्रतिष्ठानले विभिन्न १२ वटा रोजगारदाता र तालिम प्रदायक निकायसंग समझदारी पत्रमा गरी सकेको छ ।
श्रम बजारको आवश्यकता र तालिमका विषयबस्तुको वीचको खाडल कम गर्दै आगामी आर्थिक वर्षमा मागमा आधारित तालिम सञ्चालन गर्ने गरी आगामी वर्षको कार्यक्रम तर्जूमा गरिएको छ, उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...
बैशाख १६ गते, २०८३ - १६:४५
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...
बैशाख १६ गते, २०८३ - १६:३३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...
बैशाख १६ गते, २०८३ - १६:२३
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...


प्रतिकृया लेख्नुहोस्: