विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्तुलित’ भन्दै तत्काल सच्याउन माग गरेको छ ।
प्रदेश सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै माओवादीका सांसद गणेश प्रसाद उप्रेतीले बजेटले लोकतन्त्र, वित्तीय अनुशासन र समानताको खिल्ली उडाएको आरोप लगाएका हुन् । ‘यो बजेट सच्याउनुस्, हाम्रो तर्फबाट यो सरकारलाई हार्दिक आग्रह छ,’ उप्रेतीले विशेष समयमा बोल्दै भने, ‘यो बजेटले प्रदेशको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।’ उनले पूर्व मुख्यमन्त्रीले बजेटलाई ‘झुर र झुरेस्ट’ को संज्ञा दिएको स्मरण गराउँदै बजेट सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले गलत भएको दाबी गरे ।
नेता उप्रेतीले बजेट विनियोजनमा चरम असमानता देखिएको भन्दै आपत्ति जनाए । उनले भौतिक पूर्वाधार मन्त्रीको गृह जिल्ला खोटाङमा एक अर्बभन्दा बढी बजेट केन्द्रित गरिएको तर अन्य सांसदको क्षेत्रमा डेढ करोड मात्र छुट्याइएको भन्दै यसलाई ‘वित्तीय अराजकता’ को संज्ञा दिए । ‘एउटा क्षेत्रमा डेढ अर्ब र अर्कोे सांसदलाई डेढ करोड, यो कत्रो असमानता हो ?’ उनले प्रश्न गरे ।
पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रलाई बजेटले उपेक्षा गरेको र अपाङ्गता, महिला, दलित र विद्यार्थीको बजेट कटौती गरेर सरकारले आफ्नो अनुत्तरदायी चरित्र देखाएको उनले आरोप लगाए ।
आफ्नो भाषणका क्रममा उनले सत्तापक्षका सांसदहरू बजेट गलत छ भन्ने थाहा पाएर पनि बोल्न नसक्ने अवस्थामा रहेको भन्दै रोचक उखान प्रस्तुत गरे । उनले एक सांसदको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको अवस्था ‘कहूँ तो माई मरजाई, न कहूँ तो बाप कुत्ता खाई’ जस्तो भएको छ । बोलौं भने आमा मर्ने, नबोलौं भने बाबुले कुकुरको मासु खाने ।’
उप्रेतीले सदनमा लोकतन्त्रको अभ्यास हुनुपर्नेमा ‘सिन्डिकेट’ चलेको र सांसदहरूलाई दलको कार्यालयबाट बोल्नका लागि दबाब दिइएको गम्भीर आरोप लगाए । बजेटले आफ्नो कार्यक्षेत्र मिचेको, वित्तीय अनुशासन उल्लंघन गरेको र प्रदेशको भविष्यलाई अन्धकारतर्फ धकेल्ने प्रयास गरेकोले यसलाई नसच्याए इतिहासकै सबैभन्दा नकारात्मक बिम्बको रूपमा स्थापित हुने उनको चेतावनी थियो । उनले सरकारलाई भोलि जवाफ दिँदा बजेट सच्याउने घोषणा गर्न आग्रह पनि आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: