Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

बजेट सच्याउन कोशीमा माओवादीको माग

खबरडबली संवाददाता

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्तुलित’ भन्दै तत्काल सच्याउन माग गरेको छ ।

प्रदेश सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै माओवादीका सांसद गणेश प्रसाद उप्रेतीले बजेटले लोकतन्त्र, वित्तीय अनुशासन र समानताको खिल्ली उडाएको आरोप लगाएका हुन् । ‘यो बजेट सच्याउनुस्, हाम्रो तर्फबाट यो सरकारलाई हार्दिक आग्रह छ,’ उप्रेतीले विशेष समयमा बोल्दै भने, ‘यो बजेटले प्रदेशको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।’ उनले पूर्व मुख्यमन्त्रीले बजेटलाई ‘झुर र झुरेस्ट’ को संज्ञा दिएको स्मरण गराउँदै बजेट सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले गलत भएको दाबी गरे ।

नेता उप्रेतीले बजेट विनियोजनमा चरम असमानता देखिएको भन्दै आपत्ति जनाए । उनले भौतिक पूर्वाधार मन्त्रीको गृह जिल्ला खोटाङमा एक अर्बभन्दा बढी बजेट केन्द्रित गरिएको तर अन्य सांसदको क्षेत्रमा डेढ करोड मात्र छुट्याइएको भन्दै यसलाई ‘वित्तीय अराजकता’ को संज्ञा दिए । ‘एउटा क्षेत्रमा डेढ अर्ब र अर्कोे सांसदलाई डेढ करोड, यो कत्रो असमानता हो ?’ उनले प्रश्न गरे ।

पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रलाई बजेटले उपेक्षा गरेको र अपाङ्गता, महिला, दलित र विद्यार्थीको बजेट कटौती गरेर सरकारले आफ्नो अनुत्तरदायी चरित्र देखाएको उनले आरोप लगाए ।

आफ्नो भाषणका क्रममा उनले सत्तापक्षका सांसदहरू बजेट गलत छ भन्ने थाहा पाएर पनि बोल्न नसक्ने अवस्थामा रहेको भन्दै रोचक उखान प्रस्तुत गरे । उनले एक सांसदको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको अवस्था ‘कहूँ तो माई मरजाई, न कहूँ तो बाप कुत्ता खाई’ जस्तो भएको छ । बोलौं भने आमा मर्ने, नबोलौं भने बाबुले कुकुरको मासु खाने ।’

उप्रेतीले सदनमा लोकतन्त्रको अभ्यास हुनुपर्नेमा ‘सिन्डिकेट’ चलेको र सांसदहरूलाई दलको कार्यालयबाट बोल्नका लागि दबाब दिइएको गम्भीर आरोप लगाए । बजेटले आफ्नो कार्यक्षेत्र मिचेको, वित्तीय अनुशासन उल्लंघन गरेको र प्रदेशको भविष्यलाई अन्धकारतर्फ धकेल्ने प्रयास गरेकोले यसलाई नसच्याए इतिहासकै सबैभन्दा नकारात्मक बिम्बको रूपमा स्थापित हुने उनको चेतावनी थियो । उनले सरकारलाई भोलि जवाफ दिँदा बजेट सच्याउने घोषणा गर्न आग्रह पनि आग्रह गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन...

बलात्कार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडाैं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका हुन् ।  आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइए...

मकवानपुरमा लागुऔषधसहित सातजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।  लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र...

पर्वतमा पहिरोले घर पुर्दा श्रीमान-श्रीमतीको मृत्यु

पर्वत । शनिबार रातिदेखिको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । मोदी–३ देउराली लाङ्दीमा घरमा...

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछ : स्वास्थ्यमन्त्री

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ...

एमालेले देश, जनता र गठबन्धनलाई धोका दियाे: काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा आफ्ना सांसदलाई संशोधन हाल्न लगाएर एमालेले देश, जनता र गठबन्धनलाई धोका दिए...

सुनसरीमा डुबेर दुई बालककाे मृत्यु

सुनसरी । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको ...

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

भियतनाम । भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाक...

इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

इक्वेडोर । इक्वेडरको दक्षिणपश्चिमी पर्यटकीय सहरमा पुल खेलिरहेका बेला शनिबार कम्तीमा नौ जनाको गोली हानी हत्या गरिएको देशको अभियोजकको कार्यालयले जनाएको ...

ताप्लेजुङमा ४२ प्रतिशत रोपाइँ

ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending