बर्दिबास । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवालले खेल क्षेत्रसँग सम्वद्ध अब्यवस्थित तथा अधुरा संरचनाहरुको ब्यवस्थापन र पूर्वाधारको विकाश गरि खेल गतिविधि चलायमान बनाउन मधेश प्रदेश सरकार योजनावद्ध रुपमा अघि बढेको बताएका छन् ।
उनले मधेशको विकाशका लागि खेल क्षेत्रको विकाश अपरिहार्य भएको बताउदै बर्दीबाससमेत अन्य जिल्लाका अब्यवस्थित खेल पूर्वाधारको विकाश गर्न र राष्ट्रिय गौरवको रामजानकी अन्तर्राष्ट्रिय स्टेडियमलाई नीति कार्यक्रममा समावेश गरिएको बताए ।
मन्त्री जयसवालले बर्दीबास–३ स्थित गौरीडँडामा नवनिर्मित खुलामञ्च तथा खेलमैदान प्रवेशद्वारको बुधबार उद्घाटन गर्दै सो कुरा बताए । उनले भने, ‘खेलकुदका नयाँ संरचना निर्माण गर्ने, अब्यवस्थितलाई ब्यवस्थित गर्ने र अधुरा संरचना पुरा गरि प्रदेशको खेल क्षेत्रलाई अग्रगति दिने योजनालाई बजेटमै ब्यवस्था गरिएकोले आर्थिक वर्ष ०८२/८३ मा प्रदेशको खेल क्षत्रेले अग्रगति लिने विश्वाशमा छौं ।’
स्थानीय गौरीडाँडाका जनताको आफनै सहयोग श्रमदान र बर्दीबास नगरपालिकाको आर्थिक सहयोगमा नव निर्मित प्रवेशद्वार उदाहरणीय कार्य भएको बताउदै गौरीडाँडा खुलामञ्चको ४ विगाहा २ कठ्ठा क्षेत्रफलको विकाशका लागि प्रदेश सरकारले सहयोगको दायरा बढाउदै जाने विश्वाश दिलाए । प्रवेशद्वारको उचाई २२ फिट र चौडाइ २० फिट छ ।
संघीय राजधानीलाईं जोडने मधेश प्रदेशकै प्रवेशद्वारको रुपमा रहेको बर्दीबासमा विकाशका अनेकन संभावना रहेकाले यसलाई खेल पर्यटनसंग जोडन पनि प्रदेश सरकार योजनावद्धरुपमा अघि बढेको उनको भनाई थियो । उनले भने, ‘गौरीडाँडा खुलामञ्चको विकाशमा प्रदेश सरकार सकारात्मक छदै छ । अर्कोतिर बर्दीबासमै रहेको सैनिक पृतनामा पनि रंगशाला निर्माणको योजना अघि बढेकोले यस क्षेत्रको विकाश, पर्यटन प्रवद्र्धन र ब्यापारलाई चलायमान बनाउने छ ।’
मन्त्री जयसवालले भरखरै खेलकुद ऐन पनि बनेको र खेलकुद परिषद पनि गठन भइसकेकोले लामो समयदेखि अन्यौल र अनिश्चियमा परेको जनकपुरस्थित अन्तर्राष्ट्रिय स्तरको रामजानकी रंगशालाको निर्माणको गति अघि बढेको बताए । गुठीसँग जग्गा सम्झौताको वार्ता अन्तिम चरणमा पुगेकोले यो रङ्गशालाको निर्माणले मधेश प्रदेशकै खेल संसारमा नयाँ क्षितिज खोल्ने धारणा राखे ।
उनले भने, ‘मधेश प्रदेश खेलकुदको उर्वर भूमि भएकोले यस क्षेत्रको संस्थागत विकाश गर्नुको विकल्प छैन । हामी वीरगंजलगाएत प्रदेशका सवै ठाँउको खेल मैदान ब्यवस्थापनको गतिविध अघि बढाउने तयारीमा छौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: