Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

नेटोको ‘ऐतिहासिक’ खर्च वृद्धिको ट्रम्पद्वारा प्रशंसा

खबरडबली संवाददाता

द हेग । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का सहयोगी राष्ट्रहरूसँग बुधबार भएको वार्तामा रक्षा खर्च बढाउने विषयमा भएको सम्झौता ‘सबैका लागि ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । 

सन् २०३५ सम्ममा सदस्य राष्ट्रले आफ्नो उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिएको सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गरे ।

विश्वका लागि महत्वपूर्ण 

ट्रम्पले भने, “मलाई लाग्छ, यो सबैका लागि ठूलो विजय हो । हामी चाँडै नै बराबरीमा पुग्नेछौँ र यो हुनैपर्छ ।” उनले भने, “मैले धेरै वर्षदेखि आम्दानीको पाँच प्रतिशतसम्म खर्च बढाउनका लागि सदस्य राष्ट्रहरूलाई आग्रह गर्दै आइरहेको थिएँ केही समयमा पाँच प्रतिशतसम्म जाने उनीहरूबाट प्रतिवद्धता आएको छ । यो धेरै महत्वपूर्ण समाचार हुनेछ ।” 

बैठकको आयोजना गर्दै नेटोका महासचिव मार्क रुटले राजा विलियम-अलेक्जेन्डरले मङ्गलबार आफ्नो राजदरबारमा आयोजना गरेको रात्रिभोजमा ट्रम्प ‘राम्रो मुड’ मा रहेको र अमेरिकी नेता आफ्ना सहयोगीहरूबाट प्रेरित भएको बताएका थिए । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल नेटवर्कमा गरेको पोस्टमा उल्लेख छ, “सुन्दर नेदरल्याण्ड्समा दिनको सुरुवात भएको छ । राजा र रानी सुन्दर र शानदार मानिसहरू हुन् । हाम्रो ‘ब्रेकफास्ट मिटिङ’ निकै राम्रो भएको छ ।”

बैठकमा प्रवेश गर्दै नेताहरूले शिखर सम्मेलनको योजनाबद्ध खर्च वृद्धिलाई एउटै लाइनमा उभिएर प्रतिवद्धता जनाउँदै ‘ऐतिहासिक’ घोषणा गरेका थिए । अमेरिकी रिपब्लिकन नेता ट्रम्पले लामो समयदेखि युरोपले आफ्नो प्रतिरक्षामा धेरै कम खर्च गरेको गुनासो गर्दै आएका छन् । नेटोका सहयोगीहरूले रुसबाट बढ्दो खतराको सामना गर्न र ट्रम्पलाई खुशी राख्न पनि यो वृद्धि आवश्यक रहेको बताएका छन् ।

वृद्धि गर्ने सम्झौताबारे बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले भने, “युरापेली नागरिकको हैसियतले हामीले इतिहासबाट लामो अवरूद्धता समाप्त भएको महसुस गर्नुपर्छ ।” महाद्वीपले ‘निकै कठिन समयमा’ आफ्नो सुरक्षाको जिम्मेवारी लिन आवश्यक छ, डी वेबरले थपे । उक्त प्रतिबद्धताले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ३.५ प्रतिशत खर्चलाई शुद्ध रक्षा लागतमा विभाजन गरेको छ-जुन हालको अमेरिकी स्तरभन्दा केही माथि छ  र अर्को १.५ प्रतिशत साइबर सुरक्षा र पूर्वाधारजस्ता व्यापक सुरक्षा-सम्बन्धित क्षेत्रहरूमा विभाजन गरिएको छ ।

यो सम्झौता पूरा भएपछि गठबन्धनको आधारभूत जगमा ध्यान केन्द्रित भयो । यसको पारस्परिक प्रतिरक्षा बुँदाले एकमाथि आक्रमण गर्नु भनेको सबैमाथिको आक्रमण भएको बताउँछ । नेटो सन्धिको धारा पाँच भनेर चिनिने यो वाचाको वैधतामाथि केही शङ्का व्यक्त गर्दै ट्रम्पले हेग जाने क्रममा पत्रकारहरूलाई भने, “यो तपाईंको परिभाषामा निर्भर गर्दछ । अनुच्छेद पाँचको धेरै परिभाषाहरू छन् ।

तर रुटले ट्रम्प र संयुक्त राज्य अमेरिका अझै पनि धारा पाँचप्रति ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेको विश्वास व्यक्त गरे । बुधबार रुटसँगको भेटमा सामूहिक प्रतिबद्धताबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “हामी उनीहरूसँगै छौँ ।” बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले वासिङ्टनको अडानबारे स्पष्ट हुनुपर्ने विभिन्न प्रश्नको जवाफ दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: