Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

ताप्लेजुङस्थित माथिल्लो तमोरको काम तत्काल रोक्नुपर्ने माग

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युतको काम तत्काल रोक्नुपर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् । याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्त आयोजना निर्माण गर्न लागिएकाले तत्काल काम रोक्न प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई आयोजना प्रभावित बासिन्दाको तर्फबाट अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आफ्ना मागबारे स्मरणपत्र बुझाएका हुन् । मन्त्रालय र मन्त्रीसमक्ष पुग्नेगरी सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई स्मरणपत्र बुझाएका हुन् ।

आयोजनास्थल याक्थुङ समुदायको मुन्धुमी क्षेत्र तथा स्थल भएकाले आयोजना निर्माण गर्न नहुने अडान प्रभावित सङ्र्ष समितिले राख्दै आएका छन् । लिम्बू समुदायले आफ्नो धार्मिक दर्शनको रूपमा मुन्धुमलाई मान्ने गर्दछन् । मुन्धुमी स्थलको अतिक्रमण गरी जलविद्युत आयोजना निर्माण गर्दा मौलिक सभ्यता र संस्कृति मासिनेभन्दै मुन्धुमीस्थलको संरक्षण गर्न आफूहरु लागिपरेको प्रभावित क्षेत्रका बासिन्दाले उल्लेख गरेका छन् ।

विकासको नाममा जबरजस्त जलविद्युत आयोजना निर्माण गर्न लाग्नुले आदिवासी रैथाने याक्थुङ (लिम्बू)लगायत स्थानीय समुदायको अधिकारमाथि ठाडो हस्तक्षेप भएको स्मरणपत्रमा उल्लेख गरिएको छ । स्थानीय आदिवासीहरुको सहमति र मञ्जुरीबिना निर्माण कम्पनीहरुले आयोजनाको काम अघि बढाउनु निन्दनीय भएको पनि स्मरणपत्रमा उल्लेख छ । 

अन्तर्राष्ट्रिय मूल्य मान्यता, सन्धि सम्झौता, (आईएलओ १६९) मा भएका व्यवस्था र नेपालको संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन हुनुपर्ने माग गरिएको छ । अपर तमोर प्रभावित सङ्घर्ष समितिका संयोजक बीरबल लिङ्खिमद्वारा हस्ताक्षरित स्मरणपत्रमा पहिलो चरणको आन्दोलनस्वरुप तत्काल काम रोक्न र रोकाउनका लागि अनुरोध गरिएको उल्लेख छ । तत्काल आयोजनाको काम नरोके चरणबद्ध आन्दोलन गर्ने पनि समितिले चेतावनी दिएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ प्रभावित क्षेत्र रहेको तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न सुरु गरेको हो ।   

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: