कैलाली। भारतको उत्तराखण्डस्थित काशीपुर र रुद्रपुरमा बन्धक बनाइएका ५७ नेपालीलाई कञ्चनपुरको गड्डाचौकी नाका हुँदै स्वदेश फर्काइएको छ । बुधबार साँझ ५ बजे कञ्चनपुरको गड्डाचौकी नाका हुँदै उनीहरुलाई स्वदेश फर्काइएको हो ।
नेपाली राजदूतावास, भारतीय प्रहरी र सामाजिक संस्था ‘किन इन्डियाका निर्देशक नवीन जोशीको समन्वयमा गत बिहीबार ३५ जना र आइतबार रुद्रपुरबाट २२ जनाको उद्धार गरिएको थियो । थप एक जना नेपाली भने आफैँ फर्किएका हुन् ।
उनीहरुलाई झुटो रोजगारीको आश्वासनमा विभिन्न जिल्लाबाट भारत पुर्याइएको थियो । कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेर उनीहरुलाई स्वदेश ल्याइएको हो ।
गड्डाचौकी नाकामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय अधिकारीहरूको उपस्थिति रहेको थियो । जोशीका अनुसार उद्धार गरिएका नेपालीलाई महेन्द्रनगर पुर्याएर सम्बन्धित गन्तव्यतर्फ पठाएको बताए।
यस क्रममा नेपालीलाई बन्धक बनाउने गिरोहका एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
नाकामा पुगेका पीडित युवाहरूले निर्देशक जोशीप्रति कृतज्ञता व्यक्त गर्दै नाराबाजी गरेका थिए । यसअघि सोमबार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले संसदमा भारतमा बन्धक बनाइएका ५७ नेपालीको सफल उद्धार गरिएको जानकारी दिएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...
बैशाख १६ गते, २०८३ - १६:४५
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...
बैशाख १६ गते, २०८३ - १६:३३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...
बैशाख १६ गते, २०८३ - १६:२३
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...


प्रतिकृया लेख्नुहोस्: