काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्षक रोजगारको लोभमा भारतको उत्तराखण्डमा पुर्याइएका केही युवाको उद्धार गरी ल्याइएकाले लैजानेलाई खोजी गरी कारबाही गर्न माग गरे । भारतमा लगी बन्धक बनाइएकाले दोषीलाई खोजी गरी कारबाही गर्न उनले सरकारसँग माग गरे ।
सदस्य घनश्याम रिजालले २०१ स्थानीय तहमा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले शीघ्र पठाएर सहज कार्यसम्पादन गर्ने वातावरण बनाउन माग गरे। सदस्य रुक्मिणी कोइरालाले महिला स्वास्थ्य स्वयंसेविकाले मातृशिशु स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकाले तिनको यथोचित व्यवस्थापन गर्न माग गरे ।
सदस्य रेणु चन्दले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) बैतडीको कार्यालयमा आगलागी भई महत्त्वपूर्ण दस्तावेज नष्ट भएकाले कसले र किन आगलागी गरेको हो ? तिनको खोजी गरी दोषीलाई कारबाही गर्न माग गरे । सदस्य विष्णुकुमारी सापकोटाले दैलेखमा भेटिएको ग्यास भण्डारले नेपाली खुसी भएका उल्लेख गर्दै यसलाई रोजगारी प्रवर्द्धनमा उपयोग गर्न माग गरे।
सदस्य विष्णुदेवी पुडासैनीले प्रदूषण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गरी वातावरण सुधारमा योगदान गर्न सरकारसँग माग गर्नुभयो । सदस्य विष्णुबहादुर विश्वकर्माले कोरोना बढ्दै गएको, ७३ जिल्लामा डेङ्गु फैलिएकाले भन्दै दुवै रोगको नियन्त्रणमा समयमै काम गर्न माग गरे।
सदस्य कृष्णप्रसाद अधिकारीले नवलपरासी दाउन्ने सडकमा भएको समस्या शीघ्र समाधान गर्न माग गर्दै गत वर्षको वर्षाद्मा पुगेको क्षतिको पनि अझै पुन:निर्माण हुन नसकेकाले यो वर्षका लागि हुनसक्ने विपद्को पूर्वतयारी गर्न माग गरे। सदस्य सावित्री मल्लले दैलेखमा भेटिएको एक अर्ब १२ करोड घनमिटर ग्यासको सदुपयोग हुनुपर्नेमा जोड दिँदै यसले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: