काठमाडौं । नेपालमा सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती थपिँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
जनस्वास्थ्यको चुनौतीका रुपमा रहेको एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्ने सरकारको लक्ष्य छ । दातृ निकायले एचआईभी नियन्त्रणमा दिँदै आएको सहयोग कटौती गरेसँगै एचआईभी नियन्त्रण गर्ने लक्ष्य पूरा गर्ने चुनौती थपिएको हो ।
‘हाम्रो समान पहुँच संस्था’की एचआईभी सङ्क्रमित तथा अधिकारकर्मी ज्योति थापाले एचआईभी सङ्क्रमित नियन्त्रणका लागि आवश्यक साधान कन्डम र प्री एक्सपोजर (एचआईबाट बच्ने औषधी) को अभावले नयाँ सङ्क्रमितकको जोखिम बढ्दै गएको बताए ।
स्वास्थ्य पैरवी समाज काठमाडौंमा आयोजित ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था’ विषयक कार्यक्रममामा उनले दातृ निकायले दिँदै आएको सहयोग कटौती हुँदा जोखिम समूह मारमा परेको उनले जीकिर गरे ।
सङक्रमित व्यक्तिले प्रेभ खान नपाएपछि स्वस्थ पार्टनर सङ्क्रमित हुने जोखिम बढ्दै गएको उनको भनाइ छ । उनि भन्छन्, “कन्डम पनि छैन, प्रेभ पनि खान पाइएको छैन यो अवस्थामा भविष्यमा एचआईभीको सङ्क्रमण बढ्ने जोखिम बढ्दै गएको छ । यसले सरकारको लक्ष्य पूरा गर्न चुनौती थपिने देखिएको छ ।”
उनले कन्डमजस्ता निःशुल्क सामग्रीले सङ्क्रमण दर घटाउन भूमिका खेलेको तर बजेट कटौतीपछि यस्तो सेवा रोकिँदा पुनः जोखिम बढेको बताए । नीति बनाउनेले यस्तो सूक्ष्म क्षेत्रमा ध्यान नदिँदा नयाँ सङ्क्रमित थपिने जोखिम बढेको उनको भनाइ छ । राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्बेश शर्माले दातृ निकायले सहयोग कटौती गरेपनि हालसम्म केन्द्रका कुनै पनि कार्यक्रम नरोकिएको स्पष्ट पारे ।
केन्द्रका निर्देशक डा. सर्बेश शर्माले नेपालमा एक वर्षमा ६१४ जना नयाँ एचआईभी सङ्क्रमित थपिनुका साथै ५६९ जनाको मृत्यु हुने अनुमान गरेको जानकारी दिए । उनका अनुसार नेपालमा ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित भएको अनुमान गरिएको हो । सङ्क्रमित मध्ये ५८ प्रतिशत अर्थात् १९ हजार ८२१ पुरुष र ४२ प्रतिशत अर्थात १४ हजार ५१६ महिला छन् । त्यसैगरी, एक हजार ५८ अर्थात ३.१ प्रतिशत सङ्क्रमित बालबालिकाको सङ्ख्या छ । मातृ–शिशु सरेर सङ्क्रमण भएकाको सङ्ख्या २२७ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: