Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अमेरिका र चीनबिच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

खबरडबली संवाददाता

बैङ्कक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए । 

वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा कुनै विवरण दिएका छैनन् । “हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्यौँ” “ट्रम्पले बिहीबार राति भने । लुटनिकले यो सम्झौतामा दुई दिनअघि ‘हस्ताक्षर र छाप लगाइएको’ बताए । 

यो मे महिनाको सुरुमा जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणाम हो । वार्ताले दुवै पक्षलाई ठूला भन्सार शुल्क वृद्धि स्थगित गर्न प्रेरित गरेको थियो । भन्सार शुल्क वृद्धिले दुई देशबिचको धेरैजसो व्यापार स्थगित गर्ने खतरा थियो । पछि लन्डनमा भएको वार्ताले वार्ताका लागि रूपरेखा तय गर्यो र ट्रम्पले उल्लेख गरेको सम्झौताले त्यो सम्झौतालाई औपचारिक रूप दिएको देखिन्छ ।

“राष्ट्रपतिले यी सम्झौताहरू आफैँ पूरा गर्न मन पराउनुहुन्छ । उहाँ सम्झौता निर्माता हुनुहुन्छ । हामी एकपछि अर्को सम्झौता गर्नेछौँ”, लुटनिकले भने । चीनले कुनै नयाँ सम्झौताको घोषणा गरेको छैन, तर यसले यस हप्ताको सुरुमा दुर्लभ खनिज तत्व, विद्युतीय सवारी जस्ता उच्च-टेक उत्पादनहरूमा प्रयोग हुने सामग्रीहरूको निर्यात स्वीकृतिको गति बढाइरहेको घोषणा गरेको थियो । दुर्लभ खनिज तत्वको निर्यातमा बेइजिङको सीमाहरू विवादको मुख्य विन्दु भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार बेइजिङले दुर्लभ खनिज तत्वहरूका लागि निर्यात इजाजतपत्र आवेदनहरूको समीक्षालाई गति दिइरहेको र ‘निश्चित सङ्ख्यामा अनुपालन आवेदनहरू’ स्वीकृत गरेको बताएको छ । चीनले अप्रिलमा सात दुर्लभ खनिज तत्वमा अनुमति आवश्यकताहरू लगाएपछि खनिजहरूको निर्यात नियन्त्रणले बेइजिङ र वासिङ्टनबिचको पछिल्लो व्यापारिक वार्तामा भन्सार शुल्कहरूलाई उछिनेको देखिन्छ ।

ती खनिजको निर्यात नियन्त्रणले अमेरिका र विश्वभरका कारहरू, रोबोटहरू, हावा टर्बाइनहरू र अन्य उच्च प्रविधिका उत्पादनहरूको उत्पादनमा बाधा पुर्याउने खतरा छ । मे महिनामा जेनेभामा भएको सम्झौताले दुवै पक्षलाई ट्रम्पले आफ्नो व्यापार युद्ध बढाएको र आयात शुल्क तीव्र रूपमा बढाएका कारण लगाइएको दण्डात्मक शुल्क वृद्धि कम गर्न आह्वान गरेको थियो । फेन्टानिलको व्यापार र एल्युमिनियम र स्टिलमा लगाइएको भन्सार शुल्कसँग सम्बन्धित वासिङ्टनले लगाएको केही उच्च भन्सार शुल्कहरू यथावत् छन् ।

द्रुत रूपमा परिवर्तन हुने नीतिहरूले विश्वका दुई ठूला अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । आंशिक रूपमा कम्पनीहरू र घरपरिवारहरूले विदेशी सामानहरू किन्न हतार गरेका कारण अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चसम्म वार्षिक शून्य दशमलव पाँच प्रतिशत दरले सङ्कुचित भयो । चीनमा कारखाना नाफा मे महिनामा एक वर्ष अघिको तुलनामा नौ प्रतिशतभन्दा बढी घटेको छ ।

यसमा अटो निर्माताहरूले त्यो गिरावटको ठूलो हिस्सा भोगेका छन् । जनवरी-मे महिनामा तिनीहरू वार्षिक आधारमा एक प्रतिशतभन्दा बढी घटे । ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले भारत लगायत अन्य धेरै देशसँग व्यापारिक सम्झौतामा पुग्ने अपेक्षा गरेको सङ्केत दिएका छन् । “हामी एकपछि अर्को सम्झौता गर्नेछौँ”, लुटनिकले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending