विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित र मनोमानीपूर्ण भएको भन्दै त्यसले स्रोतको लुटपाटलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको बजेट निर्माण प्रक्रिया र मन्त्रीहरूको जवाफप्रति कडा आपत्ति जनाएका हुन् ।
पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोले सरकारले संसदीय प्रक्रिया र मर्यादालाई मिचेर अघि बढेको बताए । “संसद विपक्षीको आवाज मुखरित गर्ने ठाउँ हो, तर यहाँ प्रतिपक्षीको आवाज दबाउन खोजियो र मन्त्रीहरूले जवाफ दिनुको साटो सदनलाई हप्काउने काम गर्नुभयो,” उनले भने ।
नेता आङ्बोले बजेट विनियोजनमा चरम असन्तुलन देखिएको दाबी गरे । उनले तथ्यांक प्रस्तुत गर्दै भने, “यो चोटि स्रोतमा चरम दोहन र लुटपाट भएको छ । केही सीमित जिल्लामा अर्बौंको बजेट थुपारिएको छ भने चारजना सांसद भएको पाँचथर जस्तो जिल्लामा जम्मा ३६ करोड मात्रै छुट्याइएको छ । यो न्यायोचित वितरण होइन ।”
आफ्नो कार्यकालमा प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा बहुवर्षे आयोजनाहरू पुर्याउने गरी सन्तुलित बजेट ल्याएको स्मरण गराउँदै उनले वर्तमान सरकार आफ्ना कमजोरी लुकाउन विगतलाई दोष दिएर उम्किन खोजेको आरोप लगाए । उनले सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्दै यस्तो असन्तुलित बजेट नसच्चिएसम्म सदन र सडकबाट निरन्तर आवाज उठाइरहने चेतावनी दिए । “सरकारले राम्रो काम गरोस्, हामी स्वागत गर्छौं । तर मनपरी गरेर कोको पारेर बजेट एकैठाउँमा लैजाने प्रवृत्ति हामीलाई स्वीकार्य छैन,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: