Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

चितवनमा ३७ जनाले ल्याए चार जिपिए, ७३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण

खबरडबली संवाददाता

चितवन। माध्यमिक शिक्षा परीक्षा एसइईमा चितवनबाट ३७ जनाले ४ जिपिए अङ्क प्राप्त गरेका छन् । गत वर्ष १६ जनाले चार जिपिए ल्याएको जिल्लामा अहिले वृद्धि भएर ३७ जना पुगेको शिक्षा विकास तथा समन्वय इकाई चितवनका परीक्षा शाखाका प्रमुख रमेश अधिकारीले जानकारी दिए। कार्यालयका अनुसार यस वर्ष चितवनमा ७३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५५ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए ।

यस वर्ष प्राविधिक तर्फ ८४ जनासहित सात हजार ८८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३७ जनाले चार जिपिए अङ्क प्राप्त गरेका छन् । यी सबै साधारण तर्फका विद्यार्थी हुन् । सबैभन्दा धेरै नारायणी नमूना माविका सात जनाले चार जिपिए ल्याएको परीक्षा शाखाका प्रमुख अधिकारीले जानकारी दिए।

नतिजा अनुसार ३।६ देखि चार जिपिए मुनी दुई हजार ५५, ३.२ देखि ३।६ जिपिएसम्म दुई हजार ३३८ जना, २.८ देखि ३.२ जिपिएसम्ममा दुई हजार १९८ जना, २.४ देखि २.८ सम्म एक हजार १७३ जना, २ देखि २.४ सम्म ८५ जना, १.६ देखि २ जिपिएसम्म मात्र एक जना उत्तीर्ण भएको अधिकारीले बताए।

यस्तै दुई हजार ८४३ जना विद्यार्थी ग्रेडमा समावेश हुन असफल भएका छन् ।  चितवनमा २३५ विद्यालय परीक्षामा सहभागी भएको थियो । परीक्षाफलको सम्पूर्ण विवरण कार्यालयले शनिबार साँझ विश्लेषणसहित प्रकाशित गर्ने तयारी गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुख चिकित्सकको निगरानीमा उपचार

काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा उपचार जारी छ ।  उपसभामुख  ठाकुर अस्पतालको क्याबिनमा भर्ना गरेर चिकि...

रामचन्द्र पौडेलसमक्ष २ दिनमा ५ अध्यादेश सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले दुई दिनको अवधिमा पाँच वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। व...

अध्यादेशबारे विपक्षी दलहरूको कडा विरोध, सरकारको कदम असंसदीय र अलोकतान्त्रिक

अविलम्ब फिर्ता गर्न जोडदार माग

चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीनसँग सम्झौता, ११ अर्ब अनुदान

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार, यातायात तथा शहरी व...

रुपन्देहीमा माइक्रो बस दुर्घटना: दुईको मृत्यु, २७ जना घाइते

बुटवल । रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षा...

रास्वपा संसदीय दलको बैठक जारी, सरकारको अध्यादेश सिफारिसबारे तीव्र छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था...

विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको छ। सिंहदरबारस्थित कांग्रेस सं...

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा, सचेतकमा निश्कल राई मनोनित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन्। संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले आज था...

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनित

काठमाडौं । नेपाली कांग्रेस ले राष्ट्रिय सभामा आफ्नो दलको नेतामा कमला पन्तलाई मनोनित गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम...

फेरि बढ्यो सवारी भाडा, आजदेखि लागू

काठमाडौँ । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बडाएको छ । बुधबारदेखि नै लागू हुने गरी विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending