Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

अध्यादेशबारे विपक्षी दलहरूको कडा विरोध, सरकारको कदम असंसदीय र अलोकतान्त्रिक

अविलम्ब फिर्ता गर्न जोडदार माग

खबरडबली संवाददाता

काठमाडौं । संसद् अधिवेशन अन्त्य गरेर सरकारले धमाधम अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। नेपाली कांग्रेस, नेकपा एमालेसहित चार विपक्षी दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कदम असंसदीय र अलोकतान्त्रिक भएको ठहर गरेका छन्।

आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्ने प्रक्रिया गलत भएको निष्कर्ष निकालेको हो। 

विज्ञप्तिमा सरकारले वैशाख १४ गते “संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६” र “सहकारी ऐन, २०७४” संशोधन गर्न अध्यादेश ल्याएको उल्लेख छ। त्यस्तै वैशाख १५ गते “स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश”, “केही नेपाल कानुन संशोधन गर्ने अध्यादेश” र “विश्वविद्यालयसम्बन्धी अध्यादेश” जारी गर्न सिफारिस गरिएकोप्रति पनि विपक्षी दलहरूले आपत्ति जनाएका छन्।

संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बे, नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधि सरस्वती लामाले हस्ताक्षर गरेका छन्।

विपक्षी दलले अघि सारेका मुख्य तीन माग

१. अध्यादेश फिर्ता : सरकारले ल्याएका उपरोक्त अध्यादेशहरू अविलम्ब फिर्ता गर्न जोडदार माग ।

२. राष्ट्रपतिलाई अनुरोध : संसद् छल्ने उद्देश्यका साथ मन्त्रिपरिषद्‌बाट सिफारिस भई आएका अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध ।

३. संसद् अधिवेशनको माग : स्थगन गरिएको सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न जोडदार माग ।

यस्तो छ संयुक्त प्रेस विज्ञप्ति
आज मिति २०८३ साल वैशाख १६ गते नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री भीष्मराज आङदेम्बेको अध्यक्षतमा नेकपा (एमाले) संसदीय दलका नेता माननीय श्री रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक माननीय श्री युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि माननीय श्री सरस्वती लामा संलग्न विपक्षी दलहरुको संयुक्त बैठक बसी निम्न बमोजिमका निर्णयहरु भए ।
निर्णयहरु :
१. नेपाल सरकारले यही वैशाख १४ गते संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेशहरु तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि आध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धि अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको अधिवेशन आव्हान गरे लगत्तै स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भत्सर्ना र निन्दा गर्दछौं ।
२. उपरोक्त अध्यादेशहरु अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । ३. सम्माननीय राष्ट्रपति समक्ष सिफारिस भई गएका अध्यादेशहरु संसद छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्विकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौं ।
४. स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्ब आव्हान गर्न जोडदार माग गर्दछौं ।
१. भीष्मराज आङदेम्बे, नेता – नेपाली कांग्रेस संसदीय दल
२. रामबहादुर थापा ‘बादल’, नेता- नेकपा (एमाले) संसदीय दल
३. युवराज दुलाल, प्रमुख सचेतक – नेपाली कम्युनिष्ट पार्टी संसदीय दल कवड
४. सरस्वती लामा, प्रतिनिधि- राष्ट्रिय प्रजातन्त्र पार्टी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अस्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु : ११ जना घाइते

अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए आन्दोलनमा जान बाध्य हुने एमालेको चेतावनी

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...

रास्वपाले भन्यो : अध्यादेश आम नागरिकका तत्कालीन समस्या समाधान गर्न ल्याइएको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका अध्यादेशहरू आम नागरिकले तत्काल समाधान चाहेका कामलाई छिटो अघि बढाउन लक्षित रहेको स्प...

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको सेनाको स्पष्टिकरण

काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको स्पष्ट पारेको छ। बुधबार सैनिक मुख्यालय जंगी अड्डाले प्रेस नोट ज...

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुख चिकित्सकको निगरानीमा उपचार

काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा उपचार जारी छ ।  उपसभामुख  ठाकुर अस्पतालको क्याबिनमा भर्ना गरेर चिकि...

रामचन्द्र पौडेलसमक्ष २ दिनमा ५ अध्यादेश सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले दुई दिनको अवधिमा पाँच वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। व...

अध्यादेशबारे विपक्षी दलहरूको कडा विरोध, सरकारको कदम असंसदीय र अलोकतान्त्रिक

अविलम्ब फिर्ता गर्न जोडदार माग

चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीनसँग सम्झौता, ११ अर्ब अनुदान

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार, यातायात तथा शहरी व...

रुपन्देहीमा माइक्रो बस दुर्घटना: दुईको मृत्यु, २७ जना घाइते

बुटवल । रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षा...

रास्वपा संसदीय दलको बैठक जारी, सरकारको अध्यादेश सिफारिसबारे तीव्र छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending