Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

खानेकुराको लाइनमा बस्दा मारिने क्रम बढेपछि अमेरिकी-इजरेली सहयोग प्रणाली बन्द गर्न आह्वान

क्याफेमा कम्तीमा २० जनाको ज्यान जानेगरी हमला भएपछि घाइतेहरूको उद्धार गरिँदै
खबरडबली संवाददाता

काठमाडौं । विश्वका केही सबभन्दा ठूला परोपकार तथा सहयोग निकायहरूले गाजामा अमेरिकी तथा इजरेली समर्थन प्राप्त खाद्य वितरण प्रणाली तत्काल बन्द गर्न संयुक्त आह्वान गरेका छन्।

अक्सफाम, सेभ द चिल्ड्रेन र एमनेस्टी इन्टर्न्याशनलसहित १३० संस्थाहरूले गाजा ह्युमेनिटेरिअन फाउन्डेशन (जीएचएफ)ले सबै अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्।

सयौँ प्यालेस्टीनीहरू मारिए

संयुक्त राष्ट्रसङ्घको निकायलाई विस्थापित गरेर एक महिना अघिदेखि उक्त जीएचएफले जिम्मा लिएयता सहयोग लिने क्रममा सयौँ प्यालेस्टीनीहरू गोली हानेर मारिएका छन्।

अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूले मानिसहरूलाई धेरै भिडभाडयुक्त, सैन्यकृत इलाकामा जान बाध्य पारिएको र त्यहाँ दिनहुँ गोली हानाहानको सामना तिनले गर्नु परिरहेको बताएका छन्। इजरेलले गोली हानिएका घटनाको छानबिन गरिरहेको बताएको छ।

क्याफेमा हमला

गाजास्थित प्रत्यक्षदर्शी तथा मेडिकल कर्मचारीहरूका अनुसार पत्रकारहरू तथा सहयोग अभियानकर्मीहरू जमघट हुने गरेको समुद्र छेउको एक क्याफेमा सोमवार भएको इजरेली हवाई हमलाका कारण २० जनाभन्दा धेरैको ज्यान गएको छ।

अल-बका क्याफेमा क्षेप्यास्त्रले प्रहार भएको क्षण भिडिओमा देखिएका छन्। उद्धार टोलीले २० वटा शव अनि दर्जनौँ घाइतेहरूलाई त्यहाँबाट अन्यत्र लगेको छ।

"म इन्टरनेट प्रयोग गर्नका लागि क्याफेतर्फ जाँदै थिएँ तर केही मिटर वर पुग्दा ठूलो विस्फोट भयो," स्थानीय प्रोडक्शन कम्पनीमा आबद्ध क्यामराम्यान अजिज अल-अफिफिले बीबीसीलाई भने।

"म घटनास्थलतर्फ दौडिएँ। मेरा साथीहरू जसलाई म हरेक दिन भेट्थेँ, उनीहरू त्यहीँ थिए। त्यो दृश्य भयानक थियो – छरपस्ट शरीर, रगत अनि जताततै मानिसहरू चिच्च्याइरहेका।"

इन्टरनेट, बस्ने र काम गर्न मिल्ने सुविधाका कारण अल-बका क्याफेमा प्राय: पत्रकारहरू, अभियानकर्मीहरू तथा रिमोट काम गर्न मिल्ने मानिसहरू भेला भइरहन्थे। उक्त क्याफे गाजाको भूमध्यसागरीय तटमा अवस्थित छ।

इजरेली सेनाले हमलाबारे कुनै टिप्पणी गरेको छैन। सोमवार गाजामा इजरेली सेनाको आक्रमणमा करिब ६० जनाको ज्यान गएको छ। तीमध्ये केहीको ज्यान सहयोगमा प्राप्त खानेकुरा लिने क्रममा गएको हो।

इजरेली सेनाले केही पाठ सिकिएको भन्दै तिनको पालना गर्न नयाँ आदेशहरू दिइएको बताएको छ। त्यसको विस्तृत विवरण खुलाइएको छैन।

मार्चमा हमाससँगको युद्ध थप चर्किएयताकै गाजाभरि विस्तृत ठाउँ खाली गराउने आदेशहरू इजरेली सेनाले दिइरहेको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले हमला गरी इजरेलमा १२ सय मानिसको हत्या अनि २५१ जनालाई बन्धक बनाएपछि इजरेलले गाजामा निरन्तर गरिरहेको आक्रमणमा हालसम्म ५६ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको त्यहाँ हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending