काठमाडौं । विश्वका केही सबभन्दा ठूला परोपकार तथा सहयोग निकायहरूले गाजामा अमेरिकी तथा इजरेली समर्थन प्राप्त खाद्य वितरण प्रणाली तत्काल बन्द गर्न संयुक्त आह्वान गरेका छन्।
अक्सफाम, सेभ द चिल्ड्रेन र एमनेस्टी इन्टर्न्याशनलसहित १३० संस्थाहरूले गाजा ह्युमेनिटेरिअन फाउन्डेशन (जीएचएफ)ले सबै अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्।
सयौँ प्यालेस्टीनीहरू मारिए
संयुक्त राष्ट्रसङ्घको निकायलाई विस्थापित गरेर एक महिना अघिदेखि उक्त जीएचएफले जिम्मा लिएयता सहयोग लिने क्रममा सयौँ प्यालेस्टीनीहरू गोली हानेर मारिएका छन्।
अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूले मानिसहरूलाई धेरै भिडभाडयुक्त, सैन्यकृत इलाकामा जान बाध्य पारिएको र त्यहाँ दिनहुँ गोली हानाहानको सामना तिनले गर्नु परिरहेको बताएका छन्। इजरेलले गोली हानिएका घटनाको छानबिन गरिरहेको बताएको छ।
क्याफेमा हमला
गाजास्थित प्रत्यक्षदर्शी तथा मेडिकल कर्मचारीहरूका अनुसार पत्रकारहरू तथा सहयोग अभियानकर्मीहरू जमघट हुने गरेको समुद्र छेउको एक क्याफेमा सोमवार भएको इजरेली हवाई हमलाका कारण २० जनाभन्दा धेरैको ज्यान गएको छ।
अल-बका क्याफेमा क्षेप्यास्त्रले प्रहार भएको क्षण भिडिओमा देखिएका छन्। उद्धार टोलीले २० वटा शव अनि दर्जनौँ घाइतेहरूलाई त्यहाँबाट अन्यत्र लगेको छ।
"म इन्टरनेट प्रयोग गर्नका लागि क्याफेतर्फ जाँदै थिएँ तर केही मिटर वर पुग्दा ठूलो विस्फोट भयो," स्थानीय प्रोडक्शन कम्पनीमा आबद्ध क्यामराम्यान अजिज अल-अफिफिले बीबीसीलाई भने।
"म घटनास्थलतर्फ दौडिएँ। मेरा साथीहरू जसलाई म हरेक दिन भेट्थेँ, उनीहरू त्यहीँ थिए। त्यो दृश्य भयानक थियो – छरपस्ट शरीर, रगत अनि जताततै मानिसहरू चिच्च्याइरहेका।"
इन्टरनेट, बस्ने र काम गर्न मिल्ने सुविधाका कारण अल-बका क्याफेमा प्राय: पत्रकारहरू, अभियानकर्मीहरू तथा रिमोट काम गर्न मिल्ने मानिसहरू भेला भइरहन्थे। उक्त क्याफे गाजाको भूमध्यसागरीय तटमा अवस्थित छ।
इजरेली सेनाले हमलाबारे कुनै टिप्पणी गरेको छैन। सोमवार गाजामा इजरेली सेनाको आक्रमणमा करिब ६० जनाको ज्यान गएको छ। तीमध्ये केहीको ज्यान सहयोगमा प्राप्त खानेकुरा लिने क्रममा गएको हो।
इजरेली सेनाले केही पाठ सिकिएको भन्दै तिनको पालना गर्न नयाँ आदेशहरू दिइएको बताएको छ। त्यसको विस्तृत विवरण खुलाइएको छैन।
मार्चमा हमाससँगको युद्ध थप चर्किएयताकै गाजाभरि विस्तृत ठाउँ खाली गराउने आदेशहरू इजरेली सेनाले दिइरहेको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले हमला गरी इजरेलमा १२ सय मानिसको हत्या अनि २५१ जनालाई बन्धक बनाएपछि इजरेलले गाजामा निरन्तर गरिरहेको आक्रमणमा हालसम्म ५६ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको त्यहाँ हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: