Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ। परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरुका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको छिन् । रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभालाई सोमबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरिन् ।

मन्त्री डा। राणाले भनिन् “नेपाल र नेपालजस्तै देशका हिमाली क्षेत्रहरू जलवायु संकटका कारण सबैभन्दा बढी मर्कामा छन् । तर जलवायु वित्त र अनुकूलन प्रयासहरूमा यी क्षेत्रहरूलाई उपेक्षा गरिएको छ । यस विषयमा सम्बद्ध सबैको ध्यान जानु जरुरी छ ।”

नेपालको कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री डा। राणाले कृषिले नेपालको कुल ग्राहस्थ उत्पादनको २३ प्रतिशत योगदान दिएको र करिब दुई तिहाई जनसङ्ख्या कृषिमै आश्रित रहेको जानकारी गराइन् । उनले खाद्य सुरक्षादेखि पोषण, गरिबी निवारण र ग्रामीण विकाससम्म कृषिको भूमिका महत्त्वपूर्ण रहेको पनि स्पष्ट गरिन् ।  

मन्त्री डा। राणाले सन् २०३० सम्म भोकमुक्त विश्व निर्माण गर्ने लक्ष्य अझै अपुरो अवस्थामा रहेको र महामारी, जलवायु सङ्कट, आर्थिक अस्थिरता र भूराजनीतिक तनावहरूले दिगो विकास लक्ष्यहरूमा समेत धावा बोलिरहेको बताइन्।

उनले दिगो र सहनशील पहाडी कृषि प्रवर्धन अत्यावश्यक रहेको र यो हाम्रो जीविकोपार्जनका लागि मात्र नभएर यस पृथ्वीकै जैविक विविधता, खाद्य सुरक्षाको सुनिश्चितता र पृथ्वीको पारिस्थितिक सन्तुलनका लागि पनि महत्त्वपूर्ण रहेको बताइन् ।

सफल र नवप्रवर्तनशील कृषि अभ्यासहरूलाई ‘फोर बेटर’को दृष्टिकोणसहित विस्तार गर्न नेपाल इच्छुक रहेको बताउदै उनले भनिन् “हामी किसानहरूलाई पूर्वसूचना प्रणालीसम्मको पहुँच विस्तारका लागि सहकार्य खोज्दैछौं । जलवायु जोखिम बढिरहेको सन्दर्भमा दिगो पहाडी कृषि प्रवद्र्धनका लागि एफएओसँगको सहकार्य अझ सशक्त हुने अपेक्षा गरेका छौं । साथै, महिला तथा युवा किसानहरूको सहभागिता र नेतृत्व वृद्धि गर्न सफल अभ्यासहरूबारे अनुभव र ज्ञानको साझेदारीको अपेक्षा नेपालले गरेको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...

संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘संसदीय अधिकारमाथि अतिक्रमण’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...

सरकारी सवारी दुरुपयोगमा बालेनको कडाइ, ६२२ गाडी फिर्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...

प्यूठानबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...

जिउँदो व्यक्तिको मृत्यु दर्ता: सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष र सचिवसहित चार पक्राउ

पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...

उपचारका क्रममा महिलाको मृत्यु, भेरी अस्पतालमा तनाव

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...

चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...

युरोपेली युनियनको नवीन प्रतिबन्धको प्रतिक्रियामा अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रतिबन्ध जारी

मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending