Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेको छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उनले त्यस्तो आग्रह गरेको हो । यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ ।

अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताएको छन् ।

“इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ”, ट्रम्पले लेखेको छन् ।

उनले द्वन्द्वमा मध्यस्थता गर्ने कतार र इजिप्टका प्रतिनिधिहरूले ‘यो अन्तिम प्रस्ताव’ पुर्‍याउने बताए ।

“म आशा गर्दछु, मध्यपूर्वको हितका लागि हमासले यो सम्झौता स्वीकार गर्छ किनभने यो राम्रो हुनेछैन–यो खराब मात्र हुनेछ”, उनले लेने।

यसअघि मङ्गलबार ट्रम्पले जुलाई ७ मा नेतान्याहुसँग भेट हुँदा उहाँ ‘धेरै कडा’ हुने बताउनुभएको थियो ।

तेहरानका आणविक साइटहरूमा अमेरिकी बमबारी मिसनपछि भएको इजरायलको इरानसँगको १२ दिने युद्धको अन्त्यले सम्झौताका लागि अवसरको ढोका प्रदान गरेको छ । ट्रम्प हालैका शान्ति सम्झौताहरूको शृङ्खलामा अर्को शान्ति सम्झौता थप्न इच्छुक हुनुहुन्छ ।

यसैबिच इजरायलको अभियान जारी छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले कम्तीमा २६ जनाको हत्या गरेको रिपोर्ट गरेको छ ।

गाजा क्षेत्रको उत्तर र दक्षिणमा घातक आक्रमणको रिपोर्टको प्रतिक्रियामा इजरायली सेनाले यो ‘हमासको सैन्य क्षमताहरू नष्ट गर्न सञ्चालन गरिरहेको’ बताएको छ ।

छुट्टै इजरायली सेनाले मङ्गलबार बिहान हालैका दिनहरूमा यसले गाजा पट्टीभित्रका थप क्षेत्रहरूमा आफ्नो कारबाही विस्तार गरेको, दर्जनौँ आतङ्ककारीहरूलाई नष्ट गरेको र जमिन माथि र तल दुवै सयौँ आतङ्ककारी पूर्वाधार स्थलहरू ध्वस्त पारेको’ बताएको छ ।

“गत हप्तामा हवाई आक्रमण र गोलाबारी बढेको छ, र ट्याङ्कहरू अगाडि बढिरहेका छन्”, गाजा सहरको सुजैया जिल्लाका ३९ वर्षीय राफत हालेसले भन्नुभयो, “मलाई विश्वास छ कि प्रत्येक पटक वार्ता वा सम्भावित युद्धविरामको उल्लेख गर्दा सेनाले जमिनमा अपराध र नरसंहार बढाउँछ, मलाई थाहा छैन किन ।”

एएफपी फोटोग्राफरहरूले दक्षिणी इजरायलको गाजा सीमामा इजरायली ट्याङ्कहरू तैनाथ गरेको र गाजा सहरमा ध्वस्त घरको भग्नावशेषबाट बालबालिकाहरू खोजिरहेको देखेका छन् ।

अरूले मध्य गाजाको देइर अल–बलाहको सहरको अल–सिफा अस्पताल र अल–अक्सा अस्पतालमा आफन्तहरूको शवमा शोक मनाउँदै प्यालेस्टिनीहरूको फोटो खिचेका थिए ।

सहायता खोज्नेहरू मारिए 

गाजाका केही कार्यरत चिकित्सा सुविधाहरू भरिएका छन् भन्दै रेडक्रसले करिब सबै सार्वजनिक अस्पतालहरू आपूर्तिमा ‘महिनौँको शत्रुता र प्रतिबन्धहरूद्वारा बन्द वा नष्ट भएका छन’ भनी चेतावनी दिएको छ ।

“विगत ३६ घण्टामा गाजा सहर र जबलियामा बढ्दो शत्रुताबाट दर्जनौँ सर्वसाधारणको मृत्यु र घाइते भएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस समिति निकै चिन्तित छ”, आइसिआरसीले एक विज्ञप्तिमा भन्यो ।

गाजाको नागरिक सुरक्षा सेवाले मङ्गलबार मध्य र दक्षिणी गाजामा सहायता वितरण स्थलहरू नजिकै १६ जनाको मृत्यु भएको, पछिल्लो समयमा खाना खोज्नेहरूमाथि घातक आक्रमण भएको र अन्य इजरायली अपरेसनहरूमा अन्य १० जनाको मृत्यु भएको बताएको छ ।

घटनामा टिप्पणी गर्दै इजरायली सेनाले ‘सेना नजिक आएका संदिग्धहरूलाई टाढा राख्न चेतावनी फायर गरेको’, कुनै घाइते भएको बारेमा जानकारी नभएको तर घटनाहरूको समीक्षा गर्ने बताएको छ ।

रफाहमा भएको एउटा घटनाको उल्लेख गर्दै सेनाले गोली ‘सहायता वितरण स्थलबाट सयौँ मिटर टाढा’ फायर गरिएको र उक्त वितरण स्थल ‘सञ्चालन भइरहेको थिएन’ भनेको छ ।

सहायता संस्थाहरूको आग्रह

एक सय ६९ सहायता संस्थाको समूहले सोमबार गाजाको ‘घातक’ नयाँ अमेरिकी र इजरायली समर्थित सहायता वितरण योजनाको अन्त्य गर्न आह्वान गरेको छ । समूहले नागरिकहरूको मृत्यु निम्त्याइरहेको बताएका छन् ।

इजरायलले हमाससँगको युद्धविराम वार्तामा गतिरोधका कारण गाजामा प्रवेश गर्ने मानवीय सहायतामा पूर्ण नाकाबन्दी लगाएकाले उनीहरूले मार्चसम्म अवस्थित संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको सहायता व्यवस्थामा फर्कन आग्रह गरेका छन् । 

नयाँ योजनाको प्रशासक, गाजा ह्युमेनिटेरियन फाउन्डेसन ९जिएचएफ० ले आफ्ना केन्द्रहरू नजिकै सहायता खोज्नेहरूको हत्या भएको खबरबाट आफूलाई टाढा राखेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...

संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘संसदीय अधिकारमाथि अतिक्रमण’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...

सरकारी सवारी दुरुपयोगमा बालेनको कडाइ, ६२२ गाडी फिर्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...

प्यूठानबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...

जिउँदो व्यक्तिको मृत्यु दर्ता: सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष र सचिवसहित चार पक्राउ

पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...

उपचारका क्रममा महिलाको मृत्यु, भेरी अस्पतालमा तनाव

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...

चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...

युरोपेली युनियनको नवीन प्रतिबन्धको प्रतिक्रियामा अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रतिबन्ध जारी

मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending