रसुवा । वनमा खेरजाने रूखका पातपतिङ्गरलाई सदुपयोग गर्दै खेतबारीमा प्रयोग हुने मलका रूपमा उपयोग गरिने भएको छ ।
रसुवा जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्लामा भएका विकास निर्माणको समीक्षा कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्रथम चरणअन्तर्गत परीक्षणका रूपमा चितवानलगायत केही जिल्लाबाट कार्य सुरु गर्नेगरी कार्ययोजना स्वीकृत भइसकेको बताए।
वनमा झरेका पातको सदुपयोगबाट एकातिर डढेलोे कम भई वनवनस्पतिको संरक्षण, अर्कातर्फ पातपतिङ्गरलाई मलमा परिणत गरी खेतबारीमा प्रयोग गर्दा कृषिउपज बढाउने, पातपतिङ्गर सङ्कलनकर्तालाई आर्थिक लाभसमेत हुने भएकाले प्रदेश सरकारले यो कार्य अगाडि बढाउन लागेको बताए।
प्रदेश सरकारले रसुवाको समग्र विकासका लागि रु ९२ करोड विनियोजन गरेको पनि समीक्षा बैठकका सहभागीलाई मन्त्री सिलवालले बताए।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न समीक्षामा जिल्लास्थित कार्यालय र रसुवालाई कार्यथलो बनाई धादिङ र नुवाकोटमा रहेका विकाससँग सम्बन्धित निकायका प्रमुख तथा प्रमुख राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रशासकलगायतको सहभागिता रहेको थियो ।
यसैगरी, पवित्र तीर्थस्थल गोसाइँकुण्ड, उत्तरगयाधाम, पार्वतीकुण्डजस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र र लाङ्टाङ जस्ता सम्पदाको संरक्षणमा विशेष ध्यान दिई संरक्षण र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: