सुलीकोट। गोरखाको पालुङटार नगरपालिकामा यस वर्ष लिची बिक्रीबाट ११ करोड १५ लाख रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षभन्दा पनि बढी लिची उत्पादन भएको छ ।
गत साल लिची उत्पादनबाट ६, ७ र ८ नम्बर वडामा १० करोड २५ लाख रुपियाँ आम्दानी भएको थियो भने यस वर्ष बढेर ११ करोड १५ लाख रुपियाँको कारोबार भएको कृषि ज्ञान केन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईले जानकारी दिए।
उनका अनुसार गोरखामा लिची ३ हजार रोपनी क्षेत्रफल जमिनमा लगाउने गरिएको छ । जसमा गत वर्ष १० करोड २५ लाखको लिची उत्पादन भएकोमा यस वर्ष बढेर ११ करोड १५ लाख लिची उत्पादन भएको वडा अध्यक्ष कुमालले बताए ।
किसानले यस वर्ष लिची उत्पादनसँगै बजार भाउ पनि राम्रो पाएका छन्, लिची किसान ईश्वर श्रेष्ठले भन्नुभयो, “यस वर्ष किसानको घरमा झापा मकवनपुर, चितवन र सुनसरीका व्यापारीहरु फूल फुल्दा देखिनै किसानहरुले लगाएको लिची कति छ त्यसको मूल्य फाईनल गरी अग्रिम पैसा सम्बन्धित किसानलाई बुझाएर जाने गरेको छ ।”
किसानले लिची उत्पादन बढाउनका लागि रासयनिक मलको प्रयोग गर्दैनन् । प्रत्योक किसानले आफनो घर गोठको गोठेमोल र स्याउला प्रयोग गर्ने गरेका छन् । प्राङ्गरिक मलको प्रयोग गरेर यहाँको किसानले लिची उत्पदान बढाउँदै आएका छन् ।
जिल्लाको सबैभन्दा बढी लिची उत्पादन हुने ठाउँ पालुङटार नगरपालिकाको ६, ७ र ८ नम्बर वडा रहेकाले अधिकांश वडाबासीहरु लिची खेतीमा आश्रित हुने गरेका छन् । यस क्षेत्र लिचीको पकेट क्षेत्र भएकाले पनि वडा न ७ बाट मात्रै झण्डै ९ करोड र वडा नम्बर ८ बाट १ करोड र वडा ६ बाट झण्डै १ करोड भन्दा बढी रुपियाँको लिची बिक्रि भएको पालुङटार नगरपालिकाले जनाएको छ ।
कम लगानीमा धेरै आम्दानी भएपछि ६, ७ र ८ वडाको अधिकांश ९० प्रतिशत किसान लिचीमा आश्रित रहेका छन् । पालुङटार नगरपालिका लिची उत्पादन गर्न सबैभन्दा उपयुक्त ठाउँ भएकाले पनि लिचि तर्फ किसानको ध्यान गएको कृषि ज्ञान केनद्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले बताए।
पालुङटार नगरपालिकामा अत्यधिक मात्रामा लिची उत्पादन हुने क्षेत्र भएकाले हरेक वर्ष वडा कार्यालयबाट रु ३ लाख बजेट विनियोजन गरी किसानलाई ५० प्रतिशत अनुदानमा लिचिको बिरुवा वितरण गरी किसानको आयआर्जनमा वृद्धि गर्ने काम गरिएको वडा अध्यक्ष अर्जुन कुमालको भनाइ छ ।
लिचीको बजार व्यवस्थापनको लागि कुनै समस्या नभएपछि पालुङटारका ३ वडाका किसानहरुले बाँझो रहेको जमिनमा लिचीको बिरुवा किनेर धमाधम लिचीको बिरुवा लगाउन थालेको पालुङटार ७ का स्थानीय किसान कमल गुरुङले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ९ गते, २०८२ - १७:००
ताप्लेजुङ । ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपा...
भाद्र ९ गते, २०८२ - १६:४८
काठमाडौं । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। आज ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड...
भाद्र ९ गते, २०८२ - १६:२६
काठमाडौँ । गुन्डा नाइके रेस लामा भनेर परिचित गोपाल मोक्तानलाई पक्राउ परेको छन् । गौशाला प्रहरी वृत्तको टोलीले आइतबार गौशाला क्षेत्रमा गुन्डागर्दी गर्द...
भाद्र ९ गते, २०८२ - १६:१६
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार भोलि दिउँस...
भाद्र ९ गते, २०८२ - १६:०८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रका...
भाद्र ९ गते, २०८२ - १५:३४
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्र...
भाद्र ९ गते, २०८२ - १५:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् । लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर...
भाद्र ९ गते, २०८२ - १४:५९
प्राग। मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राख...
भाद्र ९ गते, २०८२ - १४:४५
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधम...
भाद्र ९ गते, २०८२ - १४:२७
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: