Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

एमालेभित्र विद्या भण्डारीलाई अघि सारेर मेराविरुद्ध केन्द्रित भएर विरोध गरिँदैछ : ओली

नयाँ दलको उदय अगाडि नै सहकारीका नाममा करोडौँ भ्याइसकेका रहेछन्, तीनका कुनै भविष्य छैन

खबरडबली संवाददाता

मेड्रिड (स्पेन) । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा थुप्रै विकास निर्माणका काम भएकाले नेपालमा केही हुँदैन भन्ने भ्रम त्यागेर जतिसक्दो छिटो स्वदेश फर्कन नेपाली समुदायलाई आग्रह गरेका छन् ।

स्पेनका लागि नेपाली राजदूतको निवासमा नेपाली समुदायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले बाटाघाटा पहिलाभन्दा धेरै बनेको एवं पहिला आउने र अहिले नेपाल आउने विदेशीले पनि नेपालको विकासको गति बढेको प्रतिक्रिया दिने गरेको स्मरण गराए । 

“अहिले नयाँ शक्ति भन्ने र ठूला दलको विरोध गर्ने केही पक्षहरूले सामाजिक सञ्जालमार्फत अनेक निराशा र भ्रम छर्ने गरेकाले त्यस्ता भ्रममा नपरी स्वदेशमा केही हुँदैछ र केही गर्नुपर्छ भन्ने भावनाका साथ तपाईँहरू लाग्नुस्”, प्रधानमन्त्री ओलीले भने, “नयाँ शक्तिहरूको हल्ला देखिसकिएको छ । नयाँ दलको उदय अगाडि नै सहकारीका नाममा करोडौँ भ्याइसकेका रहेछन् । विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सञ्जालबाट भावनात्मक रूपमा उत्तेजित बनाएर प्रचार गरे पनि यथार्थमा नयाँ दलको कुनै अर्थ र भविष्य छैन ।”

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म यो सत्ता साझेदारी रहने र अबको एक वर्षपछि नेकपा (एमाले) र नेपाली काँग्रेसको सहमतिबमोजिम आफूले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पुनः स्मरण गराए । उनले राजनीतिक  दलहरूमा देखिएका कतिपय आन्तरिक समस्याले विकास, समृद्धि र स्थिरताको यात्रामा कुनै अवरोध नहुने विश्वास व्यक्त गरे ।

“काँग्रेसभित्र देखिएको आन्तरिक समस्या बाहिर छरपस्ट नभए हुन्थ्यो तर पनि उहाँहरूले सम्हाल्नुहुन्छ होला भन्ने मलाई विश्वास छ”, प्रधानमन्त्री ओलीले भने, “एमालेभित्र पनि विद्या भण्डारीलाई अघि सारेर मेरा विरुद्ध केन्द्रित भएर केही विरोध गरिएको छ । स्वयं विद्या भण्डारीले केही भन्नुभएको छैन । हाम्रो पार्टीले यस्ता कुराहरूको सामना गर्दै आएको छ र फेरि पनि गर्नेछ । आधुनिक नेपाल बनाउने र गरिबी हटाएर अर्थतन्त्र गतिशील बनाइनेछ ।”

उनले विदेशमा रहेर आर्जन गरेको श्रम, सीप, ज्ञान र पुँजीलाई स्वदेशको विकास लगाउन आग्रह गर्दै भने, “तपाईँहरूलाई देशको सन्तानले प्रतीक्षा गरिरहेको छ । तपाईँहरू जे जति आर्जन गर्नु छ, त्यो गरेर छिटो स्वदेश फर्कनुस् । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ । तपाईँहरू एकताबद्ध रहेर काम गर्नुहोस् ।”

सो क्रममा प्रधानमन्त्री ओलीलाई गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का र कार्यवाहक महाहसचिव सुरज विष्ट, प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्रीले अलगअलग ज्ञापन पत्र बुझाएका थिए । 

आफूहरूको मागबमोजिम पोर्चुगलमा नेपाली दूतावास स्थापना भएकामा आभार व्यक्त गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै दोहोरो नागरिकतालगायत अन्य कानुनी हक अधिकार सु स्पष्ट गराई मातृभूमिसँग जोड्ने प्रबन्धका लागि आग्रह गरे । यस्तै प्रवासी नेपाली मञ्च, पोल्यान्ड अध्यक्ष ईश्वर देवकोटाले वार्सामा स्थायी कन्सुलर कार्यालय खोल्न माग गरे ।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका सचिव एवं सङ्गठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गानालगायत सहभागी थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending