Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

एमालेभित्र विद्या भण्डारीलाई अघि सारेर मेराविरुद्ध केन्द्रित भएर विरोध गरिँदैछ : ओली

नयाँ दलको उदय अगाडि नै सहकारीका नाममा करोडौँ भ्याइसकेका रहेछन्, तीनका कुनै भविष्य छैन

खबरडबली संवाददाता

मेड्रिड (स्पेन) । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा थुप्रै विकास निर्माणका काम भएकाले नेपालमा केही हुँदैन भन्ने भ्रम त्यागेर जतिसक्दो छिटो स्वदेश फर्कन नेपाली समुदायलाई आग्रह गरेका छन् ।

स्पेनका लागि नेपाली राजदूतको निवासमा नेपाली समुदायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले बाटाघाटा पहिलाभन्दा धेरै बनेको एवं पहिला आउने र अहिले नेपाल आउने विदेशीले पनि नेपालको विकासको गति बढेको प्रतिक्रिया दिने गरेको स्मरण गराए । 

“अहिले नयाँ शक्ति भन्ने र ठूला दलको विरोध गर्ने केही पक्षहरूले सामाजिक सञ्जालमार्फत अनेक निराशा र भ्रम छर्ने गरेकाले त्यस्ता भ्रममा नपरी स्वदेशमा केही हुँदैछ र केही गर्नुपर्छ भन्ने भावनाका साथ तपाईँहरू लाग्नुस्”, प्रधानमन्त्री ओलीले भने, “नयाँ शक्तिहरूको हल्ला देखिसकिएको छ । नयाँ दलको उदय अगाडि नै सहकारीका नाममा करोडौँ भ्याइसकेका रहेछन् । विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सञ्जालबाट भावनात्मक रूपमा उत्तेजित बनाएर प्रचार गरे पनि यथार्थमा नयाँ दलको कुनै अर्थ र भविष्य छैन ।”

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म यो सत्ता साझेदारी रहने र अबको एक वर्षपछि नेकपा (एमाले) र नेपाली काँग्रेसको सहमतिबमोजिम आफूले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पुनः स्मरण गराए । उनले राजनीतिक  दलहरूमा देखिएका कतिपय आन्तरिक समस्याले विकास, समृद्धि र स्थिरताको यात्रामा कुनै अवरोध नहुने विश्वास व्यक्त गरे ।

“काँग्रेसभित्र देखिएको आन्तरिक समस्या बाहिर छरपस्ट नभए हुन्थ्यो तर पनि उहाँहरूले सम्हाल्नुहुन्छ होला भन्ने मलाई विश्वास छ”, प्रधानमन्त्री ओलीले भने, “एमालेभित्र पनि विद्या भण्डारीलाई अघि सारेर मेरा विरुद्ध केन्द्रित भएर केही विरोध गरिएको छ । स्वयं विद्या भण्डारीले केही भन्नुभएको छैन । हाम्रो पार्टीले यस्ता कुराहरूको सामना गर्दै आएको छ र फेरि पनि गर्नेछ । आधुनिक नेपाल बनाउने र गरिबी हटाएर अर्थतन्त्र गतिशील बनाइनेछ ।”

उनले विदेशमा रहेर आर्जन गरेको श्रम, सीप, ज्ञान र पुँजीलाई स्वदेशको विकास लगाउन आग्रह गर्दै भने, “तपाईँहरूलाई देशको सन्तानले प्रतीक्षा गरिरहेको छ । तपाईँहरू जे जति आर्जन गर्नु छ, त्यो गरेर छिटो स्वदेश फर्कनुस् । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ । तपाईँहरू एकताबद्ध रहेर काम गर्नुहोस् ।”

सो क्रममा प्रधानमन्त्री ओलीलाई गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का र कार्यवाहक महाहसचिव सुरज विष्ट, प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्रीले अलगअलग ज्ञापन पत्र बुझाएका थिए । 

आफूहरूको मागबमोजिम पोर्चुगलमा नेपाली दूतावास स्थापना भएकामा आभार व्यक्त गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै दोहोरो नागरिकतालगायत अन्य कानुनी हक अधिकार सु स्पष्ट गराई मातृभूमिसँग जोड्ने प्रबन्धका लागि आग्रह गरे । यस्तै प्रवासी नेपाली मञ्च, पोल्यान्ड अध्यक्ष ईश्वर देवकोटाले वार्सामा स्थायी कन्सुलर कार्यालय खोल्न माग गरे ।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका सचिव एवं सङ्गठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गानालगायत सहभागी थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE