Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कोशी प्रदेशमा ‘चिया विकास बोर्ड’ गठन गर्न माग

खबरडबली संवाददाता

बनियानी । कोशी प्रदेशमा चिया क्षेत्रको प्रवर्द्धनका लागि चियासम्बन्धी ऐन–कानुनसँगै चिया विकास बोर्ड गठनको माग गरिएको छ । चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले आज यहाँ आयोजना गरेको ‘प्रदेशस्तरीय चिया समन्वय तथा अन्तरक्रिया’ मा सहभागीले कोशी प्रदेशको कूल उत्पादनमा रू ११ अर्बको योगदान पुर्याउने चिया क्षेत्रको प्रवर्द्धनका लागि चियासम्बन्धी ऐन–कानुन र प्रादेशिक चिया विकास बोर्ड गठनको माग गरिएको हो ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ ऊर्जामन्त्री एकराज कार्कीले चिया ऐन बनाउने विषयमा अन्योल रहेको बताए । ‘संविधान र सङ्घले बनाएको ऐन–कानुनमा नबाझिने गरी प्रदेश सरकारले ऐन–कानुन बनाउनुपर्छ’, उनले भने, ‘सङ्घले ऐन–कानुन नबनाएसम्म प्रदेश सरकारले चिया ऐन बनाउन सक्ने अवस्था छैन ।’ तथापि, चिया नीति २०५७ अनुसार ऐन बनाउन सकिने उनले बताए ।

मन्त्री कार्कीले भने, ‘राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई प्रदेश मातहत ल्याउन नसकिए पनि प्रदेश सरकारले प्रदेशस्तरीय चिया विकास बोर्ड गठन गर्न सक्छ, हामी त्यसतर्फ लाग्नुपर्छ ।’ चिया क्षेत्र प्रवर्द्धनका लागि चाँडै चिया सम्मेलन गरिने उनले बताए । चियाको बजार विस्तारका लागि अक्सन केन्द्र स्थापना गरेर ठूला चिया व्यापारीलाई नेपाल भित्र्याइने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङले प्रदेश सरकारले प्रादेशिक चिया विकास बोर्ड गठन गर्नुपर्नेमा जोड दिए । अर्का प्रदेशसभा सदस्य शमशेर राईले प्रदेशले बजेट छुट्याए पनि संघबाट अनुमति लिनुपर्ने पर्ने भएकाले वर्षेनी बजेट फ्रिज हुने गरेको बताए । नेपालको आफ्नै ब्राण्ड जरुरी रहेको उनले बताए । 

प्रदेश चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले नेपालमा वार्षिक अढाई करोड किलो तयारी चिया उत्पादन हुने गरेको जानकारी दिए । एक करोड केजी चिया आन्तरिक खपत रहे पनि बाँकी चिया निर्यात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

चिया किसान राजेन्द्र सिंह राजवंशीले चिया क्षेत्र समस्याग्रस्त रहेको उल्लेख गर्नुभयो । “समयमा मल नपाउने समस्या छँदैछ, त्यसमाथि करचुक्ताका आधारमा मल दिने व्यवस्था गरिएको छ”, उनले भने, ‘डामाडोल भएको बेलामा समयमै कर कसरी तिर्ने, चाहिने बेलामा मल पाइँदैन ।’

चिया उद्योगी जेपी गुप्ताले चियासम्बन्धी समस्याका विषयमा पटकपटक कुरा उठाए पनि सुन्ने तर समस्या समाधानका लागि काम नहुने गुनासो गरे । चिया नीति २०५७ संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

वि.सं. २०३२ सालदेखि चिया खेती गर्दै आएका इलामका अभिनन्दन गिरीले चिया विकास बोर्डमा चियासम्बन्धी ज्ञान भएका व्यक्तिहरू हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले चिया क्षेत्रको समस्या समाधानका लागि पटक–पटक छलफल गरिएको बताए । उनले प्रादेशिक चिया ऐन बनाउने प्रतिबद्धता आए पनि कार्यान्वयन नभएको बताए । 

कोशी प्रदेश सरकारले चिया सम्मेलनका लागि आर्थिक वर्ष २०८०/८१ मा रू चार करोड १० लाख र चालू आवमा रू दुई करोड ६५ लाख विनियोजन गरेको भए पनि फ्रिज भएको छ । 

त्यसैगरी आगामी आर्थिक वर्षका लागि रू दुई करोड चिया सम्मेलन गर्न प्रदेश सरकारले विनियोजन गरेको छ । प्रदेश सरकारले बजेट विनियोजन गरे पनि कानूनी जटिलताका कारण बजेट कार्यान्वयन हुन नसकेको सरोकारावालाको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending