Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कोशी प्रदेशमा ‘चिया विकास बोर्ड’ गठन गर्न माग

खबरडबली संवाददाता

बनियानी । कोशी प्रदेशमा चिया क्षेत्रको प्रवर्द्धनका लागि चियासम्बन्धी ऐन–कानुनसँगै चिया विकास बोर्ड गठनको माग गरिएको छ । चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले आज यहाँ आयोजना गरेको ‘प्रदेशस्तरीय चिया समन्वय तथा अन्तरक्रिया’ मा सहभागीले कोशी प्रदेशको कूल उत्पादनमा रू ११ अर्बको योगदान पुर्याउने चिया क्षेत्रको प्रवर्द्धनका लागि चियासम्बन्धी ऐन–कानुन र प्रादेशिक चिया विकास बोर्ड गठनको माग गरिएको हो ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ ऊर्जामन्त्री एकराज कार्कीले चिया ऐन बनाउने विषयमा अन्योल रहेको बताए । ‘संविधान र सङ्घले बनाएको ऐन–कानुनमा नबाझिने गरी प्रदेश सरकारले ऐन–कानुन बनाउनुपर्छ’, उनले भने, ‘सङ्घले ऐन–कानुन नबनाएसम्म प्रदेश सरकारले चिया ऐन बनाउन सक्ने अवस्था छैन ।’ तथापि, चिया नीति २०५७ अनुसार ऐन बनाउन सकिने उनले बताए ।

मन्त्री कार्कीले भने, ‘राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई प्रदेश मातहत ल्याउन नसकिए पनि प्रदेश सरकारले प्रदेशस्तरीय चिया विकास बोर्ड गठन गर्न सक्छ, हामी त्यसतर्फ लाग्नुपर्छ ।’ चिया क्षेत्र प्रवर्द्धनका लागि चाँडै चिया सम्मेलन गरिने उनले बताए । चियाको बजार विस्तारका लागि अक्सन केन्द्र स्थापना गरेर ठूला चिया व्यापारीलाई नेपाल भित्र्याइने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङले प्रदेश सरकारले प्रादेशिक चिया विकास बोर्ड गठन गर्नुपर्नेमा जोड दिए । अर्का प्रदेशसभा सदस्य शमशेर राईले प्रदेशले बजेट छुट्याए पनि संघबाट अनुमति लिनुपर्ने पर्ने भएकाले वर्षेनी बजेट फ्रिज हुने गरेको बताए । नेपालको आफ्नै ब्राण्ड जरुरी रहेको उनले बताए । 

प्रदेश चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले नेपालमा वार्षिक अढाई करोड किलो तयारी चिया उत्पादन हुने गरेको जानकारी दिए । एक करोड केजी चिया आन्तरिक खपत रहे पनि बाँकी चिया निर्यात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

चिया किसान राजेन्द्र सिंह राजवंशीले चिया क्षेत्र समस्याग्रस्त रहेको उल्लेख गर्नुभयो । “समयमा मल नपाउने समस्या छँदैछ, त्यसमाथि करचुक्ताका आधारमा मल दिने व्यवस्था गरिएको छ”, उनले भने, ‘डामाडोल भएको बेलामा समयमै कर कसरी तिर्ने, चाहिने बेलामा मल पाइँदैन ।’

चिया उद्योगी जेपी गुप्ताले चियासम्बन्धी समस्याका विषयमा पटकपटक कुरा उठाए पनि सुन्ने तर समस्या समाधानका लागि काम नहुने गुनासो गरे । चिया नीति २०५७ संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

वि.सं. २०३२ सालदेखि चिया खेती गर्दै आएका इलामका अभिनन्दन गिरीले चिया विकास बोर्डमा चियासम्बन्धी ज्ञान भएका व्यक्तिहरू हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले चिया क्षेत्रको समस्या समाधानका लागि पटक–पटक छलफल गरिएको बताए । उनले प्रादेशिक चिया ऐन बनाउने प्रतिबद्धता आए पनि कार्यान्वयन नभएको बताए । 

कोशी प्रदेश सरकारले चिया सम्मेलनका लागि आर्थिक वर्ष २०८०/८१ मा रू चार करोड १० लाख र चालू आवमा रू दुई करोड ६५ लाख विनियोजन गरेको भए पनि फ्रिज भएको छ । 

त्यसैगरी आगामी आर्थिक वर्षका लागि रू दुई करोड चिया सम्मेलन गर्न प्रदेश सरकारले विनियोजन गरेको छ । प्रदेश सरकारले बजेट विनियोजन गरे पनि कानूनी जटिलताका कारण बजेट कार्यान्वयन हुन नसकेको सरोकारावालाको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending