Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

आज सबैजसो विदेशी मुद्रा सस्तिए

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा  थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ६३ र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ९५ र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ०४ र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ५३ र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४५० रुपैयाँ २८ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज यी ४४ जिल्लामा आउनसक्छ आकस्मिक बाढी (सूचीसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानहरूमा बाढीको जोखिम रहने जनाएको छ।  महाशाखाको अनुसार मुख्य न...

नेकपा एसको जोड- कम्युनिस्ट नेतृत्वमा आएको वैचारिक विचलनको समीक्षा, वामपन्थी शक्तिबीच ध्रुवीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिए...

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी । राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।  सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थि...

लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।  थारु स...

भियतनामका उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं। समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आउने भएकी छन्। उपराष्ट्रपति रामस...

सबै किसिमको बहाल कर उठाउन काठमाडौं महानगरको वडालाई परिपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर बहाल कर (संस्थागत समेत) सङ्कलन गर्नका लागि सबै वडालाई परिपत्र गरेको छ ।  कामपा प्रशासन विभागका प्रमुख धुव्रकु...

सहकारी ठगीमा एमाले नेता ऋषिकेश पत्नीलाई उच्चले पनि १ करोड धरौटीमा छाड्यो

काठमाडौं । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारीमा २२ करोड रुपैयाँभन्दा बढी अपचलनको आरोपमा उच्च अदालत विराटनगरले चार जनासँग जनही १ करोड रुपैयाँ धरौ...

सहकारीको एक करोड ८३ लाख अपचलन गरेको मुद्दामा एमाले नेतालाई सर्वोच्चबाट सफाइ

काठमाडौं । झण्डै दुई करोड रुपैयाँ ठगीको अभियोग लागेका टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। सर्वोच्...

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन ...

बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending