Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

रामकुमारी झाँक्रीको अभिव्यक्तिले ल्याएको तरंग- अध्यक्ष नेपालमाथि मुद्दा, पार्टीमाथि संकट

खबरडबली संवाददाता

काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा लागेका बेला नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले 'अर्ली अधिवेशन'मार्फत् नेतृत्व चयन गर्न सकिने भनी दिएको एउटा वक्तव्य र त्यसलक्षित ठानिएको उक्त पार्टीको प्रतिक्रिया अहिले चर्चाको विषय बनेको छ।

पार्टी अध्यक्ष नेपाल कानुनी सङ्कटमा परेको भन्दै शनिवार झाँक्रीले "समयअगावै महाधिवेशन डाकेर अध्यक्ष चयन गर्न सकिने" धारणा राखेलगत्तै उक्त पार्टीले एउटा वक्तव्यमार्फत् कार्यकर्ताहरूलाई 'बोल्दा हेक्का राख्न' भनेको थियो।

अध्यक्ष नेपालले अहिले पतञ्जली जग्गा हदबन्दी छुट प्रकरणमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन्।

झाँक्रीले आफ्नो मत प्रकट गरेकै भोलिपल्ट उनको पार्टीद्वारा जारी वक्तव्यमा 'पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न … पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिन" भनिएको छ।

राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण पोखरेलले पार्टी महासचिव घनश्याम भुसालद्वारा जारी उक्त वक्तव्यले "पार्टीभित्र कुरा राख्न रोक नलगाएकाले निरङ्कुश भन्न नमिले पनि आन्तरिक लोकतन्त्रलाई त्यसले राम्रो नगर्ने" टिप्पणी गरे।

के भनेकी थिइन् झाँक्रीले?

शनिबार पार्टीनिकट युवा सङ्घको लुम्बिनीमा आयोजित कार्यक्रममा उनले 'अर्ली महाधिवेशन'को खाँचो औँल्याएकी थिइन्।

"यस्तै सङ्कटहरूबाट हामीहरू उठ्ने हो। पार्टीमा सङ्कट छ। अध्यक्षकै बारेमा सङ्कट आयो। अब के गर्ने?," उनले भनेकी थिइन्, "पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो। सङ्कट आयो भनेर भाग्ने भनेको हैन। या त 'अर्ली' महाधिवेशन गरौँ अथवा मनोनीतबाट पुन: मतदान गरेर अध्यक्ष बनाऔँ।"

"कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिन्न। सुध्रिने हो भने नयाँ ढङ्गले प्रस्थान गर्नुपरेन? म त भन्छु 'अर्ली' महाधिवेशनमा जाऔँ।"

उक्त पार्टीको विधानमा 'सामान्यतया: प्रत्येक पाँच वर्षमा महाधिवेशन गरिने र विशेष परिस्थितिमा बढीमा छ महिना अघिपछि सार्न सकिने' उल्लेख छ। पछिल्लो महाधिवेशन गत २०८१ असारमा आयोजना भएको थियो।

पार्टीको 'आग्रह'

आइतवार महासचिव भुसालद्वारा जारी वक्तव्यलाई झाँक्रीलक्षित ठानिएको छ।

"अध्यक्ष नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत् पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको छ। यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने नै छ," त्यसमा भनिएको छ।

"तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ। साथै, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ।"

कतिपयले उक्त वक्तव्यलाई 'अभिव्यक्तिमाथि अङ्कुश'का रूपमा अर्थ्याइरहेका बेला यसबारे सोधिएको प्रश्नमा महासचिव भुसालले सार्वजनिक "वादप्रतिवादमा नउत्रिऔँ भन्न खोजिएको" बताए।

"यो आन्तरिक प्रक्रियामा छ। बोल्न नहुने कुरा नराख्ने भन्ने होइन, कहाँ बोल्ने, कसरी बोल्ने मात्रै प्रश्न हो," बीबीसीसँग उनले भने, "सामान्यतया: कसले, कहाँ बोल्ने भन्ने सामान्य विधि र प्रणाली छ। यो कुरालाई सबैले ख्याल गरौँ भन्न खोजिएको हो।"

"फेरि झाँक्रीजीकै बारेमा पनि मानिसहरूले तथानाम बोलेका छन्। त्यस्तो वादप्रतिवादमा नउत्रिऔँ भनेर सामान्यतया: कार्यालयले गर्नुपर्ने काम गरेको हो। त्यसबाहेक अरू केही होइन।"

राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण पोखरेल पार्टीले गरेको उक्त आग्रहले "आन्तरिक लोकतन्त्रलाई खण्डित नै गर्छ भन्ने आफूलाई नलागेको तर नेत्री झाँक्रीद्वारा पार्टीभित्रै कुरा राखिएको सन्दर्भ हो भने हो त्यस्तो आग्रह राम्रो नहुने" बताए।

"पार्टीभित्र र उचित स्थानमा छलफल गर्न नरोकेकाले त्यसलाई निरङ्कुश भन्न मिल्दैन," राजनीतिशास्त्री पोखरेलले भने, "युवा नेताहरूले कहिलेकाहीँ जनसमक्ष आफ्नो छवि उचो बनाउन पनि आफ्नै हिसाबले बोल्ने गर्छन्। अरू दलमा पनि त्यस्तो हुने देखिएको छ। उक्त पार्टीले झाँक्रीले पनि त्यस्तै गरेको ठानेर रोक्न खोजेको हुन सक्छ।"

उक्त पार्टीका अर्का एक पदाधिकारीले भने झाँक्रीको वक्तव्य 'पार्टीको हितमा नभएको' र त्यसबारे स्पष्टीकरण सोध्नेसम्मको छलफल भइरहेको बताए।

झाँक्रीका कुरा

नेत्री झाँक्री पार्टीको आन्तरिक भेलामा बोल्नुलाई अन्यथा लिन नहुने धारणा राख्छिन्।

"पार्टीले उक्त सार्वजनिक वक्तव्यमार्फत् यो विषयमा नबोल भन्न खोजेको हुन सक्छ र पार्टीले बेलाबखत विभिन्न किसिमका निर्देशनहरू जारी गर्नु असामान्य पनि होइन" उनले भनिन्, "तर उक्त भेलामा मलाई पार्टीको भविष्य तथा अध्यक्षसहितका व्यक्तिहरूमाथि चलेका मुद्दाहरूबारे सोधिएकाले आफ्ना कुरा राखेकी हुँ। सङ्कटको सामना गर्दै पार्टीलाई अघि बढाऔँ भनेकी हुँ। आम कार्यकर्तालाई त्यति भन्ने कुरा र त्यो ठाउँ गलत वा नाजायज हो भन्न मिलेन।"

पार्टीले 'बोल्दा हेक्का राख्न' भनी गरेको आग्रह स्वाभाविक हो भन्ने प्रश्नमा झाँक्रीले भनिन्, "सत्ता जत्रो भए पनि निरङ्कुश हुन्छ भन्ने कुरा मैले राम्रोसँग बुझेकी छु। त्यही मान्छे सत्तामा र बाहिर हुँदा कति उदार वा अनुदार हुन्छ भन्ने कुरा बुझेकाले मलाई स्वाभाविक नै लाग्छ।"

"सत्तामा जो हुन्छ, त्यसले डन्डा वर्षाएकै वा थिचोमिचो गरेकै हुन्छ। सत्ताबाहिर हुनेले भन्ने, बोल्ने ठाउँ सडकबाहेक अन्त हुँदैन, त्यसैले उसले त्यहीँ बोल्नुपर्ने हुन्छ। गणतन्त्रको निर्णय गरेका बेला समेत पार्टीको स्पष्टीकरण खाएको मानिस भएकाले अनौठो लाग्दैन।"

एमालेबाट विभाजित भई नेकपा एकीकृत गठन हुँदा झाँक्रीले सक्रिय भूमिका खेलेकी थिइन्।

विभाजनपछि बनेको नयाँ पार्टीमा उनलाई सचिवको जिम्मेवारी दिइएको थियो। तर गत वर्ष पदाधिकारी चयनका निम्ति भएको निर्वाचनमा उनी महिला उपाध्यक्ष पदमा पराजित हुन पुगिन्।

"राष्ट्रिय पार्टी बन्न नसकेदेखि नै उक्त दलमा धेरै गज्याङमज्याङ छ। अध्यक्षमाथि मुद्दा लागेपछि समस्या बढ्ने नै भयो। कतिपय मानिसहरू पुन: एमालेमा जान इच्छुक देखिँदै आएका छन् तर मिलिराखेको देखिँदैन," प्राध्यापक पोखरेलले भने, "पार्टीमा सङ्कट आएका बेला धेरैका आआफ्ना दाउ पनि हुन्छन्। झाँक्रीले पनि त्यही हिसाबले आफ्नो कुरा राखेकी पनि हुन सक्छिन्।"

झाँक्री भने आफूले सुधारका निम्ति आवाज उठाउने गरेको र त्यसको प्रभाव पनि देखिने गरेको बताउँछिन्।

अध्यक्षमाथि मुद्दा, पार्टीमाथि सङ्कट

गत जेठ २२ गते अख्तियारले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै नेपालसमेतका अधिकारीहरूविरुद्ध विशेष अदालतमा मुद्दा चलाएपछि उक्त पार्टी अप्ठेरोमा परेको देखिन्छ।

उक्त मुद्दामा अदालतले हालै नेता नेपाललाई रु ३५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिए पनि उनको सांसद पद निलम्बित अवस्थामा छ।

प्राध्यापक पोखरेल उक्त पार्टीले आफ्नो अध्यक्षमाथि 'राजनीतिक प्रतिशोध साध्न खोजिएको' भाष्य स्थापित गर्ने कोसिस गरिराखेको बताउँछन्।

"नेता नेपालले पहिलो संविधानसभाको चुनावमा पराजित हुँदा पार्टी महासचिवबाट राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेका थिए," उनले भने, "अहिले आफू किनारामा पर्न सक्ने ठानेर पनि राजीनामा नदिएका होलान्।"

महासचिव भुसालद्वारा जारी आइतवारको वक्तव्यमा पार्टीले उक्त विषयमा उचित निर्णय लिने भनिएको छ।

यसबारे बीबीसीको प्रश्नमा भुसालले भने, "पार्टीले परिस्थितिअनुसार आफ्नो निर्णय लिन्छ नै। जुनसुकै पार्टीले जहिलेसुकै निर्णयहरू लिन्छ भन्ने एकदमै सामान्य वक्तव्य हो।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending