Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

बसपार्क निर्माण गर्न नयाँ सम्झौता

खबरडबली संवाददाता

उर्लाबारी। मोरङको उर्लाबारीमा टर्मिनल भवनसहितको बसपार्क निर्माण हुने भएको छ । यसअघि २०७१ सालमा निर्माण सुरु भएको वसपार्क ११ वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि नयाँ आयोजना सुरु गरिएको उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले बताए । 

उनका अनुसार बिहीबार नगरपालिकामा निर्माण कम्पनी अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालि हेटौंडासँग ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपियाँमा निर्माण सम्झौता भएको छ । सम्झौता भएअनुसार यो आयोजना १८ महिनाभित्र सम्पन्न गर्नु पर्नेछ । 

नगरको वडा नम्बर ६ स्थित एक बिघा १३ कठ्ठा जग्गामा बसपार्क निर्माण हुनेछ । नगर विकास कोषको ६० प्रतिशत ऋण, नगरपालिकाको ३० प्रतिशत लगानी र नगर विकास कोषको १० प्रतिशत अनुदान सहयोगका बसपार्क बन्न लागेको नगर प्रमुख खरेलको भनाइ छ । स्रोत सुनिश्चित भएकाले १८ महिनाभित्र सुविधासम्पन्न बसपार्क बन्ने उनले बताए । 

झण्डै ८० हजार जनसङ्ख्या भएको उर्लाबारीबाट सहायक मार्गमा चल्ने तथा पूर्व–पश्चिम ‘एसियन हाइवे’ रूटका सवारीसाधनलाई व्यवस्थापन गर्न बसपार्क आवश्यक थियो । नगरको सौन्दर्यीकरणका लागि पनि बसपार्क अनिवार्य भइसकेको नगर प्रमुख गङगाप्रसाद खरेलको भनाइ छ । नगर प्रमुख खरेलले यस आयोजनालाई नगरको गौरवको आयोजनाका रुपमा अघि बढाइने उल्लेख गरे । 

स्थानीयले एक विघाा १३ कट्ठा जग्गा नि:शुल्क उपलब्ध गराएपछि २०७१ मा उर्लाबारी बसपार्क निर्माणको प्रक्रिया सुरु भएको थियो । तर, राज्य पुनर्संरचना भएपछि बजेट निकासा रोकियो । बहुवर्षीय आयोजनाका रुपमा निर्माण भइरहेको बसपार्कका लागि २०७६–७७ मा ५० लाख रुपियाँ आए यता कुनै बजेट आएन । त्यसपछि बसपार्कमा निर्माण भएका संरचनाहरू भत्किन थाले । 

बहुवर्षीय योजना अन्तर्गत निर्माण सुरु भएको बसपार्कका लागि बजेट जुटाउन वडा, नगर र प्रदेशले पहल गरे पनि कुनै निकायले थप बजेट नपठाएकाले बसपार्क निर्माण हुन सकेको थिएन । वडा ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भन्नुभयो, “तत्कालीन सङ्घीय सांसद घनश्याम खतिवडा र एमाले नेता भूपालसिंह जिमीको सहयोगमा प्रदेश र सङ्घीय कार्यालय पुग्यौं । बजेट छैन् भन्ने जवाफ आयो । त्यसपछि बसपार्क निर्माण कार्य रोकिएको थियो ।   

नयाँ ठेक्कामा टर्मिनल भवनसहित बसपार्कको रनवे, सपोर्टवाल, ड्रेन निर्माण, प्रमुख राजमार्गबाट बसपार्क पुग्ने पहुँचमार्ग कालोपत्रे, स्थानीय र लामो दूरीका बसको बिसौनीलगायतका काम हुनेछन् । शौचालय र प्रतिक्षालय सामान्य मर्मतपछि सञ्चालन गर्न सकिने अवस्थामा छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE