Ntc summer Offer
Khabar Dabali १० भाद्र २०८२ मंगलवार | 26th August, 2025 Tue
Investment bank

पक्राउ पुर्जी जारी भएपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादव फरार

खबरडबली संवाददाता

सर्लाही। सर्लाही जिल्ला अदालतले आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रनुभएका यादवलाई जिल्ला अदालतले शुक्रबार आपराधिक उपद्रो कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति प्रदान गरेलगत्तै प्रहरीले कविलासी नगरपालिका–१०, सलेमपुरका यादवको खोजी गरिरहेको छ ।

सर्लाही प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक ९डिएसपी० सरोज राईले शनिबार बिहानसम्म यादव पक्राउ नपरेका बताए। यादवको खोजीमा प्रहरी तैनाथ भइरहेको डिएसपी राईको भनाइ छ ।

पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई पक्राउ गर्न भन्दै प्रहरीले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न युनिटबाट थप मद्दतमा ठुलो सङ्ख्यामा प्रहरी जम्मा पारेको छ । जिल्ला प्रहरी प्रमुखसँग गालीगलौचमा उत्रिएपछि बिहीबार मध्यराति नै यादवलाई पक्राउ गर्न जाँदा उनका समर्थकले प्रहरीको गाडी तोडफोड र अवरोध गरेकाले पनि यादवलाई पक्राउ गर्नुपूर्व नै उच्च सुरक्षा सावधानी अपनाइएको हो ।

जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल छ । यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौच भएको थियो ।

आर्थिक चलखेल गर्ने सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएकोप्रति जसपा मधेश प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई टेलिफोन गरेर आपत्ति जनाएको थिए । कुराकानीमा यादवले पूर्वाधार विकास कार्यालयमा आर्थिक वर्षको अन्तिममा अनियमित ढङ्गले काम भइरहेको र त्यसमा प्रहरीले सुरक्षा दिएर गलत गरेको एसपी खड्कासँग भनेको थिए । 

कुराकानीकै क्रममा यादवले एसपी खड्कालाई ‘तिमीहरु लुटेरा, मधेशमा कमाउन भनेर आएको’ भनेको सुनिन्छ । त्यसपछि जसपाका प्रदेश अध्यक्ष यादव र एसपी खड्काबिच अपशब्द प्रयोग गर्दै बाझाबाझ गरेको टेलिफोन अडियो अहिले यत्रतत्र भाइरल बनेको हो ।

असार १२ गते पूर्वाधार विकास कार्यालय मलङ्गवामा केही व्यक्ति आएर विभिन्न योजनाको फाइल खोसेर लगेपछि प्रहरी परिचालन हुँदै आएका थिए । जसपाका मधेश प्रदेश अध्यक्ष यादवकै नेतृत्वमा फाइल खोसेर लगिएको आरोप लागेको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राईका अनुसार १२ गतेको घटनापछि असार १३ गतेदेखि पूर्वाधार विकास कार्यालयमा निरन्तर प्रहरी तैनाथ गर्ने गरिएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा योजना बिक्री, योजनाको रकम भुक्तानीलगायत काममा व्यापक आर्थिक चलखेल हुने गरेको गुनासो व्यापक रुपमा आइरहेकै छ ।  

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि यादवले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आम जनताको गुनासो र आवाजलाई सम्बोधन गर्न खोज्दा उल्टै आफूलाई फसाउन खोजिएको गुनासो पोखेको थिए । उनले पूर्वाधार कार्यालयका प्रमुख विजय यादव दिनभर रौतहटको चन्द्रनिगाहपुरमा बस्ने गरेको र राति कार्यालयमा आएर अनियमित हिसाबले चेक काट्ने काम गरिरहेको प्रति आपत्ति जनाउँदा प्रहरी प्रशासन नै आफूविरुद्ध लागेको आरोप लगाएको छन् ।

यादवको पार्टी जसपा सर्लाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले पार्टीका प्रदेश अध्यक्ष यादवमाथि दुर्व्यहार गरेको र मध्यराति डाका शैलीमा प्रहरी घरभित्र प्रवेश गरेको आरोप लगाएको छ । जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तिमा गल्ती गर्ने प्रहरी प्रमुखले माफी माग्नुपर्ने माग राखेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तमोर नदिमा टिप्पर खस्दा एकजना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपा...

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। आज ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड...

अर्का गुन्डा नाइके रेस लामा पक्राउ

काठमाडौँ । गुन्डा नाइके रेस लामा भनेर परिचित गोपाल मोक्तानलाई पक्राउ परेको छन् । गौशाला प्रहरी वृत्तको टोलीले आइतबार गौशाला क्षेत्रमा गुन्डागर्दी गर्द...

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार भोलि दिउँस...

दीपक मनाङे पदमुक्त भएको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रका...

इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्र...

जिल्ला अदालतको आदेशविरुद्ध उच्च गए रवि, निकिताले भनिन्– ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् । लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर...

मानव पुर्खा लुसीको पहिलो पटक युरोपेली प्रदर्शन

प्राग। मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राख...

कवाड संकलनमा रोक लगाएको विरोधमा महानगरविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधम...

सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending