धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको हो ।
कार्यान्वयनमा देखिएको जटिलता फुकाउन ऐन संशोधन गर्न लागेको जनाइएको छ । दलित समुदायमाथि हुने छुवाछूत वा सबै प्रकारको विभेद अन्त्यगरी दलित समुदायको सशक्तिकरण, समावेशीकरण, राज्यको सबै तहमा सहभागिता र क्षमता अभिवृद्धिका लागि सरकारले २०७८ मा यो ऐन बनाएको थियो । तर, बनेको चार वर्षसम्म ऐन कार्यान्वयन हुन सकेन् ।
ऐन कार्यान्वयनमा समस्या देखिएपछि संशोधनको प्रक्रिया अगाडि बढाएको सामाजिक विकासमन्त्री मेघराज खड्काले बताए । उनले भने, “दलित समुदायको हकहितको सुरक्षा, कतिपय मुद्दा स्थापना र दलित आयोग गठनका लागि सरकारले यो ऐन बनाएको थियो । ऐन कार्यान्वयनमा समस्या आएपछि सरकारले संशोधन गर्न लागेको हो ।”
दलित शक्तिकरण ऐन संशोधनका लागि प्रदेश सरकारले दलित शक्तिकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिसकेको छ । यो संशोधन विधेयक प्रदेश सभाको चालु अधिवेशनबाटै पारित हुने आर्थिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले बताए । उनले दलित समुदाय लक्षित कार्यक्रम र कानुन निर्माण तथा कार्यान्वयनमा आफूले सक्दो पहल गर्दैआएको उल्लेख गरे ।
प्रदेश सरकारले ऐन संशोधन गरेर जातीय विभेद तथा छुवाछुत र दलित सशक्तिकरण सम्बन्धि विद्यमान नीति तथा कानुन कार्यान्वयनको अवस्था अध्ययन गरी आवश्यक सुझाव तथा निर्देशन दिनका लागि प्रादेशिक निर्देशक समिति रहने व्यवस्था गर्दैछ । समितिका अध्यक्ष सामाजिक विकासमन्त्री, सदस्यमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव, मन्त्रालयका सचिव, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख रहने छन् ।
यसैगरी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, विकास समितिका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता पनि समितिको सदस्य रहने विधेयकमा उल्लेख छ । यस्तै, प्रदेशभित्रका दलित समुदायलाई आर्थिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिक रुपमा सक्षम बनाउन र दलित समुदायको हित सम्बन्धि कार्यक्रम तथा योजना तर्जुमा र कार्यान्वयनका लागि प्रादेशिक दलित विकास समिति गठनको व्यवस्था गरिदैँछ ।
समितिको अध्यक्ष सामाजिक विकासमन्त्री वा राज्यमन्त्री रहने जनाइएको छ । त्यस्तै, समितिका उपाध्यक्ष भने प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति रहने विधेयकमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: