Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

मानव पुर्खा लुसीको पहिलो पटक युरोपेली प्रदर्शन

खबरडबली संवाददाता

प्राग। मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन् । यी हड्डीका टुक्राहरू विरलै इथियोपिया बाहिर लैजाने गरिन्छन् ।

अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए । त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मानव पुर्खासम्बन्धी बुझाइमा क्रान्ति ल्याएको छ ।

लुसीका अवशेषसँगै सेलाम नाम दिइएको अर्को जीवाश्म पनि प्रस्तुत गरिनेछ । सेलाम लुसीभन्दा झण्डै एक लाख वर्ष पहिले बाँचेको दुई वर्ष सात महिनाको बच्चा अस्ट्रेलोपिथेकस हो । यसको जीवाश्म लुसी फेला परेको २५ वर्षपछि सोही क्षेत्रमा पाइएको हो ।

लुसी पत्ता लगाउने डोनाल्ड जोहानसन र सेलाम पत्ता लगाउने जेरिसेने अलेम्सेगेड दुवै प्रागमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

“सेलामलाई अहिलेसम्म कहिल्यै इथियोपियाबाहिर प्रदर्शन गरिएको छैन र लुसीलाई केवल एक पटक मात्र संयुक्त राज्य अमेरिकामा देखाइएको थियो”, राष्ट्रिय सङ्ग्रहालयका निर्देशक माइकल लुकेसले भने। 

अगस्ट १५ मा अवशेषहरू प्राग आइपुगेपछि उहाँले यसलाई ‘विश्वकै सबैभन्दा बहुमूल्य र प्राचीन पुरातात्त्विक प्रदर्शनीमध्ये एक’ भनेर वर्णन गरे।

आदिस अबाबामा रहेको इथियोपियाको राष्ट्रिय सङ्ग्रहालयले उधारो दिएको ५२ टुक्रा अवशेषहरू ‘मानव उत्पत्ति र जीवाश्म’ प्रदर्शनीअन्तर्गत ६० दिनका लागि प्रदर्शनीमा राखिनेछन् ।

इथियोपियाली हेरिटेज अथोरिटीका निर्देशक अबेबाव अयाल्यु गेल्लाले यो प्रदर्शनीले ‘इथियोपियालाई मानव मूलको भूमिका रूपमा प्रवर्द्धन गर्ने’ बताए।

उनले भने, “लुसीले मानव पुर्खाको अध्ययनमा क्रान्ति ल्यायो—पहिलो त यसको पूर्णताका कारण र दोस्रो यसको उमेरका कारण । सेलाम आफ्नो युगकै लागि अद्वितीय जीवाश्म हो। यो दुई वर्ष सात महिनाको उमेरमा मरेको बालकको जीवाश्म हो ।”

बिटल्सबाट प्रेरित नाम 

हाल लुसीका जीवाश्म अवशेषमा दन्त टुक्रा, खोपडीका भाग, नितम्बको भाग र तिघ्राको हाडका अंश समावेश छन् ।

एक दशमलव एक मिटर अग्लो ९३ फिट ७ इन्च० र २९ किलोग्राम ९६४ पाउन्ड० तौलकी लुसीको कङ्काल अन्तिमपटक इथियोपियाबाहिर सन् २००७ देखि २०१३ सम्म अमेरिकी सङ्ग्रहालयहरूको भ्रमणमा देखाइएको थियो ।

उनी पत्ता लाग्दा टोलीले द बिटल्सको ‘लुसी इन द स्काई विथ डायमन्ड्स’ गीत सुनेका कारण उनको नाम लुसी राखिएको हो ।

लुसी दुई खुट्टामा हिँड्थिन् र ११ देखि १३ वर्षको उमेरमा मृत्यु भएको अनुमान गरिन्छ । यो उमेरमा यो प्रजातिका लागि वयस्क मानिन्थ्यो ।

पहिले लामो समयसम्म सबैभन्दा पुरानो मानव पुर्खा मानिएकी लुसीलाई सन् १९९४ मा फेला परेको अर्को जीवाश्मले त्यस स्थानबाट हटायो । त्यो थियो अर्डी—अर्डिपिथेकस रामिडस प्रजातिकी महिला । यिनले करिब ४५ लाख वर्षअघि इथियोपियामा जीवन बिताएकी थिइन् ।

सन् २००१ मा चाडमा ‘तौमाई’ नाम दिइएको ६/७ लाख वर्ष पुरानो खोपडी फेला पर्‍यो, जसले मानव परिवार अझ पुरानो हुनसक्ने सङ्केत दियो ।

सन् २०१६ को एक अध्ययनले लुसीको माथिल्लो हात असामान्य रूपमा बलियो भएको देखायो । अध्ययनले उनी नियमित रूपमा रूख चढ्ने र रातमा हाँगामा गुँड बनाएर बस्ने गर्थिन् भन्ने सुझाव दियो ।

तर उनको खुट्टा भने कमजोर थिए, जसले उक्लनमा खासै भूमिका खेल्दैन र हिँड्नमा पनि प्रभावकारी थिएन भन्ने नतिजा आयो ।

त्यसैगरी, उनको एउटा हड्डीमा भेटिएको फ्र्याक्चरको अध्ययनले लुसी सम्भवत: अग्लो रूखबाट खस्दा मृत्यु भएको थियो भन्ने सङ्केत दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending