Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

खबरडबली संवाददाता

टेक्सास। अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठुलो मानवीय क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् ।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ । टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उहाँले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट ९करिब ८ मिटर०ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन अवस्थामा छन् ।

शिविरका प्रमुखले पठाएको सन्देश अनुसार, बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । हाल बाढीबाट प्रभावित क्षेत्रमा ठुलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्दार कार्य जारी रहेको छ । उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध छन् । विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रूपमा देखिन थालेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला २०० र चाँदी  १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...

दुई दिनको बिदाले बन्दीपुरमा पर्यटकको चाप बढ्दो

तनहुँ। सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिन थालेपछी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । यसअघि शनि...

नेपालको एकमात्र रेल सेवा घाटामा, मालवाहक सेवा थप्न माग

महोत्तरी। देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्...

सार्वजनिक खरिद ऐन २०६३ संशोधनको तयारी, मस्यौदामा ३८ दफामा परिवर्तन प्रस्ताव

काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय ले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम...

प्रधानमन्त्री बालेनलाई गाली गरेर भिडियो बनाएको आरोपमा युट्युबर पक्राउ

पाँचथर । पाँचथरमा एक जना युट्युबरलाई अनलाइन माध्यममार्फत अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्न...

प्रदेश अस्पताल दमौलीमा आइतबार पनि ओपिडी सेवा सुरु

तनहुँ। प्रदेश अस्पताल दमौलीले स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले आज आइतबारदेखि नै ओपिडी ९बहिरङ्ग० सेवा सञ्चालनमा ल्याएको छ। स्वास...

एकैपटक अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिम...

सबै छानबिनका लागि म तयार छु : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी के...

कम्युनिष्ट आन्दोलनलाई पुन:गठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एमाल०का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुन:जागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएको छन् । पार्टी ...

विद्यार्थी संगठनमा प्रतिबन्ध अस्वीकार्य छ : नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने विषय अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending