Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

हट्ने भयो भारतको बाटो प्रयोग गर्ने बाध्यता

खबरडबली संवाददाता

दार्चुला। नेपालबाट छाङरु र टिङ्कर पुग्न पैदल बाटोसमेत नहुँदा स्थानीय भारतको बाटो प्रयोग गर्न बाध्य छन् । छाङरु र टिङ्करमा करिब दुई सय घरपरिवारको बसोबास छ । व्यासवासीले कुन्जा जाँदा भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अब त्यो हट्ने देखेर स्थानीय खुसी छन् । अब नेपालकै बाटो भएर आउजाउ गर्न पाइने सम्भावना बढेको छ ।

पैसा तिरेर भारतीय बाटोको प्रयोग गर्नुपर्ने व्यासवासीको बाध्यता अन्त्य गर्न बाटो निर्माण तीव्र रूपमा अगाडि बढेको वडाध्यक्ष अशोकसिंह बोहराले बताए । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुसम्म जोखिमपूर्ण घोडेटो बाटोको काम तीव्र गतिमा भइरहेको छ । व्यास–२, दुम्लिङदेखि व्यास–१, छाङरुसम्म निर्माणाधीन घोडेटो बाटोको ९० प्रतिशत निर्माण कार्य पूरा भएको छ । 

देशकै दुर्गम छाङरु र टिङ्करगाउँ तथा आसपासको भौगोलिक क्षेत्रलाई जोड्ने उद्देश्यले जेठबाट निर्माण सुरु गरिएको सो पैदलमार्गको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मिसन–देवहरि जेभीका निर्माण व्यवसायी केशवबहादुर पालले जानकारी दिए।

“असारभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित हामीले काम सुरु गरेका छौँ,” पालले भने, “हालसम्म करिब ९० प्रतिशत निर्माणको कार्य सकिएको छ ।” हाल कामलाई तीव्रता दिन पाँच वटा समूहमा विभाजन गरेर १३० जनासम्म मजदुर निर्माण कार्यमा खटिएका छन् । विशेष गरेर अत्यन्तै अप्ठ्यारो र पूर्ण रूपमा बाटो नभएका स्थानलाई प्राथमिकतामा राखेर काम भइरहेको पालले बताए।

महाकाली नदीमाथि डोरीमा झुन्डिएर कडा चट्टानी भाग खोपेर ड्रिल गर्दै श्रमिकले दिनभर काम गरिरहेको काममा खटिएका जनक धामीले बताए । सबैभन्दा चुनौतीपूर्ण रहेको माल्पा भिर क्षेत्रमा पनि निर्माण लगभग पूरा भइसकेको र एकरदुई दिनमै पूर्ण रूपमा बाटो बन्ने उनले बताए। छाङरुदेखि दुम्लिङसम्मको ३१ किलोमिटर क्षेत्रभित्रको पैदलमार्ग निर्माणका लागि सङ्घीय सरकारले व्यास गाउँपालिकालाई पाँच करोड ५० लाख बजेट पठाएको थियो । 

प्राप्त बजेटसँग थप श्रम अभियान जोडेर वैशाखमा कुन्जा सर्नुभन्दा पहिले नै सो बाटो खुलाउने प्रयास गरिएको भए पनि कानुनी अड्चन आउन सक्ने भन्दै सोही बजेटबाट ठेक्का प्रक्रियामार्फत निर्माण कार्य भइरहेको हो ।

हालसम्म माल्पा भिर, अपिखोला, घाटीबगड, थी, तम्बाकु र घोप्टेलगायतका क्षेत्रमा काम पूरा भएको छ भने दोपखेभन्दा तलका केही स्थानमा निर्माण कार्य जारी रहेको ठेकेदार केशव पालले बताउनुभयो । व्यास गाउँपालिका र मिसन–देवहरि जेभीबिच पाँच करोड छ लाख नौ हजार ९९४ रुपियाँमा सम्झौता भएको छ । जोखिमपूर्ण बाटोमा आसलाग्दो ढङ्गले काम भइरहेको भन्दै गाउँबाटै सदरमुकाम आवतजावत गर्न पाइनेमा व्यासवासी आशावादी बनेको उनले बताएइ ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...

संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘संसदीय अधिकारमाथि अतिक्रमण’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...

सरकारी सवारी दुरुपयोगमा बालेनको कडाइ, ६२२ गाडी फिर्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...

प्यूठानबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...

जिउँदो व्यक्तिको मृत्यु दर्ता: सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष र सचिवसहित चार पक्राउ

पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...

उपचारका क्रममा महिलाको मृत्यु, भेरी अस्पतालमा तनाव

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...

चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...

युरोपेली युनियनको नवीन प्रतिबन्धको प्रतिक्रियामा अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रतिबन्ध जारी

मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending