काठमाडौँ । कांग्रेसका नेता एनपी साउदले राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको बताएका छन् ।
ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । साउदले भने, ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ।’
उनले आसन्न २०८४ को निर्वाचनलाई संकेत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए । ‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो।’
साउदले संगठनात्मक कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै पार्टीको आधार तह कमजोर भएको बताए । पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहारप्रति असन्तुष्टि जनाउँदै साउदले अनुशासनका नाममा एक पक्षीय कारबाही भएको बताए । ‘अनुशासनमा एकपक्षीय कारबाहीले निराशा मात्र बढाउँछ। अनुशासनको मापदण्ड सबैमा समान रूपमा लागु हुनुपर्छ’, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ९ गते, २०८२ - १७:००
ताप्लेजुङ । ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपा...
भाद्र ९ गते, २०८२ - १६:४८
काठमाडौं । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। आज ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड...
भाद्र ९ गते, २०८२ - १६:२६
काठमाडौँ । गुन्डा नाइके रेस लामा भनेर परिचित गोपाल मोक्तानलाई पक्राउ परेको छन् । गौशाला प्रहरी वृत्तको टोलीले आइतबार गौशाला क्षेत्रमा गुन्डागर्दी गर्द...
भाद्र ९ गते, २०८२ - १६:१६
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार भोलि दिउँस...
भाद्र ९ गते, २०८२ - १६:०८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रका...
भाद्र ९ गते, २०८२ - १५:३४
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्र...
भाद्र ९ गते, २०८२ - १५:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् । लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर...
भाद्र ९ गते, २०८२ - १४:५९
प्राग। मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राख...
भाद्र ९ गते, २०८२ - १४:४५
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधम...
भाद्र ९ गते, २०८२ - १४:२७
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: