Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

देउवा र प्रचण्डबीच ‘गोप्य’ वार्ता, कांग्रेस झस्किएका बेला विश्वासको मत लिनुपर्ने बाध्यतामा ओली

खबरडबली संवाददाता

काठमाडौं । अख्तियारले देखाएको सक्रियता, ५२ संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले दिएको फैसला र सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण कांग्रेस सभापति शेरबहादुर देउवा झस्किइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

नागरिक उन्मुक्ति पार्टीले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको हो ।

नागरिक उन्मुक्तिले सरकारलाई समर्थन फिर्ता लिएको पत्र आइतबार सभामुख देवराज घिमिरेलाई बुझाएको छ । नागरिक उन्मुक्तिबाट पर्यटन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिन भने बाँकी छ । प्रधानमन्त्री ओली हुम्लाबाट आइतबार अबेर मात्रै काठमाडौं फर्केका कारण चौधरीले सोमबार राजीनामा बुझाउने तयारी छ । सरकारबाट अलग हुँदै मन्त्रीबाट राजीनामा दिएपछि संविधानतः स्वीकृत भएको मानिन्छ ।

संविधानको धारा १०० (२) मा ‘सरकारको नेतृत्व गरेको राजनीतिक दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने’ प्रावधान छ । हाल प्रतिनिधिसभामा सरकार पक्षमा कांग्रेसको ८८ (एक निलम्बन), एमालेको ७९ (एक निलम्बन), जसपाको ७, लोसपाको ४ गरी १ सय ७८ मत छ । 

नागरिक उन्मुक्तिले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिँदा संघ र प्रदेश सरकारमाथि तत्कालै संकट पर्ने देखिँदैन । तर सत्तारूढ कांग्रेसभित्र एक पक्षले वर्तमान गठबन्धनको विकल्पमा जान निरन्तरको दबाब दिइरहेको छ । अर्कातिर कांग्रेस सभापति देउवा स्वयंसमेत पछिल्लो पटक सशंकित बनिरहेकाले गठबन्धनबारे अड्कलबाजी हुन थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो पटक भएका औपचारिक/अनौपचारिक संवादमा सम्भावित गठबन्धनबारे छलफल हुन थालेको निकटस्थ नेताहरूको दाबी छ । कांग्रेसले चाहेको अवस्थामा वैकल्पिक गठबन्धन बनाउन साँघुरो विकल्प छ । माओवादी (३२), एकीकृत समाजवादी (१०, एक निलम्बन), जनमत (६), जसपा (५), नागरिक उन्मुक्ति (४) र लोसपा (४) सित कांग्रेसले गठबन्धन गर्दा बहुमत पुग्छ । तर स–साना दल जोडेर गठबन्धन बनाउँदा अहिलेको भन्दा अस्थिर सरकार बन्ने भन्दै एक थरी कांग्रेस नेताहरू यस्तो विकल्पमा जान नहुने तर्क गर्दै आएका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत राजनीतिक नियुक्तिमा हुने ‘बार्गेनिङ’, पतञ्जलि योगपीठको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, भिजिट भिसा प्रकरणलगायतका घटनाक्रमले केही असहजता भइरहे पनि गठबन्धनको विकल्प सोच्ने दिशामा पार्टी नरहेको बताए ।

‘कांग्रेस केन्द्रीय बैठकमा पनि सरकारको प्रभावकारितामाथि प्रश्न्न उठेको छ तर गठबन्धनको औचित्व माथि प्रश्न छैन,’ उनले भने, ‘कांग्रेसले सत्ता साझेदारीका लागि यो–यो हुनुपर्छ भन्ने बटमलाइन बनाउनुपर्छ । त्यसका आधारमा मात्रै धोकाधडीको राजनीति गर्न हुन्न ।’

केन्द्रीय कार्यसमिति बैठकको पहिलो दिनमै नेता शेखर कोइरालाले गठबन्धनको औचित्य समाप्त भएको निष्कर्ष सुनाउँदै पार्टी नेतृत्वमाथि दबाब बढाउन खोजेका थिए । तर गठबन्धनबाट तत्काल हलचल हुने संकेत सभापति देउवाबाट नपाएपछि गठबन्धनको विरोधमा आवाज सशक्त उठेन ।

१६ असारमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकको पहिलो दिन नै महामन्त्री गगन थापाले सरकारको विकल्प होइन, कार्यशैलीमा परिवर्तन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि कांग्रेस नेता कोइरालाले गठबन्धनको औचित्वमाथि प्रश्न उठाएका हुन् । संविधान संशोधन गर्ने एजेन्डा अघि बढाएर संसद्का दुई ठूला दलबीच समीकरण गरिएको तर एक वर्ष बित्दा पनि त्यसमा प्रवेश नगरिएकाले गठबन्धनको औचित्य समाप्त भएको उनको निष्कर्ष थियो ।

गृहमन्त्री रमेश लेखकले भने कोइरालाको भनाइमा प्रतिवाद गर्दै कांग्रेस र एमालेको समीकरण ०८४ सम्मै टिक्ने दाबी गरेका थिए । त्यसपछि अधिकांश सदस्यले बैठकमा गठबन्धनप्रति नभएर प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न गरेका थिए । ‘सभापति देउवामा त्यस्तो मनस्थितिको आभास पाएको भए केन्द्रीय कार्यसमितिमा गठबन्धनको विकल्पबारे सदस्यहरूले कुरा उठाउँथे तर सभापति देउवा नै तयार नभएपछि यसबारे खासै धारणा आएन,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘बरु मन्त्रिपरिषद् पुनर्गठन हुने हल्लाको प्रभाव बैठकमा परेको देखियो ।’

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला र अख्तियारले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा कार्यकारीको शक्तिले काम गरेको कांग्रेसका कतिपय सदस्यहरूको भनाइ थियो । पार्टी नेतृत्व प्रधानमन्त्री ओलीप्रति सचेत हुनुपर्ने धारणा केही केन्द्रीय सदस्यले राखेका थिए ।

आइतबारको बैठकमा केन्द्रीय सदस्य मधु आचार्य र ध्रुव वाग्लेले संवैधानिक इजलासको फैसलाले शक्ति सन्तुलन खलबलिएको तर्क गर्दै पार्टीले यसबारे औपचारिक धारणा बनाउनुपर्ने माग राखेका थिए । ‘सर्वोच्च अदालतबाट भएको फैसलाले संविधानसभाद्वारा निर्मित संविधानको मूल मर्ममाथि गम्भीर प्रहार गरेको छ । संविधानको सर्वोच्चतालाई कमजोर बनाएको छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलनलाई खलबल्याएको छ,’ आचार्यको भनाइ थियो ।

पार्टीबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले भने गठबन्धनको विकल्पतिर नभएर वर्तमान सरकारबाटै जनताको अपेक्षा र आशा पूरा गर्नेतर्फ लाग्नुपर्ने भन्दै सरकारको बचाउ गरेका थिए ।

नेता शेखर कोइराला र उनीपक्षीय केही नेता वर्तमान गठबन्धनको विकल्प खोज्नुपर्छ भन्नेमा पहिलेदेखि नै लाग्दै आएका हुन् । कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने नेता कोइरालाको जोड छ । उनी भन्छन्, ‘कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्छ भन्ने नीतिमा म सुरुदेखि नै हो तर ठूलो दलको हैसियतले सरकारको नेतृत्व कांग्रेसको हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’ तर त्यसका लागि सभापति देउवा नै तयार नभएका कारण फासफुस हुँदै आएको वैकल्पिक गठबन्धनको प्रयास प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अवस्था बन्दा फेरि चर्चामा आएको छ ।

देउवानिकट अर्का एक पदाधिकारीका अनुसार वर्तमान गठबन्धनको विकल्प झनै अस्थिर हुने भएकाले पनि पार्टी नेतृत्वको रुचि विकल्पतिर नगएको हो । वैकल्पिक गठबन्धनका लागि माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जसपा नेपाल, लोसपा र जनमत पार्टी सकारात्मक देखिए पनि धेरै साना दल जोडजाड गरेर गठबन्धन बनाउँदा पाइलैपिच्छे जोखिम हुने सभापति देउवाको बुझाइ छ । 

‘वैकल्पिक गठबन्धनमा जानका लागि घरेलु र छिमेकी दबाब पहिल्यैदेखि छ । तर सभापति नै तयार नभएकाले सरकार टिक्दै आएको हो,’ ती पदाधिकारीले भने, ‘सभापति अझै तयार हुनुहुन्छ जस्तो लाग्दैन । त्यसैले प्रधानमन्त्रीले विश्वासको मत लिँदा नै सरकार तलमाथि हुने सम्भावना कमै छ ।’

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच बेलाबेला हुने ‘गोप्य’ संवादले भने एमालेलाई झस्काउने गरेको छ । राष्ट्र बैंकको गभर्नरमा ६ जेठमा विश्वनाथ पौडेल नियुक्त हुनुअघि दुई नेताबीच वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भएको र त्यसपछि पनि पटक–पटक संवाद भएको माओवादीका दोस्रो तहका नेताहरूको दाबी छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार शीतल निवासमा आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहाल मुख्य अतिथि थिए ।

कार्यक्रम सुरु हुनु अगाडि उनीहरूबीच वेटिङ रुममा कुराकानी भएको नेताहरूको भनाइ छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवाली भने सरकार बलियो अवस्थामा रहेको दाबी गर्छन् । ‘प्रमुख सत्ता साझेदार दलहरूबीच कुनै समस्या छैन । समझदारीका साथ सरकार अघि बढिरहेको छ,’ उनले भने, ‘सरकारले विश्वासकै मत लिनुपरे पनि कुनै जटिलता छैन ।’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने नागरिक उन्मुक्तिले सरकार छाडेको जानकारी प्रधानमन्त्री कार्यालयमा नभएको बताए । उनले भने, ‘नागरिक उन्मुक्ति सरकारबाट बाहिरिएको हल्ला छ, जानकारी छैन ।’

प्रमुख प्रतिपक्ष माओवादीका नेता वर्षमान पुन दुईदलीय गठबन्धनको औचित्य समाप्त भएको बताउँछन् । कांग्रेसको साथ रहेसम्म ओली सरकार संकटमा नपर्ने भए पनि गठबन्धनको औचित्यमाथि कांग्रेसवृत्तबाटै प्रश्न उठिरहेको उनको भनाइ छ । 

‘नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि सरकारलाई मनोवैज्ञानिक दबाब परेको छ । सुशासन, संघीय शासन प्रणाली सुदृढीकरण र आर्थिक समृद्धिका लागि असफल भएकाले सरकारको औचित्य सकिएको छ,’ उनी भन्छन्, ‘संसद्को गणितले भने फरक परेको छैन ।’

नागरिक उन्मुक्ति संघ सरकार र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको थियो । लुम्बिनी र मधेश प्रदेशसभामा पनि उसको प्रतिनिधित्व छ । सुदूरपश्चिमका मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई हटाएपछि नागरिक उन्मुक्तिले संघ र सबै प्रदेशमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending