काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले आफ्ना निकट सहयोगी रहेका इलोन मस्कले नयाँ राजनीतिक दल घोषणा गरेकामा टिप्पणी गरेका छन्।
अमेरिकामा तेस्रो पार्टी खोल्नुलाई हस्यास्पद भन्दै ट्रम्पले मस्कको आलोचना गरेका हुन्।
‘मलाई लाग्छ- तेस्रो पक्ष सुरु गर्नु हास्यास्पद छ’, ट्रम्पले आइतबार एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो सधैँ दुई-दलीय प्रणालीमा छ र मलाई लाग्छ- तेस्रो पक्ष सुरु गर्नाले भ्रम अरू बढ्छ।’
यति मात्र होइन, मस्कले राजनीतिक दल गठन गर्न लागेकमा ट्रम्पले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पनि टिप्पणी गरेका छन्।
‘मलाई मस्क पूर्ण रूपमा लिकबाहिर गएको देख्दा दु:ख लागेकाे छ, बितेका पाँच हप्तामा उनी एक रेलको भग्नावशेषमा परिणत भएका छन्’, ट्रम्पले लेखेका छन्, ‘अमेरिकामा त्यस्तो सफल नभएको तथ्यका बाबजुद उनी तेस्रो राजनीतिक दल सुरु गर्न चाहन्छन्।’
ट्रम्पले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आफूले अमेरिकामा ‘अमेरिका पार्टी’ नामको राजनीतिक दल सुरु गरेको घोषणा गरेका छन्।
मस्कले यत्ति लेखेका छन्, ‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन, हामी एक दलीय प्रणालीमा हुन्छौँ, आज तपाईंहरूलाई आफ्नो स्वतन्त्रता फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ।’
यसबाहेक दलका विषयमा उनले थप जानकारी दिएका छैनन्। यसअघि ट्रम्प प्रशासनकाे सरकारी दक्षता विभाग (डज) का प्रमुख रहेका मस्कले अचानक पद छाड्दै ट्रम्पले ल्याएको कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक ‘बिग ब्युटिफुल बिल’ को कडा आलोचना गरेका थिए।
त्यसयता ट्रम्प र उनीबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो। उक्त विधेयक अमेरिकाका दुवै सदनबाट पास भएपछि शुक्रबार ट्रम्पले हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दल घोषणा गरेका हुन्।
सन् २०२४ को निर्वाचनमा मस्कले ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन अर्बौं डलर खर्चेका थिए। त्यसैकारण ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाउँदै मन्त्रिपरिषद् बैठकमा समेत सहभागी गराएका थिए।
तर ‘बिग ब्युटिफुल बिल’मा विवाद परेपछि यी दुईबीचको मित्रता अहिले तिक्ततामा परिणत भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: