Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

विद्या भण्डारीसमक्ष माओवादीको प्रस्ताव- वाम एकता गरौँ

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै वाम एकताको प्रस्ताव राखेका छन्। 

बिहीबार दिउँसो भंगालस्थित पूर्वराष्ट्रपति निवास पुगेका श्रेष्ठले यस्तो प्रस्ताव राखेका हुन्। ‘उहाँ (नारायणकाजी श्रेष्ठ) बिहीबार आउनुभएको थियो, करिब एक घण्टा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भयो,’ पूर्वराष्ट्रपतिनिकट एक नेताले भने।

ती नेताका अनुसार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वाम एकता सम्भव भएकाले पहल गर्न आग्रह गरेका थिए। तर पूर्वराष्ट्रपति भण्डारीले अहिले नै यो विषयमा आफूले सोचिनसकेको बताएकी थिइन्। ‘मैले यो विषयमा सोचेको छैन, अहिलेको आवश्यकता ध्रुवीकरण होइन, त्यसकारण सबै मिलेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएकी छु,’ पूर्वराष्ट्रपतिको भनाइ उद्धृत गर्दै ती नेताले भने।

श्रेष्ठ भने अहिले विदेश भ्रमणमा छन्। यो विषयमा कुराकानी गर्न खोज्दा उनी विदेश भएको जानकारी प्राप्त भएको छ। माओवादी केन्द्र तथा अन्य वामपन्थी दलका नेताहरूले विद्या भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने आशयका अभिव्यक्तिहरू दिने गरेका थिए। असार १४ गते विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक घोषणा गरेसँगै एमालेको संस्थापन पक्षमा भुइँचालो गएको छ भने वामपन्थी दलहरूले कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।

माओवादीमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः पुसदेखि नै सक्रिय भइसकेका छन्। दुई कार्यकाल उपराष्ट्रपति भएका पुन माओवादी केन्द्रका बैठकहरूमा सहभागी हुँदै आएका छन्। उनी पूर्ण रूपमा माओवादी केन्द्रको जिम्मेवारीका फर्केका छन्।

पूर्वराष्ट्रपति भण्डारी भने विधान महाधिवेशनदेखि सक्रिय हुने तयारीमा रहेकी छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति निवासमै पुगेर वाम एकताको प्रस्ताव राख्नुले एमालेलाई दुई धारमा ल्याउन माओवादी केन्द्रले भित्रभित्रै खेल्न खोजेको हो कि भन्ने आशंका जन्माएकाले तत्कालै भण्डारीले कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ। 

‘अहिले उहाँको सोच वामपन्थी एकताभन्दा पनि एमाले बलियो बनाउने रहेको छ,’ भण्डारीसँग निकट भएर काम गरिरहेका एमालेका एक पदाधिकारीले भने।

भण्डारीनिकट नेताहरूले नारायणकाजी श्रेष्ठसँगको भेटघाटलाई बाहिर ल्याउन चाहिरहेका छैनन्। भण्डारीका स्वकीय सचिव राजकुमार राईले श्रेष्ठले आएर भेटघाट गरेको बारेमा आफूलाई जानकारी नभएको बताए।

पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ। एमाले, माओवादी केन्द्र र अन्य दलका नेताहरूले समेत भण्डारीसँगको भेटघाटलाई तीव्रता दिएका छन्। 

पूर्वराष्ट्रपति भण्डारीले पनि भेटघाटलाई सहज बनाउँदै लगेकी छन्। राजनीतिमा सक्रिय भइसकेको अवस्थामा भेटघाटलाई फराकिलो बनाउँदै लैजाने भण्डारीनिकट नेताहरूले जनाएका छन्। योे समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending