Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि...

खबरडबली संवाददाता

काठमाडौँ । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहानले भनिन्- ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।’

गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भएपछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका हुन् । गीतको टिप्पणीमा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको ‘साइबर ब्युरो’मा उजुरी दिएसँगै माफ माग्नेको सङ्ख्या बढेको हो ।
      
‘डिभोर्सपछि गायिका चौहानले यस्तो गीत गाइन्, उस्तो गरिन् भन्ने र मेरो त नाम नै डिभोर्सजस्तो भयो, फेरि जोडियो सम्बन्ध रे, के के हो के के’, उनले भनिन्, ‘बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साइबर ब्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु ।’

सामाजिक सञ्जालमा जे पनि लेख्न नहुने भन्दै उनले भनिन्, ‘सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने ? के लेख्न पाइन्छ ? के लेख्न पाइँदैन ? भन्ने थाहा हुनुपर्छ । व्यक्तिगत कुरामा तथानाम गाली गर्न त मिल्दैन नि ?, त्यो बुझ्न जरुरी छ ।’

सुझावका लागि टिप्पणी गर्नेले प्रतिभाका बारेमा प्रतिक्रिया दिएको उनलाई राम्रो लाग्छ । ‘तेरो स्वर मन पर्दैन भन्नु म केही भन्दिन, मलाई राम्रो नै भन्नुपर्छ भन्ने हैन’, उनले थपिन्, ‘मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढ्न मिल्ने खालको होस् न ।’

अश्लील गालीगलौजले आफू र परिवारमा ठूलो तनाव सिर्जना भएको उनले सुनाइन् । ‘भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने चलनले धेरैको जीवन बर्बाद भएको छ, यस्तो कुराले त्यो व्यक्ति र परिवारमा परेको असरबारे कसैले सोच्दैनन्’, उनले आफ्नो पीडादायी अनुभव सुनाउँदै भनिन्, ‘त्यसैले यो कदम उठाउन बाध्य हुनुपर्यो ।’ सामाजिक सञ्जाल नै गाली खाने प्लेटफर्म जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खानका लागि मात्र नभएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उनले खुसी व्यक्त गरिन् । सोही सहानुभूतिले यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको चौहानको भनाइ छ ।
     
प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १४ गते ‘साहसी छोरीहरु’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गायिकाहरु चौहान र समीक्षा अधिकारीको तस्बिर राखेर लेखेका थिए, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउनु ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो, समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो, राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’
      
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘सूचना प्रवाहमा सामाजिक सञ्जाल : अवसर र चुनौती’ विषयक छलफलमा गायिका चौहानले कलाकारहरुलाई अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न र गरेमा सार्वजनिक गर्नुका साथै कानुनी प्रक्रियामा लैजाने चेतावनी दिइन् ।
      
सामाजिक सञ्जाल आधुनिक समाजको अङ्ग बन्दै जाँदा त्यसको सदुपयोगले प्रशस्तै अवसर र दुरुपयोगले धेरैको व्यक्तिगत गोपनियता र ज्यान समेत जोखिममा पर्ने गरेको छ ।  

‘छिनछिनमा सूचना र विचार दिन सकिन्छ, सूचनाको जङ्गलमा सही हो कि गलत हो भनेर छुट्याउन कठिन छ’, सञ्चारविज्ञ भुवन केसीले भने, ‘सूचना प्रवाह गर्ने प्रत्येक व्यक्ति त्यो सूचनाप्रति जवाफदेही हुनुपर्छ, सूचनाको दुरुपयोग गर्नेलाई निरुत्साहित गरी अधिकतम सदुपयोग गर्ने प्रणालीको विकास गर्नुपर्छ ।’

उनले सूचना आगोजस्तो भएको उदाहरण दिँदै भने, ‘सामाजिक सञ्जाल भनेको आगोजस्तै हो, सदुपयोग गरे राम्रो काम गर्छ, नत्र जलाएर खरानी बनाउँछ ।’  नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमा आएका सबै समाचार नहुने र  व्यक्तिगत हो या सार्वजनिक विषय हो भनेर प्रयोगकर्ताले छुट्याउन जरुरी भएको उल्लेख गरिन् । ‘सूचनाबाट अफबाह फैलाउन हुँदैन’, उनले भनिन् ।

जानाजान अमर्यादित शब्दको प्रयोग गरेमा कानुनी कारबाही गर्नुपर्ने र पत्रकारिता गर्ने सबैले पत्रकार आचारसंहितको पालना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष शर्माले क्यामेरा बोकेर हिँड्ने र ‘कन्टेन्ट क्रिएट’ गर्ने सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले चौतारी सधैँ जिम्मेवार र उत्तरदायी प्रेसको पक्षमा हुनका साथै सही सूचना मात्र प्रवाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्ले छलफलको आयोजना गरिएको अवगत गराए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending