काठमाडौं । भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुललगायतका धेरै महत्त्वपूर्ण भौतिक संरचनाहरूमा गम्भीर क्षति पुर्याएको छ। यस घटनाप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष दाहालले प्राकृतिक विपद्को यस विषम परिस्थितिमा सरकारले तत्काल उद्धार र राहत कार्य प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। “मैले सरकारसँग सबै संयन्त्र तत्काल परिचालन गर्न जोडदार माग गरेको छु,” उनको स्टाटसमा उल्लेख छ।
अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई पनि उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिन निर्देशन दिएका छन्। साथै, मौसमविद्हरूको औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानलाई ध्यानमा राख्दै सरकारले उच्च सतर्कता अपनाउन र दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरणका ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले विपद्को घडीमा सबै सरकारी निकाय, राजनीतिक दल, संघ–संस्था र नागरिकहरूबीच समन्वय र एकता जरुरी रहेको उल्लेख गर्दै, "संकटको यो घडीमा एकजुट भएर काम गरौं," भन्ने अपिलसमेत गरेका छन्।
मंगलबार बिहान आएको बाढीले भोटेकोशी नदीको तटीय क्षेत्रका पूर्वाधारमा गम्भीर असर पारेको छ। नेपाल–चीनबीचको मुख्य नाका मानिने मितेरी पुल क्षतिग्रस्त हुँदा आवागमन पूर्णरूपमा प्रभावित भएको छ।
गृह मन्त्रालयले प्रभावित क्षेत्रमा सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय प्रशासन परिचालन गरिसकेको छ। उद्धार कार्य तीव्र पारिएको छ भने जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: