Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भोटेकोशी बाढीपछि प्रचण्डको आह्वान- विपद्को घडीमा एकजुट भएर संकटको सामना गरौं

ठोस कदम चाल्न सरकारलाई आग्रह, उद्धार कार्यमा सक्रिय रूपमा खटिन नेता कार्यकर्तालाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुललगायतका धेरै महत्त्वपूर्ण भौतिक संरचनाहरूमा गम्भीर क्षति पुर्‍याएको छ। यस घटनाप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष दाहालले प्राकृतिक विपद्को यस विषम परिस्थितिमा सरकारले तत्काल उद्धार र राहत कार्य प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। “मैले सरकारसँग सबै संयन्त्र तत्काल परिचालन गर्न जोडदार माग गरेको छु,” उनको स्टाटसमा उल्लेख छ।

अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई पनि उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिन निर्देशन दिएका छन्। साथै, मौसमविद्हरूको औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानलाई ध्यानमा राख्दै सरकारले उच्च सतर्कता अपनाउन र दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरणका ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले विपद्को घडीमा सबै सरकारी निकाय, राजनीतिक दल, संघ–संस्था र नागरिकहरूबीच समन्वय र एकता जरुरी रहेको उल्लेख गर्दै, "संकटको यो घडीमा एकजुट भएर काम गरौं," भन्ने अपिलसमेत गरेका छन्।

मंगलबार बिहान आएको बाढीले भोटेकोशी नदीको तटीय क्षेत्रका पूर्वाधारमा गम्भीर असर पारेको छ। नेपाल–चीनबीचको मुख्य नाका मानिने मितेरी पुल क्षतिग्रस्त हुँदा आवागमन पूर्णरूपमा प्रभावित भएको छ।

गृह मन्त्रालयले प्रभावित क्षेत्रमा सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय प्रशासन परिचालन गरिसकेको छ। उद्धार कार्य तीव्र पारिएको छ भने जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको बताइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending