Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

कलैया-वीरगञ्ज यातायात सेवा अनिश्चितकालका लागि ठप्प

खबरडबली संवाददाता

बारा। कलैयादेखि वीरगञ्ज हुँदै बारा-रौतहटका ग्रामीण भेगसम्म चल्ने सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि ठप्प भएको छ ।

बारा यातायात, पुरानो नारायणी यातायात र बारा गढीमाई यातायातले संयुक्त रूपमा मंगलबारदेखि यातायात बन्द गरेका हुन ।

तीनवटै संस्थाले सार्वजनिक सवारी सञ्चालनमा स्थानीय सरकार, ट्राफिक र प्रशासनको चरम लापरवाही र अव्यवस्थाको विरोधमा आन्दोलन सुरु गरेको घोषणा गरेका छन । उनीहरूले दश बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै तत्काल सुधार नभए आन्दोलन थप चर्किने चेतावनी पनि दिएका छन ।

‘कलैया कुरूप बन्दै गएको छ, व्यवस्था छैन’
यातायात व्यवसायीहरूको मुख्य आरोप कलैया उपमहानगरपालिकाको असक्षमता र ट्राफिक प्रशासनको निष्क्रियता माथि केन्द्रित छ। संयोजक रामजी पटेलका अनुसार अव्यवस्थित पार्किङ, स्पष्ट पिक एन्ड ड्रप व्यवस्था नहुनु, बसपार्कको पूर्ण सञ्चालनमा नगरपालिकाको चासो नहुनु र सम्बन्धित निकायहरूसँग पटकपटक छलफल गर्दा पनि समाधान नआउनु प्रमुख समस्याहरू हुन । 'कलैया कुरूप बन्दै गएको छ, व्यवस्थापन शून्य छ,' पटेल भन्छन, 'हामी व्यावसायिक सुझाव दिँदा पनि कसैले नसुन्ने स्थिति आयो। हामी बाध्य भएर सेवा बन्द गर्नुपरेको हो।'

ध्यानाकर्षण पत्रमा अवैध सवारी सञ्चालनको सवाल पनि उठाइएको छ। व्यवसायीहरूले क्षमता भन्दा बढी यात्रु बोक्ने, चालक अनुमति पत्र नलिई सवारी चलाउने र मोडिफाइ गरिएका सवारीलाई ट्राफिक प्रहरीले रोकटोक नगर्नु प्रति आपत्तिसमेत जनाएका छन्। उनीहरूले यस्ता सवारी साधन तत्काल नियन्त्रण गर्न र सबैका लागि ट्राफिक नियम समान रूपमा लागू गर्न माग गरेका छन ।

बन्दको अर्को कारण भनेकै आधारभूत पूर्वाधार नहुँदै पनि कर थोपारिएको प्रति उनीहरूको असन्तुष्टि रहेको छ । व्यवसायीहरू भन्छन, “हामी बसपार्कबाट सेवा दिन तयार छौं, तर बसपार्ककै न्यूनतम सुविधा पनि छैन। यस्तो अवस्थामा कर लगाइनु अन्याय हो।”

संयोजक पटेल भन्छन, “हामी समाधान खोज्न तयार छौं। संवादको बाटो खुला छ तर, राज्यले कर, दण्ड र नियम जबर्जस्ती लाद्ने शैली अपनाउँछ भने त्यो स्वीकार्य छैन।” यातायात सेवा बन्दले दैनिक यात्रुहरू मारमा परेका छन । ग्रामीण क्षेत्रबाट कलैया, वीरगञ्ज तथा अस्पताल, विद्यालय, कार्यालय जानुपर्ने नागरिकहरू विकल्पविहीन भएका छन ।

कलैया उपमहानगरपालिकाले भने समस्याको समाधानका लागि पहल भइरहेको जनाएको छ। तर, व्यवसायीहरूले तत्काल प्रत्यक्ष पहल नदेखिए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending