रोल्पा । असार २४ गतेदेखि सम्पर्कविहीन बनेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरलाई फोन गरेर आफूहरू गुल्मीमा रहेको जानकारी दिएका छन्।
नेपाल टेलिकमको नेटवर्क समस्याका कारण कार्यालयको भुक्तानी प्रक्रिया अन्तर्गत ओटीपी कोड लिन रुकुमपूर्व जान लागेको जनाउँदै घर्तीमगरसहित सात कर्मचारी मंगलबार बिहानदेखि सम्पर्कविहीन थिए। उनीहरूको मोबाइल फोन लगातार स्विच अफ रहेकोले गाउँपालिकाले बुधबार सूचना नै प्रकाशित गरेर उनीहरू सम्पर्कविहीन रहेको जानकारी गराएको थियो।
गाउँपालिका अध्यक्ष बुढा मगरका अनुसार बिहीबार बिहान ७ बजे घर्तीमगरले फोन गरेर आफूहरू गुल्मीमा रहेको बताएका छन्। “उहाँले भन्नुभयो अब लिबाङ हुँदै थबाङ फर्किँदैछु। यति भन्नुभएको मात्र हो,” अध्यक्ष बुढा मगरले बताए।
तर नेपालखबरले प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरलाई दुईपटक फोन गर्दा पनि उनले उठाएनन्।
घर्तीमगरसँगै सहायक प्रशासन पाँचौँ हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सब-इन्जिनियर चन्द्रप्रकाश ओली, सब-इन्जिनियर निशा आचार्य, खा.पा.स.टे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका छन्।
‘रुकुमपूर्व जान्छु भनेर हिँड्नुभएका उहाँहरू किन गुल्मी पुगे भन्नेबारे हाल स्पष्ट जानकारी छैन,’ अध्यक्ष बुढा मगरले बताए। 'उहाँहरूले फर्किएपछि मात्र विस्तृत विवरण थाहा हुने अपेक्षा गरिएको छ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: