Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

पार्टीभित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छ: महासचिव पोखरेल

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधी हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन् ।

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन । भेलामा उनले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरु राष्ट्रिय महाधिवेशनले संसोधन गर्न सक्ने भएकोले यसको बैधानिक ब्यवश्था जानकारी नै नलिइ महाधिवेशन प्रतिनिधी हुने कुरा सांगठनिक अराजकता भएको बताए ।

‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालिन आवश्यकताका आधारमा  राष्ट्रिय महाधिवेशनले संसोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधी भएर त्यस्ता प्रावधानहरु आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिड्ने कुरा अनैतिक हो’ महासचिव पोखरेलले भने,  ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहिन र अराजक हो, जसले यस्ता गतिविधी गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ।’

पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारलले पनि अवज्ञा नगर्न महासचिव पोखरेलले  चेतावनी दिए ।

भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि झनै बढेको बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनले बताए ।

‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरु नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्’ महासचिव पोखरेलले भने,  ‘पश्चगामी सोच भएका राजावादी र कम्यूनिष्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर काँग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।’ उनले यी तीनै शक्ति एमालेलाई काँग्रेसबाट अलग्याएर आफूहरु सहितको सरकार बनाउन तल्लिन रहेको पोखरेलले आरोप रहेको छ।

महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नु पर्नेमा एकथरी नेता कार्यकर्ता पार्टी भित्र नै किताकाट गर्ने काममा संलग्न भएको बताए ।  ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन्, त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन’ महासचिव पोखरेलले भेलालाई निर्देशन दिंदै भने,  ‘जतिबेला जे काम पर्छ त्यही गर्नुहोस, नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरुले थाहा पाउनुहोस।’

महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनहरुका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिन भित्र पठाउन निर्देशन दिएका छन। ‘जन संगठनका दस्तावेज र पार्टीले तयार गरेको दस्तावेजमा कति भिन्नता छ भन्ने कुरा हामी तुलना गर्छौं’ महासचिव पोखरेलले भने,  ‘सबै जनसंगठनले जनतासँग जोडिने नीति र दस्तावेज बनाएर कार्यन्वयन गर्नुहोस ।’

पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले विधान महाधिवेशनले पास गरेका कतिपय विषयवश्तु चितवन महाधिवेशनले संसोधन गरेको  स्मरण गराउदै पार्टीको निर्णय विरुद्ध नबोली नेता होइदैन भन्ने मानसिकता त्याग्न आग्रह गरे।

‘पार्टीका नीति,बिधि माथी तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस’ ढकालले केही जनसंगठनका पदाधिकारीलाई लक्षित गर्दै भने,  ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसकिता केही जनसंगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृति पार्टीको नोटिसमा छ ।’

भेलालाई जनसंगठन संयन्त्रका उपप्रमुख रचना खड्काले सम्बोधन गर्नुभएको थियो भने केन्द्रिय सदस्य एवं मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले स्वागत गरेका थिए । भेलामा सबै जनसंगठनका अध्यक्ष र प्रतिनिधीहरुले आफ्ना संगठनका गतिविधी जानकारी गराएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending